वीरगंज, ०१ साउन ।
वीरगंजस्थित नारायणी अस्पतालमा एक कैदीबन्दी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ।
पर्सा जिल्ला अदालतको फैसला अनुसार लागुऔषध (खैरो हिरोइन) मुद्दामा १५ बर्ष कैद र रु ५ लाख जरिवानाको सजाय भुक्तान गरिरहेकी वीरगंज–१५ बस्ने वर्ष ४९ की कान्ति भनिने सविला खातुनको गएराति साढे ११ बजे उपचारको क्रममा मृत्यु भएको हो।
१५ बर्ष कैद भुक्तानी गरिसकेकी निज मृतक जरिवाना बापत कैद बसिरहेकी थिइन्। क्रोनिक चर्म रोगको बिरामी र हृदयघातबाट ज्यान गएको वीरगंज कारागार प्रमुख श्रवणकुमार पोखरेलले जानकारी दिए।

















