२०८३ जेष्ठ १२ गते, मंगलवार १७:४४

क्‍वारेन्टाइनका सरसामान लिएर ४० जना फरार

महोत्तरी : जिल्लाको सम्सी गाउँपालिकास्थित क्‍वारेन्टाइनबाट  सरसामान सहित ४० जना फरार भएका छन्। भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी–७ स्थित जनता माविमा सञ्चालित क्‍वारेन्टाइनमा बस्दै आएका ४५ मध्येका उनीहरु क्‍वारेन्टाइनमा आफूहरुलाई दिइएको सरसामान लिएर भागेको क्‍वारेन्टाइन इञ्चार्ज सुनिलकुमार यादवले बताए।

उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन्। उनीहरु क्‍वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी  दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM