Tuesday, May 21, 2024
घरक्राइम चेकराजा महेन्द्रको पञ्चायती व्यवस्थाको अगाडी गणतन्त्र फिक्का !

राजा महेन्द्रको पञ्चायती व्यवस्थाको अगाडी गणतन्त्र फिक्का !

– स्वर्ण विक्रम शाह

आज पुस १ राजा महेन्द्रको १०० औं जन्म जयन्ती तथा स्मृति दिवस । आज राजा महेन्द्रको यादसँगै राजा महेन्द्रले बहुदलीय व्यवस्था माथि प्रतिवन्ध लगाएर पञ्चायती व्यवस्थालाई प्रजातान्त्रिक स्वरुपबाट पूर्ण जनताको सहभागिता जुटाउन सकिबक्सेपछि उहाँको भनाई थियो “नेपालको सन्दर्भमा खराब नेतृत्वको कारणले दलगत व्यवस्थाले जनता मात्र विभाजन गर्ने होइन देशलाई नैं विभाजन गराउन सक्छ ।” सो कुरा आज शतप्रतिशत सत्य हुन आएको छ । देश बिभाजन हुने अन्तिम बिन्दुमा उभिएको छ । कुनै राजनितीक पार्टीहरुलाई यसको मतलब छैन । सबै एउटा हड्डीको टुक्राको लागि भुस्याहा कुकुर जुधे झै लडिरहेका छन् ।

२०१७ मा पनि यहि नहोस् भनेर नै राजा महेन्द्रद्वारा त्यो कदम लिई निर्दल व्यवस्था लागू गरेका रैछन जुन हाम्रो देशको अहिले सम्मकै ईतिहासको स्वर्णीम युगमा लिन सकिन्छ । राजा महेन्द्रको देश प्रेम, दुरदर्शीता, सहि समयमा सहि निर्णय लिन सक्ने गुण, देशलाई विकसित गर्ने ज्ञान, उहाँको कार्य क्षमता कार्य शैली, जनताको पीर मर्का र जनभावना बुझ्न सक्ने योग्यता अतुलनिय थियो । त्यतिकै उहाँलाई आधुनिक नेपालको रचयिता वा पिता भनिएको होईन । राजा महेन्द्रमा जस्तो मुलुक हाँक्न सक्ने क्षमता राष्ट्र निर्माता पृथ्वीनारायण शाह र नयव बहादुर शाह पछि आज सम्म न कुनै राजामा देखियो न कुनै राजनेतामा न त कुनै नेताहरुमा ।

राजा महेन्द्रको गीत जस्तै म मरे पनि मेरो देश बाँचिरहोस् भने झै उहाँ साँच्चिकै देशलाई आफ्नो प्राण भन्दा बढी माया गर्थे त्यसैले त भारतीय हस्तक्षेप हटाउनुमा उहाँको ठूलो हात छ । महेन्द्र आउनु अगाडि नेपालमा राज्यका न्यूनतम् पूर्वधारहरू समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । वि.सं. २००७ सालदेखि वि.सं. २०११ सम्मको भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल ल्याए । उनले नेपाललाई स्वावलम्बी अर्थतन्त्र उन्मुख गराए । राजा हुनासाथ महेन्द्रले आर्थिक तथा प्रशासनिक संरचनाहरूको निर्माणमा आफ्नो सारा ध्यान केन्द्रित गरेका थिए । उनले नेपाल राष्ट्र बैड्ढ र राष्ट्रिय योजना आयोगको स्थापना गरेर अर्थतन्त्रलाई व्यवस्थापन गरे ।

मित्र राष्ट्रहरूको सहयोगमा भौतिक पूर्वाधारहरु निर्माण गरेर अर्थतन्त्रको जग बसाल्ने काम गरे । स्वदेशी उद्योगधन्दाहरु विकास गरेर यसरी भारतमाथिको परनिर्भरतालाई न्यून गर्दै गए । बालाजु औद्योगिक क्षेत्र (वि.सं. २०१८), हेटौँडा औद्योगिक क्षेत्र, वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, हेटौडा सिमेन्ट र कपडा उद्योगहरु, शाही औषधि, शाही नेपाल वायु सेवा निगम, भृकुटी कागज उद्योग सबै उनकै पालामा स्थापना भएका हुन् ।

भारतीय मुद्रामा रोक लगाए, नेपालबाट भारतीय सेना लखेटे यहाँ सम्म कि नेपालमा भारतीय पुस्तक प्रयोग हुन्थ्यो त्यो समेत रोके, सेना र पुलिसको आधुनिकीकरण रोके, नेपाली मन्त्री मण्डलको बैठकमा भारतीय प्रतिनिधि हुन्थे, त्यलाई रोके उत्तरसँग मित्रता बढाए, यसरी ईण्डियाको नेपाललाई सिक्किम जस्तै आफ्नो देशमा गाँभ्ने सपना चकनाचुर पारेर यो राष्ट्रलाई बचाई राख्ने काम गरे । त्यति मात्र नभई अब भारतले नेपाललाई दु:ख दिन सक्छ भनेर भारतमा निर्भर हुन नपरोस भनेर मित्र राष्ट्र चीनसँग मिलेर नेपालमा अझ कयौं ठूला ठूला कल कारखानाहरु बनाउन थाले । सिमेन्ट, जुट र कागज उत्पादन गर्ने कारखाना, ठूला र लामा राजमार्गहरु यस्ता कयौं विकासका काम उहाँद्वारा जम्मा ९ वर्ष भित्र भएको थियो ।

हाम्रो देशको विकास, शान्ति सुरक्षा, नागरिक स्वतन्त्रताको बाधक राजसंस्थालाई मानेर राजसंस्थालाई विस्थापित गरियो तर यदि यी सबैको बाधक साँच्चिकै राजसंस्था नै थियो भने खै त आज १४ वर्ष भई सक्दा पनि देशमा विकास भएको ? देशमा खै शान्ति सुरक्षा कायम भएको ? खै जनताहरुले न्याय निसाफ पाएको ? खै नागरिकको स्वतन्त्रता ? खै जनताको जनधनको सुरक्षा ? देशले पायो त केवल फोहरी अस्थिरताको राजनीति, सधै कलह र अराजकता, देश बिकासको नाममा नेता तथा तिनिहरुको नातागोता र ईष्टमित्रको विकास, कहिल्यै समाप्त नहुने भ्रष्टाचारी र कालो बजारी, राज्यसत्ता चलाउनेहरुको गैर जिम्मेवारी, दायित्वहिनता, कर्तव्यबोधहिनता र विदेशी प्रभुको भक्ति र गुलामी । जसले गर्दा नेता मात्र बदनाम नभई आज देश नै बदनाम भईसकेको छ । अब कहिले पाउने हामीले र यो देशले त्यो महेन्द्र कालिन युग ?

अहिले त सत्य हेर्ने हो भने हामी सामु छर्लङ्ग छ बेरोजगारीको अन्त्य, न्याय निसाफको स्थायित्व, जनधनको सुरक्षा, शान्ति, आत्मासम्मान, आत्मनिर्भरता, या भनौ देशको चौतर्फी विकासमा देशकै राजनीतिक अस्थिरता बाधक बनेको छ । किन चाहियो हामीलाई यस्तो सरकार र ब्यबस्था ? जुन देश विकासको साटो देशलाई अन्धकारको खाल्डोमा हाल्न तत्पर छ । अहिलेको व्यवस्थाले देशलाई के दियो ? बरु राजा महेन्द्रको सरकार र व्यवस्थाले यो देशलाई धेरै धेरै नै दिएको थियो ।

राजा महेन्द्रले शुरु गरेको पञ्चायती व्यस्थाले हाम्रो देशलाई सफलताको एउटा यस्तो उचाईमा पुर्‍याएको थियो जसले गर्दा हाम्रो देश विश्व मानचित्रमा एउटा स्वतन्त्र सार्वभौम सम्पन्न राष्ट्रको रुपमा चित्रण भएको थियो । त्यो किन भने उक्त समयमा हाम्रो देशको राजनीतिक शक्ति राजा महेन्द्र जस्तो सक्षम र सच्चा देशभक्तको हातमा पुगेको हुनाले देशमा यथावत काँग्रेसी र बामपन्थी बिद्रोहको रोकावटले पनि देशलाई विकास र समृद्धिको बाटोमा हिंड्नबाट रोक्न सकेको थिएन । राजा महेन्द्रको देश बनाउने ढृड संकल्प र स्वच्छ राष्ट्रवादले गर्दा देशले क्रमिक रुपमा विकासको उचाई छोएको थियो ।

राजा महेन्द्र कै पालामा हो देशले ठूला ठूला कल कारखाना पाएको, पञ्चवर्षीय योजनाको शुरुवात भएको, कृषिमा नयाँ आयाम आएको, गाउँ फर्क अभियानद्वारा गाउँ गाउँको विकासको सुरुवात भएको, जसको जोत उसको पोत व्यवस्था लगाई किसानलाई नोकरबाट मालिक बनाएको, छुवाछुतको अन्त गरि सबै नेपालीहरुले स्वतन्त्रता पाएको, चीन, रसिया र जापानसँग राम्रो मित्रता लगाई देशमा ठूला लामा राजमार्गहरु देशले पाएको । उक्त समयमै हो हाम्रो देशले ठूलो आयाम पाएको तर हामी नेपाली र हाम्रो देशको दुर्भाग्य त्यस्तो व्यवस्थालाई निरंकुश भनियो भने त्यस्ता राजालाई शोषक । त्यसैको पापको भर्पाई अहिले हामी सारा नेपाली जनता र देशले नै गर्नु परि रहेको छ ।

 

हाम्रो देशको विकास, शान्ति सुरक्षा, नागरिक स्वतन्त्रताको बाधक राजसंस्थालाई मानेर राजसंस्थालाई विस्थापित गरियो तर यदि यी सबैको बाधक साँच्चिकै राजसंस्था नै थियो भने खै त आज १४ वर्ष भई सक्दा पनि देशमा विकास भएको ? देशमा खै शान्ति सुरक्षा कायम भएको ? खै जनताहरुले न्याय निसाफ पाएको ? खै नागरिकको स्वतन्त्रता ? खै जनताको जनधनको सुरक्षा ? देशले पायो त केवल फोहरी अस्थिरताको राजनीति, सधै कलह र अराजकता, देश बिकासको नाममा नेता तथा तिनिहरुको नातागोता र ईष्टमित्रको विकास, कहिल्यै समाप्त नहुने भ्रष्टाचारी र कालो बजारी, राज्यसत्ता चलाउनेहरुको गैर जिम्मेवारी, दायित्वहिनता, कर्तव्यबोधहिनता र विदेशी प्रभुको भक्ति र गुलामी । जसले गर्दा नेता मात्र बदनाम नभई आज देश नै बदनाम भईसकेको छ । अब कहिले पाउने हामीले र यो देशले त्यो महेन्द्र कालिन युग ?

नेपालमा जनता योग्य नहुँदै, जनताहरुले निर्दल के हो र बहुदल के हो नबुझ्दै जनताले जे मागे त्यहि बक्सने जनता प्रिय राजाबाट बहुदल दिई बक्स्यो र यो नै नेपालको लागि घातक हुन पुग्यो । त्यस समयमा पंचायती व्यवस्थाको अंत गर्नु नै राजा वीरेन्द्रको एउटा ठूलो भुल हुन गयो । बरु पंचायती व्यवस्थालाई एउटा दल बनाई पंचायती दल सहितको बहुदल बक्सेको भए आज यो देश यस अवस्थामा आउने थिएन । यहि राजा वीरेन्द्रको चुकले गर्दा माओवादीको जन्म भएर २०६३ को त्यो अप्रिय घटनामा देश पर्न गयो । नेपालमा २०६३ सालदेखि माओवादी, काँग्रेस, एमालेका देशद्रोहीहरुले सत्ता कब्जा गरेर देशको चीरहरण गर्न थाले । उनीहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा ब्रम्हलुट मच्चाइरहेका छन् ।

सत्ताको भागवण्डाकोलागि सत्ता परिवर्तको ध्याउन्नमा मात्र लागिरहने यिनिहरुको त्यो २०४६ साल देखिको श्रृंखला २०६३/६४ पछि त झन उग्र रुप लिन थाल्यो ।

२०६३/६४ पछि त सरकार या भनौ राज्यसत्ता नै मुठ्ठी भर नेताहरुको आफ्नो निजि सम्पत्ति जस्तो हुन गयो । ल त यति वर्ष देश चलाएको नाटक गरेर खाए अनि म यति बर्ष देश चलाएर खान्छु भने जस्तो हुन थाल्यो । यो देशमा कुनै पनि राजनितीक पार्टीको सिद्धान्त त संस्थागत हुन सकेन, सधैं पार्टी भन्दा नेता नै हावी भए । नेता भन्दा पार्टी ठूलो र पार्टी भन्दा देश भन्ने त एउटा किताबी पानामा सिमित भयो । २०४६मा राजाले नेताको हातमा देश सुम्पिए देखि आज २०७७ साल सम्म कुनै पनि सरकार ५ वर्ष टिकेर आफ्नो पूर्ण कार्यकाल टिकाउन नसक्नु भन्दा ठूलो प्रमाण अरु के होला कि नेपालमा अझै पनि जनताहरु देश चलाउन सक्षम छैन भनेर ।

जनताहरु अझै पनि त्यस्तै छन् वीर गणेशमान सिंहज्यूले भने झै भेंडा, नेताको कुरामा आँखा चिम्लेर विश्वास गर्ने र हिंड्ने, देशको त मतलव नै छैन । अझै पनि राजनीतिक पार्टीका कार्यकर्ताहरुका लागि राष्ट्र भन्दा पार्टी प्यारो छ ।

त्यसैले त नेताहरु सत्तामा बसेरै देश दोहन गरि खाईरहेका छन् अझ अचम्म त उनीहरुकै आवाज झन ठूलो छ । लाग्दछ नेता होईनन्, यिनीहरुत सब महाराज पो हुन् । संसारका देशहरुमा सत्तामा बसेर यस्तो चर्तिकला कहि कतै सुनिएको र देखिएको छैन । राणा शासनमा पनि देशमा यस्तो घीनलाग्दा कुकर्महरु भएका थिएनन् । चार अमर सहिदहरुको कुर्वानी, प्रजापरिषद, नेपाली काँग्रेसले प्रजातन्त्रको लागि गरेको योगदान सबै कांग्रेसले २०६३ सालपछि प्रजातन्त्रको जरो उखेलेर देशको सर्वनाश गराउने बाटो लिएकाले काँग्रेसले प्रजातन्त्र माथिको विश्वसनीयता गुमाएको हो । यहाँसम्म कि नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाका वैचारिक धारहरु पनि बीपी कै भाइ गिरिजाप्रसादले समाप्त गरिदिए भने वीर गणेशमान र सन्त किसुनजी जस्ता महान राजनेताको त यी काँग्रेसहरुले तमासा नै बनाए । अझ पनि भन्छन कि पंचायती काल निरंकुश शासन भनेर, त्यो पनि अहिलेको गणतन्त्र सरकारमा बसेर । तर अब जनताहरु भन्न थालिसकेका छन् कि यदि पंचायती व्यवस्था निरंकुश थियो र अहिलेको सरकार जनताको सरकार हो भने हामीलाई जनताको सरकार होईन त्यहि निरंकुश पंचायती व्यवस्था चाहिन्छ ।

२०७७ पौष २ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -