२०८२ मंसिर १९ गते, शुक्रबार २३:२३

नैतिकताको खडेरीमा जनआक्रोश विष्फोटन….

– स्वर्ण शाह
मैले भन्दै आएको छु कि यदि कुनै देशको अस्तित्व समाप्त पार्नु छ भने सबै भन्दा पहिले त्यो देशको धर्म, संस्कृति, भाषा, भेष र मौलिक परम्परा समाप्त गर्नु पर्दछ र यो कुनै पनि राष्ट्र ध्वस्त बनाउने सबै भन्दा सरल तरिका हो । आज हाम्रो मुलुकको दुर्दशा हेर्दा र हाम्रो देश चलाउने हाम्रै नेताहरु जो साम्राज्यवादीहरुबाट सञ्चालित भएको देख्दा हाम्रो देशमा पनि यहि खेल भईरहेको छ भन्न कुनै प्रमाणको आवाश्यकता नपर्ला । साधारण रुपमै हेरौं, हाम्रो देशको राजनैतिक अस्थिरता । जसको कारण या मूलजड आज यिनै साम्राज्यबादीहरुको सुनियोजित षड्यन्त्रण हो भनेर बुझ्न कुनै गार्‍हो छैन ।

हाम्रा देश चलाउनेहरुले त देश भनेको के हो यो नै बिर्सिसके । देश भनेको कुनै चारैतिर रेखांकन गरेर राखिएको भूभाग मात्र होईन यसरी बुझेमा यो हाम्रो एकाड्ढी ज्ञान मात्र हुन आउँछ । देश या राष्ट्र भनेको त हाम्रो धर्म, संस्कृति, संस्कार, सभ्यता, भेषभाषा, ईतिहास, हाम्रा पुर्खाहरुको देन, हाम्रो पहिचान, हाम्रो अस्तित्व आदि ईत्यादिको सम्पूर्ण धरोहरलाई विभिन्न कालखण्डदेखि बोकेर कयौं समय परिवेशमा परि आएको आपत बिपतबाट सुरक्षित राखी हरेक परिस्थितिको सामना गर्दै त्यसलाई सुरक्षित राख्न हाम्रा कयौं महापुर्खाहरुले दिएको ज्यानको आहुतिबाट सुरक्षित हुदै आएको हाम्रो जन्मभूमी, कर्मभूमी र हाम्रो मातृभूमी हो । आज यसैलाई मेटाउन हाम्रा नेता ज्यूहरु विदेशीहरुको तालमा देशमा टाण्डब मच्चाईरहेका छन् । विदेशीहरुको हातबाट चल्ने एऊटा रोबट भएका छन् ।

स्वतन्त्र स्वाधीन देशको आफ्नै मौलिक धर्म, भाषा, भेष, संस्कृति, ईतिहास र परम्परा हुन्छ । त्यसमा पनि हाम्रो जस्तो १७ औं जेष्ठ देश नेपालको त बिशेषता झन महत्वको हुनु स्वभाविक नै हो । हाम्रो देश भनेको विभिन्न भेषभुसा, भाषा, धर्म, संस्कृति र सभ्यताको फुललाई राजसंस्थाको धागोले एकगरी बनाईएको सुन्दर माला थियो तर यस मालालाई बिकाउ प्रवृत्ति भएका लेन्डुपहरुको बथानले आफ्नो निजि स्वार्थ पूर्तिकोलागि बिदेशी प्रभुको ईसारामा भताभु· लथालि· पारिदियो जसको परिणाम आज हामी सबैले भोगीरहेका छौ ।

आज देशमा हेर्यो जता ततै लथालि· देखिन्छ । जब स्टेरि· सम्हाल्ने डाईभर नै स्टेरि· छोडेर खान थाल्छ भने गुडिरहेको गाडि दुर्घटनामा पर्नु स्वभाविक हो । त्यसै गरि देश चलाउने जिम्मा लिएकाहरु अहिले देश र जनताको बारेमा नसोची अफ्नै स्वार्थपुर्तिका लागि भ्रष्टाचारमा लिप्त देखिन्छन् । अहिले संसारमा नै कोभिड महामारी फैलिएको छ । सारा देशले यस महामारीबाट कसरी बच्ने भन्ने कार्यमा रातदिन लागि रहेका छन् भने नेपालमा जनतालाई जे सुकै होस् सरकार चलाउनेहरुलाई केही मतलव नै छैन । जनताहरु कोरेनटाईनमा खाना नपाएर भोकभोकै हुदा मन्त्री महोदयहरु आफ्नो तलब भत्ता बढाउने खेलमा मस्त थिए, देशमा भएका अस्पतालहरुमा आई सि यु र भेन्टिलेटर नपुगेर जनताहरु अक्सिजन नपाई मरिरहेका बेला हाम्रा मन्त्री महोदयहरु नयाँ गाडि किन्नमा ब्यस्त थिए । जनताले राहत मागे अर्थमन्त्रीबाट जबाफ आउँछ, “राहत चाहिने भए ट्याक्स बढी तिर्नुस् ।” यस्तो गैरजिम्मेवारीपन कुनै देशका मन्त्रीहरुमा पाइएला त ? तर दुरभाग्य हाम्रै देशमा छन् ।

देशमा कोभिड जाँच गर्न पि.सि.आर. कीट किन्नको लागि बजेट छैन तर देशका महामहिम राष्ट्रपतिज्यू आफ्नो अफिसको कार्पेट फेर्न २५ करोडको माग गर्दा देशको बेईज्जत भएन, प्रहरी, डाक्टर र नर्सहरु जनतालाई कोभिडबाट बचाउन रातदिन नभनी लागिरहदा यिनिहरुको तलब काटेर आफ्नो भत्ता बढाउँदा देशको बेईज्जत भएन, देशका अस्पतालहरुको लागि भेन्टिलेटर देखि विभिन्न कोरोना बिरुद्ध लड्ने सरसामान बनाउन राष्ट्रिय आबिष्कार केन्द्रलाई दिन पैसा भएन तर झलनाथ फाउन्डेसनलाई सर्प पाल्न ७२ करोड दिदा देशको बेईज्जत भएन, देशभर गरिबीको रेखा मुनि रहेका निम्न बर्गिय नेपालीहरु खानाको खोजिमा यताउता भौतारी रहेको बेला हाम्रा मान्यवर मन्त्रीज्यूहरुलाई नयाँ गाडी किन्दा देशको बेईज्जत भएन, जाबो एउटा कृषि मलकोलागि बंगलादेश संग भिक माग्दा पनि मल नपाउदा देशको बेईज्जत भएन तर कोरोनाको र सरकारको मारमा पिल्सिएका बिचरा खालि पेट बाच्न बाध्य नेपालीलाई अर्को नेपालीले टुडिखेलमा राखेर नि:शुल्क खाना खुवाउँदा चाहिँ देशको बेईज्जत हुने, यस्तो हाम्रो देश र यस देश चलाउनेहरु कहिं पाईएला त ?

देशको कुनै उन्नतिको कुरा गरौं भने एउटा पनि छैन । न्यायालय हेर्यो त्यतै भद्रगोल, देशको सुरक्षा हेर्यो भगवान भरोसामा, देशमा शान्ति हेर्यो कता हो कता, शिक्षा हेर्यो अलपत्र, पर्यटन क्षेत्रको कुरै नगरौं, भ्रष्टाचार र कालो बजारीले त आफ्नो सीमा नै नघिसक्यो भने देश हाँक्नेहरुको ईमानदारी, नैतिकता, जिम्मेवारी, दायित्व यी कुराहरु त हराएको कयौं वर्ष नै भईसक्यो भने यिनीहरुको राष्ट्रघाती र जनताघाती कामले त पराकाष्ठा नै नाघि सक्यो । यी हाम्रा नेता महोदयहरु आफ्नो पार्टीगत स्वार्थ र गुटबन्दीका कारण यतिसम्म तल झरीसके कि अब यिनीहरुलाई जनताको नजरमा माथि आउन त कयौं जुनी नै लिनु पर्छ किन भने अहिलेको यस्तो परिस्थितिमा समेत यी नेताज्यूहरुको कुकर्म देखेर प्रत्येक नेपालीको मनमा यिनिहरु प्रति घृणा र आक्रोश भरिसकेका छन् र त्यो घृणा र आक्रोशले कुन दिन आफ्नो हद नाघि बिस्फोट हुने हो र त्यो विस्फोटको ज्वालामा कति नेता महोदयहरु होमिने हुन् यो यि हाम्रा नेताहरुले सोचेका पनि छैनन् ।

क्राइमचेक साप्ताहिकमा २०७७ कार्तिक २७ गते विहीबार प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM