Thursday, January 16, 2025
घरसमाचारराजनीतिराष्ट्रिय नागरिक संघर्ष समितिको समिति विस्तार, गाउँ जागरण अभियान शुरु

राष्ट्रिय नागरिक संघर्ष समितिको समिति विस्तार, गाउँ जागरण अभियान शुरु

चन्द्रसूर्य समाचारदाता/
वीरगंज १ कार्तिक/
हिन्दू अधिराज्य पुनर्स्थापनकालागि लामो समयदेखि संघर्ष गर्दै आइरहेको राष्ट्रिय नागरिक संघर्ष समितिको पर्साको रमगढवा र सबैठवामा समिति विस्तार गरिएको छ ।

राष्ट्रिय नागरिक संघर्ष समितिका बारा पर्सा संयोजक तथा राष्ट्रवादी शान्ति समुहका संस्थापक अब्दुल सतार अंसारीको उपस्थितिमा पर्साको सबैठवाका स्थानी भद्रभलादमी, बुद्धीजीवी तथा जनसमुदायको भेलाले राजीलाल महतो अध्यक्ष, राम नरेश प्रसाद कुशवाहा उपाध्यक्ष, राम विहारी पंडित उपाध्यक्ष, दुलेन्दर महरा सचिव, असेसर महरा कोषाध्य, संगीता देवी ठाकुरा लगायत ६६ सदस्यीय समिति गठन भएको अब्दुल सतार अंसारीले जानकारी गराउनु भयो ।

त्यस्तै रामगढवामा पासपति देवी कुर्मीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने विद्या देवीलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने सचिव र सहसचिवमा क्रमशः सुनैना देवी कुर्मी र जलाउती देवी कुर्मीको जिम्मा दिएको छ भने दुरपति देवीलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ ।
रामगढवामा ५० सदस्यीय समिति गठन गरिएको हो ।

सो समारोहमा जनक साह, भुषण दास, महिन्दर साह, अणु राणालगायतको उपस्थिति रहेको थियो ।

समितिले बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा गाउँ जागरण अभियान शुरु गरेको संयोजक अब्दुल सतार अंसारीले बताउनुभयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -