२०८३ जेष्ठ २ गते, शनिबार १९:५२

ओलीको कार्यशैली प्रति पटेलको आपत्ति

बीरगंज १३ फाल्गुन हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा नेपालको नक्सामा केक काटेको बिषयलाई लिएर आपत्ति प्रकट गरेका छन्।

फेसबुकमा आज एक स्टेटस लेखदै पटेलले हामीले देशलाई आमा मान्ने भएकोले काटेर खान नमिल्ने भन्दै आपत्ति प्रकट गरेका हुन्।पटेलले भनेका छन देशको उच्च ओहदाको ब्यक्तित्व वा कुनै पनी जिम्मेवार ब्यक्तिले नेपालीहरुको मनोबल कमजोर गर्ने कार्य नगर्न सबै संग आग्रह र अनुरोध गरेका छन।

साथै पटेलले संविधान संसोधनको कुराले सम्पूर्ण नेपाली जनता उत्साहित रहेको बताए।संशोधन गरी नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउ सम्पूर्ण नेपालीहरुको पहिचान स्थापित गराउन नेपाल सरकार एवं सरोकारवाला संग आग्रह र अनुरोध गरेका छन।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM