Sunday, December 8, 2024
घरक्राइम चेकभीडभाडको संभावनापछि प्रसिद्ध शिवमंदिर बन्द

भीडभाडको संभावनापछि प्रसिद्ध शिवमंदिर बन्द

रौशन चौधरी ।
राैतहट, १२ साउन ।
राैतहट जिल्लाकाे शिवनगर स्थित रहेको प्रसिद्ध शिवालय मन्दिर आज देखि बन्द गरिएको हाे । साउन महिना काे साेमबारकाे दिन भतजनहरू काे भिडभाड अत्यधिक हुने भएपछि र समुदाय स्तरमा काेराेना संक्रमण बढ्दै गएपछि मन्दिर काे मूल गेटमा ताल्चा लगाई बन्द गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

खासगरी साेमबार मानिसहरूकाे भिडभाड बढ्ने भएपछि त्याे दिन मन्दिरमा ताला लगाई बन्द गरिने स्थानिय प्रशासनले जनाएको हाे । अाज सावनको तेस्रो सोमबार बन्द भएकाे हाे । यस अघिकाे साेमबार का दिन मन्दिर खुल्ला गरिएको थियो भिडभाड बढ्दै गएपछि प्रशासन ले यस्तो निर्णय लिएकाे हाे । जिल्ला कै प्रसिद्ध शिव मन्दिर हिजो राती ८ बजे देखि बन्द गरिएको छ । समुदायमा कोरोना फैलिरहेको विषयलाई मध्यनजर गर्दै यस्तो निर्णय भएको हाे ।

सावनको महिनामा यी मन्दिरमा अत्याधिक भिडभाड हुने गरेकोले मन्दिर भित्र प्रवेश निशेध गरिएको ईप्रका गरूडाका डिएसपी ज्ञान कुमार महताेले जानकारी गराएका छन् । अाफनै गाउँ घरकाे शिव मन्दिरहरूमा पुजापाठ गर्न सबै सर्वसाधारण हरूमा डिएसपी महताेले अनुराेध गर्नु भएको छ । प्रहरीले ताल्चा लगाएपनि मन्दिर बाहिर भतजनहरूकाे भिडभाड कायम रहेकाे स्थानीय पत्रकार करण मिश्राले बताए । शिवमन्दिरको महन्थ कृष्णदेव गिरिका अनुसार कोरोनाको सम्भाबित जोखिमबाट बचनको लागि शिवमन्दिरको चारैतिरको ढोका बन्द गरिएकाे बताउनु भएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -