एकल महिलालाई कपाल मुण्डनसहित घर निकालाः ५ पक्राउ

0

वीरगंज, ०१ साउन ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ३ जयमंगलापुरमा एकल महिला उमादेवी ठाकुरलाई आफ्नै देवर राजदेव ठाकुरलगायत ५ जनाले टाउको मुण्डन गरी घरबाट निकाला गरेका छन्।

एकल महिला उमा श्रीमानको मृत्युपछि घर बाहिर भारतमा बस्ने गरेको तथा निजको चालचलन र चरित्र ठीक नभएको आरोप लगाउँदै आफ्नै देवर राजदेवसहित देवरानी, राजदेवका छोरा गरी ५ जनाले आज विहान टाउको मुण्डन गरी घरबाट निकाली दिएपछि महिला न्यायको लागि प्रहरी कार्यालय पुगेकी थिइन्।

ईलाका प्रहरी कार्यालय पोखरीयाले भाउजुको कपाल मुण्डन गर्ने देवरसहित घरका ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखि घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ।

पक्राउ परेका ठाकुरले भाउजुको अन्य व्यक्तिसँग अवैध सम्बन्ध रहेको र यसले घर परिवारको बदनामी भएको भन्दै घर निकाला गरेको प्रहरी समक्ष बताएका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्