Friday, January 17, 2025
घरक्राइम चेकतस्करलाई लाईन दिएको आरोपमा सशस्त्रका डिआइजी तानिए, घुमुवाहरू छानबिनमा

तस्करलाई लाईन दिएको आरोपमा सशस्त्रका डिआइजी तानिए, घुमुवाहरू छानबिनमा

धनुषा । सशस्त्र प्रहरी बलका दुई नम्बर प्रदेशका डिआइजी केबि ब्रम्हाचार्य छानबिनका लागि केन्द्रमा तानिएका छन् । एक महिना जागिर अवधि बाकी रहेका डिआइजी केबिले प्रदेशका आठ वटै जिल्लाबाट तस्करीको लाइन दिएको र घुमुवाहरू मार्फत रकम असुली गरेको उजुरी गृह मन्त्रालय सम्म पुगेपछि उनलाई छानबिनका लागि तानिएको हो ।

विगत पाँच दिन देखि उनी छानबिनका लागि काठमाडौ रहेका छन् । अहिले सबैभन्दा बढी तस्करीको लाइन राैतहटबाट चलेको र त्याहा कार्यरत घुमुवाहरूले खुलेयाम तस्करहरूबाट रकम असुली गरिरहेका छन् । डिअाइजी केबिले बाहिनीबाट रकम उठाउनका लागि रविकान्त मिश्रलाई राैतहटमा परिचालन गरेका छन् ।नागिना पनि बाहिनीबाट खटिएका भए पनि अहिले उनी मिशनमा जानका लागि तालिममा छन् ।

डिअाइजीकाे राैतहटमा घुमुवा अहिले रविकान्त मिश्र हुन । उनी राैतहटमा घुमुवा भएको मात्रै छ बर्ष भैसकेको छ। उनलाई सशस्त्रको सरूवा नीति लाग्दैन ।कुनै एक सिपाही विगत छ बर्ष देखि एकै जिल्लामा घुमुवा भएर बस्ने भने पछि तस्करबाट उठाएको रकम मुख्यालय सम्म पुगेको आशंका गरिएको छ।


त्यसैगरी सशस्त्रको राैतहटका एसपीले राखेका घुमुवा बरिस्ठ हवल्दार उमेश पण्डितका असुली अांतक पनि डिआइजी छानबिनमा तानिने कारण बनेको छ। एसपी सुरज सेनले तस्करीको लाइन मिलाउन र तस्करबाट रकम उठाउन बरिस्ठ हवल्दार पण्डितलाई परिचालन गरेका छन् । बिगत नाै बर्षदेखि राैतहटकाे एसपीकाे घुमुवा भएर बसेका पण्डितलाई भावी आइजिपी भनेर सशस्त्रमा चिनिएका राजु अर्यालले पनि लखेट्न सकेनन् भने उनलाई सशस्त्रको कुनै सरूवा नीति लाग्दैन । तस्करी र तस्करीको असुलेको रकमले अहिले डिआइजी त छानबिनमा त तानिए तर यी बदनाम घुमुवाहरू भने तानिएका पनि छैनन् र घुमुवाबाट हटाइएका पनि छैनन् । गृह सचिवले यिनीहरूलाई पनि तानेर छानबिन गर्न राैतहटका व्यवसायीहरूकाे माग रहेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -