२०८२ माघ ५ गते, सोमबार १७:३१

बंगलादेशले दुई वर्षभित्र नेपालको बिजुली बाल्छः राजदूत वंशीधर मिश्र

काठमाडौं, २१ माघ ।

भौगोलिक सीमाका हिसाबले नेपाल र बंगलादेशको दूरी २७ किलोमिटरको छ। असल र सुमधुर सम्बन्ध भएको बंगलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ। हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवर्द्धनलगायत विषयमा बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रसँग राससले गरेको कुराकानीको सम्पादित अंशः

नेपाल र बंगलादेशबीचको सम्बन्ध कस्तो पाउनुभएको छ?
बंगलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ। हामी बंगलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ। सन् १९७१ डिसेम्बर १६ मा स्वतन्त्र बनेको बंगलादेशले सन् १९७२ मै नेपालसँग दौत्य सम्बन्ध कायम गरेको थियो। दुई देशका बीचमा एकै प्रकारको सांस्कृतिक व्यवहार एकै खालको र खानपान, रीतिरिवाज मिल्दोजुल्दो छ। नेपाली र बंगलादेशीको भाषाका कैयौँ शब्द पनि एउटै छ। यहाँको वातावरण र भौगोलिक क्षेत्र पनि हाम्रो देशको तराईजस्तो छ। यो नेपालबाट झण्डै २७ किलोमिटरको दूरीको सीमा रहेको देश हो, भारतमा पर्ने सडक मार्ग ३७ किलोमिटरको दूरीको छ। हामीबीच सम्बन्ध नजिक हुँदाहुँदै पनि जति भ्रमणको आदानप्रदान हुनुपर्ने हो, त्यति हुन सकेको छैन। जनस्तरको जुन सम्बन्ध हुनुपर्ने हो, जुनस्तरमा व्यापार, व्यवसाय र अन्य आदानप्रदान हुनुपर्ने हो, त्यो भएको छैन।

भ्रमणको आदानप्रदान हुन नसक्नाका कारण के होलान्?
समस्यारहित सम्बन्ध रहेको दुई मुलुकको बीचमा आदानप्रदान किन कमजोर भइरहेको छ भन्नेमा म आउनेबित्तिकै ध्यानाकर्षण भएको थियो। कारण खोज्दै जाँदा पहिलो कुरा कनेक्टटिभिटीकै असहजता हो भन्ने मैले ठानेको छु। हामीसँग हवाई सम्पर्क त निरन्तर छ तर पर्याप्त छैन। पहिले तीन÷चार उडान थियो, केही समयमा एउटामा मात्रै सीमित भयो। अहिले बल्ल दैनिक दुई उडान छ। सत्र करोड जनसंख्या भएको देशमा दुई उडानले कति जोड्न सक्छ? सबै जना जहाजबाट जाने भन्ने कुरा सम्भव पनि हुन्न। त्यसैले सडकमार्ग उनीहरुका लागि महत्वपूर्ण हुन्छ तर उनीहरुलाई भारतीय भिसा चाहिन्छ। त्यसमा केही समस्याहरु छन्। उनीहरुलाई भारत घुम्न बहुप्रवेशाज्ञा मिल्छ तर भारतबाट नेपाल आउँदा भिसा रद्द गरिन्छ र अर्को ट्रान्जिट भिसा लिनुपर्ने बाध्यता छ। त्यसकारण उनीहरु सीमामा पुगेर पनि फर्किएका उदाहरण छन्।

दोस्रो समस्या चाहिँ बंगलादेश, नेपाल, भुटान र भारतसमेत बसेर २०१६ मा थिम्पुमा एउटा ‘मोटर भेइकल एग्रिमेन्ट’ गर्ने कुरा भएको थियो। यसमा भुटान पछि हटेकाले कार्यक्रम अघि बढ्न सकेको थिएन। अहिले भुटानबाहेकका तीन देश मिलेर गरौँ र गाडी चलाऔँ भन्ने भएको छ। त्यसले केही प्रगति हासिल गर्ने आशा छ। त्यसले नेपालमा पर्यटक भित्र्याउन असाध्यै सहज बनाउने छ। त्यो भयो भने बंगलादेशबाट नेपालमा जाने व्यक्तिको संख्या गुणत्मक रुपले वृद्धि हुने कुरामा दुई मत छैन। यससँगै अन्य कुरा पनि एकसाथ लैजानुपर्छ। अहिलेको सन्दर्भमा रेल र जलमार्गको विषय पनि महत्वपूर्ण छन्।

नेपाल–बंगलादेशलाई रेल र जलमार्गसँग जोड्न सकिने सम्भावना पनि छ कि?
अवश्य छ। रेल कनेक्टिभिटीको सम्भावनालाई पनि अगाडि बढाउनुपर्छ। सम्भावना उजागर हुँदै पनि गएको छ। जोगबनीबाट विराटनगर जोड्न सकिन्छ, यो व्यवस्थापन गर्न मात्रै बाँकी हो। बंगलादेशको पञ्चगढबाट न्यू¬ जलपाइगुडी हुँदै हाम्रो काँकडभिट्टासम्म रेल जाँदैछ। त्यसमा जोड्न सकिन्छ। त्यस्ता अन्य ठाउँ प्नि छन्, जुन नेपालबाट नजिक छ। एउटै रेलबाट बंगलादेश प्रवेश गर्न सकिन्छ र मालसामान पनि लैजान सकिन्छ। त्यो ठाउँलाई जोड्ने विषयमा पनि छलफल चलिरहेको छ। सन्धिसम्झौता गरेर व्यावहारिकरुपमा कार्यान्वयन गर्न जरुरी हुन्छ। रेल वेबाहेक जल यातायात पनि सम्भावना छ। हाम्रो सबै नदी गंगामा मिल्छन्। त्यो गंगा यही बंगलादेशको पद्मा नदी हुँदै आउँछ। भारतले गंगाबाट पद्मा हुँदै मंगला र चितगाउँ बन्दरगाह पुगेर व्यापार गरिरहेको छ। हामी पनि गंगामा जोडिनासाथ सहज भइहाल्यो। यसरी हवाई सम्पर्कमा पनि विराटनगर, भद्रपुरलगायत क्षेत्रीय हवाई सेवाको सञ्जाल बढाउनेतर्फ पनि हाम्रो जोड छ।

सम्पर्क सञ्जालको व्यावहारिक कार्यान्वयनमा यहाँको प्रयास के छ?
हामी त्यसमा गम्भीरतापूर्वक लागेका छौँ। नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने दिन जनवरी ७ मा अहिलेको रेलमन्त्री नै सहभागी हुनुहुन्थ्यो। उहाँले पनि नेपालमा रेल विभाग निर्देशक पठाउने प्रतिबद्धता जनाइसक्नुभएको छ। प्रगति होला भन्ने लागेको छ। पहल जारी छ।

बंगालीहरु नेपाल भ्रमण गर्ने अवस्था चाहिँ कस्तो छ?
त्यति धेरै जनसंख्या भएको देशमा सन् २०१८ मा झण्डै २६ हजारले मात्र भ्रमण गरेको देखियो, सन् २०१९ मा पनि त्यही हाराहारीमा छ। यो हेर्दा निकै न्यून हो। जनसंख्या हेर्दा लाखमा भ्रमण हुनुपर्ने हो। नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार यसपालि सरकारले बंगलादेशबाट मात्रै ७२ हजार आउँछन् भन्ने लक्ष्य राखेको छ। त्योचाहिँ कम लक्ष्य हो। हाम्रो प्रयत्न भने एक लाख नघाउने भन्ने छ। सम्पर्क सञ्जालकै समस्याले कमी देखिएको हो। उच्च वर्गका मान्छेले मात्रै हवाइजहाज रुचाउँछन्। मध्यम र सामान्य मान्छेले त सडक सञ्जाल प्रयोग गर्छन्। सतह मार्गबाट धेरैभन्दा धेरै बंगलादेशी जान सक्छन्। उत्तर पश्चिम रंगपुर र राजशाही डिभिजनमा नै चार करोड मानिस छन्। नेपालको पूर्वभाग बंंगलादेशको नजिक रहेको क्षेत्र हो। कतिपय त एक दिनमै गएर आउन सक्ने अवस्था छ। यस्ता क्षेत्रबाट आवागमन सहज बनाएमा भ्रमण बढ्छ।

नेपालीहरुचाहिँ कुन उद्देश्यले बंगलादेश आउने गर्छन्?
अहिलेको परिस्थितिमा नेपालबाट बंगलादेश आउने भनेको मेडिकल शिक्षाका लागि नै हो। उनीहरु यही चार हजारभन्दा बढी छन्। त्यसपछि कृषि र इञ्जिनियरिङ शिक्षाका लागि छन्। बाँकी थोरै भ्रमण र व्यापार व्यवसायका छन्। नेपालबाट पनि आउने कमै छ। नेपालबाट पनि यहाँ संयुक्त लगानी हुन सक्छ। विनोद चौधरीले यहाँ चाउचाउमा लगानी शुरु गरिसक्नुभयो। यहाँका पूँजीपतिले पनि नेपालमा लगानी गर्ने सम्भावना प्रबल छ। बंगलादेशको प्रान कम्पनी जुस उत्पादन गर्न सिमरामा लगानीको चरणमा गइसक्यो भन्ने सुनेको छु।

भ्रमण वर्ष जारी छ। बंगलादेशबाट पर्यटक पठाउन दूतावासको पहल कस्तो छ?
हामीले यहाँ जनवरी ७ तारिखमा भ्रमण वर्षको शुरुआत ग¥यौँ। त्यसदिन यहाँका विभिन्न क्षेत्रका झण्डै ४०० मानिसलाई सहभागी गराएर भ्रमण वर्षको भव्य कार्यक्रम ग¥यौँ। डिजिटल प्रस्तुति, फोटो प्रदर्शनी र सांस्कृतिक कार्यक्रम ग¥यौँ। भ्रमण वर्षका लागि तीन जना बंगलादेशीलाई सद्भावनादूत बनाएका छौँ। उहाँहरु प्रतिष्ठित व्यक्ति हुनुहुन्छ। बंगलादेशबाट पहिलो पटक सगरमाथा आरोहण गर्नुभएका एमए मोहित हुनुहुन्छ। उहाँले दुईचोटि सगरमाथा आरोहण गरिसक्नुभएको छ र दुई दर्जन अन्य हिमाल चढिसक्नुभएको छ। उहाँ नेपालमा हरेक वर्ष दुई पटक टिम लिएर जानुहुन्छ। उहाँ चढेको एउटा चुचुरालाई ‘नेपाल बंगलादेश फ्रेन्डसिप पिक’ नै नामकरण गरिएको छ। यहाँकी प्रसिद्ध गायिका मेहरिनलाई पनि सद्भावनादूतमा नियुक्त गरेका छौँ र अत्यन्तै लोकप्रिय सिने कलाकारलाई पनि जोडेका छौँ। उहाँहरुको सहभागितामा विभिन्न ठाउँमा कार्यक्रम गर्ने योजना बनाएका छौँ। प्रवचन, प्रतियोगितात्मक कार्यक्रम गर्ने सोच छ। यहाँका १० पत्रकारलाई नेपालमा सद्भावना ट्रिपमा पनि पठाएका थियौँ। उहाँहरुले यहाँ आएर विभिन्न पत्रपत्रिकामा लेख, समाचार लेखिरहनुभएको छ। अर्को कुरा, विभिन्न छोटा डकुमेन्ट्री बनाएर प्रदर्शन गर्ने सोच पनि बनाएका छौँ।

गत कात्तिकमा बंगलादेशका राष्ट्रपनि मोहम्मद अब्दुल हमिदले नेपालको औपचारिक भ्रमण गर्नुभएको थियो, उक्त भ्रमणलाई यहाँका नागरिकले कसरी लिएका छन्?
त्यसलाई यहाँका मानिसले असाध्यै महत्वपूर्ण र सकारात्मक रुपमा लिएका छन्। बंगलादेशको राष्ट्रप्रमुख नेपाल नगएको ३७ वर्ष भएको रहेछ। उहाँको भ्रमणले एउटा ‘आइसब्रेक’ नै भएको छ। उहाँले पोखरा, भक्तपुरलगायत ठाउँ पनि घुम्नुभयो। यसले राम्रो वातावरण बनाएको छ। भ्रमणले बंगलादेशलाई ठूलो प्रभाव पारेको छ र नेपाल घुम्ने चाहना जागेर आएको पाइएको छु। भ्रमणले बंगलादेशी जनतामा नेपालप्रतिको अभिरुचि र नेपाल घुम्ने चाहना जगाउने, नेपालप्रतिको आकर्षण बढाउने काम गरेको छ। हाम्रो भ्रमण निरन्तर भइरहनुपर्छ । त्यसको कडीको रुपमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फेब्रुअरीमा यहाँ आउँदै हुनुहुन्छ। भविष्यमा सभामुखलाई पनि निम्तो जाँदै छ। यहाँका राष्ट्रपिताको जन्मशताब्दी समारोहमा भाग लिनका लागि सभामुखलाई निम्तो गरिएको छ। त्यसकारण उच्चस्तरीय भ्रमण बाक्लिने अवस्था बनेको छ। यसले हाम्रो सम्बन्धलाई उचाइमा पु¥याउने विश्वास छ। केही देखिएका समस्या समाधान गर्दै फड्को मार्ने गरी अगाडि बढ्नु पर्नेछ।

समस्या भन्नाले?
अहिले हामीले गर्नुपर्ने चार कुराहरु छन्। अघि भनेजस्तै मुख्यतः कनेक्टिभिटी हो। दोस्रो भनेको व्यापार हो। त्यो व्यापारमा पहिलो नम्बरमा ऊर्जा हो। हामी बङ्गलादेशलाई ‘ग्रिन इनर्जी’ दिन सक्छौँ, नवीकरणीय ऊर्जा दिने भनेको जलविद्युत् हो। त्यसमा उहाँहरुको लगानी प्रवद्र्धन गर्ने, संयुक्त लगानी गर्ने या हामीले उत्पादन गरेको विद्युत्लाई बंगलादेश पठाउने र एउटा प्रसारण लाइन बनाउने भन्ने महत्वपूर्ण विषय हो। त्यो विषय नजिक पुगेको छ, धेरै सम्झौता भएको छ। भारतले पनि मञ्जूर गरिसकेको छ। तेस्रो भनेको पर्यटन हो। भिसा र कनेक्टिभिटीको समस्या समाधान गर्दै प्रचारप्रसारका कार्यक्रम गर्नुपर्ने मुख्य विषय छ। अर्को भनेको नियमित भ्रमण र सम्बन्ध आदानप्रदान जरुरी छ। बंगलादेश प्रविधिमा धेरै अघि बढिसकेको छ, त्यसलाई पनि प्रयोग गर्न सक्नुपर्छ। त्यसबाहेक वस्तु व्यापार हो। नेपालमा भएका धेरै कुरा चिया, कफी अम्रिसो, अदुवा, अलैँची, दालचिनी, दाल, फलफूल तरकारी, धागो पनि सप्लाई गर्न सक्छौँ। धागोको असाध्यै माग छ यहाँ। चीनबाट यहाँ ल्याइरहेका छन्। यस्ता वस्तु निर्यातमा पनि केही समस्या छन्। त्यसका लागि व्यापार सम्झौता (पीटीए) गर्न कुराकारी चलिरहेको छ। अनि विकास गर्न सहकार्यात्मक अवधारणा अघि बढ्नुपर्ने जरुरी छ।

बंगलादेशले नेपालको ऊर्जा किन्ने विषय कहाँ पुग्यो?
नेपाल बंगलादेशबीच सबैभन्दा प्रगति भएको क्षेत्र नै ऊर्जा हो। विगतमा यसमा केही समस्या थिए जस्तै भारत भएर हामी ल्याउने कसरी? त्यसका लागि भारतसँग लामो छलफल भयो। भारतले अन्ततः दुई वटा कुरा मञ्जुर गरिसकेको अवस्था छ। हाम्रो डेडिकेटेड विद्युतीय प्रसारण लाइन बनाउने कुरा महत्वपूर्ण थियो। त्यसमा भारतले मञ्जुर गरिसकेको छ। अनि विद्युत् प्रवाह गर्न दिन पनि उनीहरु तयार भएका छन्। यो ठूलो उपलब्धि र सकारात्मक कुरा हो। धेरै छलफलपछि बंगलादेशले नेपालमा जलविद्युत्को क्षेत्रमा लगानी गर्ने र बिजुली किन्ने लिखितै सम्झौता भएको छ। खाली कुनकुन लिने, कसले लिने र कसले लगानी गर्ने भन्ने व्यवहारमा प्रयोग गर्न मात्रै बाँकी छ। त्यसमध्ये एउटा भारतीय जलविद्युत् कम्पनीले बनाइरहेको नेपालको विद्युत् परियोजनाबाट ५०० मेगावाट बंगलादेशले किन्ने भनेर अर्को सम्झौता पनि भइसकेको छ। विद्युतीय आदानप्रदानको कुरा निकै अगाडि बढेको छ। व्यवहारमा कार्यान्वयन गरेको देख्न सक्ने अवस्था बनेको छ।

नेपालको विद्युत् यस वर्षदेखि बंगलादेशले प्रयोग गर्छ भन्न सकिने अवस्था छ ?
ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर म के देख्छु भने दुई वर्षभित्रमा केही मात्रामा भने पनि नेपालबाट बंगलादेशमा विद्युत् पुगिसकेको हुन्छ। नेपालका विभिन्न जलविद्युत् आयोजनाले उत्पादन गरेको केही विद्युत् बंगलादेशमा सप्लाई भएको देख्न सक्छौँ। त्यसबीचमा धेरै लगानी पनि भइसकेको हुन्छ। त्यो सम्भावना नजिक बनेको छ।

नेपालमा अघिल्लो वर्ष लगानी सम्मेलन भयो, त्यसले यहाँका व्यवसायीलाई आकर्षण गराउन सक्यो कि सकेन ?
लगानी सम्मेलनले सकारात्मक वातावरण तयार पारेको छ। त्यसको प्रचारप्रसार जरुरी छ। नेपालभित्र संयुक्त लगानी लगाउने, एकल लगानी लगाउने वातावरण छ, सहयोग गर्छौं भनेका पनि छन्। सम्भावना नजिक रहेको महसुस गरेको छु। लगानी गर्न व्यवसायी पनि इच्छुक नै रहेको मैले पाएको छु। व्यापार अभिवृद्धि हुने आशा छ।

– नारायण ढु‌ंगाना

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM