-सुशील न्यौपाने
उत्तरतर्फ तिब्बत सँग सिमना जोडिएको दुर्गम हिमाली भेग रहेपनि गोरखा राजधानी काठमाण्डौँबाट ५ घण्टाको बस यात्रामा सजिलै आउन सकिन्छ । देशका अन्य पर्यटकीय नगरि पोखरा, चितवनबाट पनि तीन घण्टा भन्दा धेरै समय खर्चनु पर्दैन । तनहुँको आँबुखैरेनीबाट २४ किलोमिटर दुरीमा पर्छ । सदरमुकाम सम्म पक्की सडक छ । १ घण्टामा सजिलै बसपार्क झरीन्छ । यसपछि आँखाले सजिलै इतिहास र ऐतिहासिक सम्पदाको पहिचान गर्न थाल्छ ।
पृथ्वीनारायण शाहादेखिको ईतिहास हेर्न र पढ्न सदरमुकाम छाडेर अन्यत्र जानु पनि पर्दैन । न त धेरै समय पैदल नै हिँड्नुपर्छ । त्यसैले पनि आगन्तुकहरुको रोजाईमा गोरखा पर्ने गरेको छ । गोरखा सदरमुकामको बसपार्कको छेवैमा गोरखा संग्राहालय छ । पृथ्वी नारायण शाहाले नेपाल एकिकरण सुरु गरेको तल्लो दरवारमा रहेको संग्राहालयले पाहुनाहरुको स्वागत गरिरहेको हुन्छ ।
संग्रालयको गेटै सम्म दुई पाङ्ग्रे देखि ठुला सवारी साधन पनि सजिलै जान सक्छ । आगन्तुकहरुले धेरै झण्झट खेप्नु पर्दैन । संग्राहालय हेर्न विद्यार्थीले परिचय पत्रको साथ सहुलियत , अन्य नेपालीले २५ रुपैयाँ तिरे पुग्छ । क्यामेरा प्रयोग गर्नेहो भने अतिरित्त शुल्क तिर्नुपर्छ । मोवाईलको क्यामेरा प्रयोग गर्दा भने पैसा लाग्दैन ।
संग्रालय छिर्ने बित्तीकै आगन्तुकहरुको ध्यान दरवारले खिच्छ । त्यहाँ कुँदिएका बुट्टा, बनोटको कलाले सबैलाई लोभ्याउँछ । संग्रालयको छायाँमा फोटो खिच्नेहरुको ताँति नै लाग्छ । संग्राहालय छिर्ने मुल ढोकामा पृथ्वी नारायण शाहाको पालाको तोप छ । मुलढोकाको दायाँ र बायाँ रहेको तोपमा आड लागेर फोटो खिच्न आगन्तुकहरु पालो नै पर्खेर बसेका हुन्छन् ।
मुल ढोकाबाट भित्र छिरेपछि गोरखामा रहेका बिभिन्न जातजातीको डमीले झनै कौतुहलता बढाउँछ ्। गुरुङ, कुमाल, भुजेल, कामी जातीको भेसभुसा र पेसा झल्कने डमी छ । दुरुस्त मानिस जस्तै देखिने डमीमा शैक्षिक भ्रमण आएकाहरु अझै धेरै समय भुल्छन् । संग्राहालयको माथिल्लो तला उक्लिएपछि सुरु हुन्छ, नेपाल एकिकरणको ईतिहास ।
गोरखाको गौरब । गोरखाको शाहाकालिन ईतिहासको चिनारी । पहिलो कक्षमा पृथ्वी नारायण शाहाको पालमा गोरखामा भएका शिलालेख र चिनारीको झल्को राम्रै सँग मिल्छ । पहिलेका भाषा र ग्रन्थहरु अहिले राम्रो सँग पढ्न सकिँदैन र बुझिँदैन पनि । ती ग्रन्थ र पृथ्वी नारायण शाहाका भनाईहरुलाई फोटोमा उतारीएको छ । दोस्रो कक्षले धेरैबेर अलमल्याउँछ । त्यहाँ पृथ्वी नारायण शाहालाई देख्न पाईन्छ ।
उनको पालामा नेपाल एकिकरण कसरी सम्भब भयो ? फोटो हेरे सजिलै बुझिन्छ । भाईभारदारहरुलाई नेपाल एकिकरणको तयारी गराईरहेका तस्विर त्यहाँ छन् । हात्तिमाथि चढेर पृथ्वी नारायण शाहाले नुवाकोट एकिकरणको योजना बुनेका देखि युद्धको भल्को दिने तस्विर पनि छ ।
तेस्रो कक्षमा लोभलाग्दा हातहतियार छन् । सयौँ वर्ष पहिले प्रयोग हुने हतियारहरु त्यहाँ देख्न पाईन्छ । तोप, भाला, बन्दुक, जस्ता धेरै हतियार राखिएको छ । जुन अहिले प्रयोगमा आउने भन्दा धेरै भिन्न छन् । अहिलेका पुस्ताका लागि यो बिल्कुलै नयाँ छ । जुन हतियारको सहायताले पृथ्वीनारायण शाहाले नेपाल एकिकरणको पार्दुभाव गोरखाबाट गरेका थिए । त्यसैको सिधा अगाडी राजगद्धी छ । उतीवेला पृथ्वी नारायण शाहाले राज गर्दा प्रयोग गर्थे ।
चौथौँ कक्षमा पृथ्वी नारायण शाहाका पालामा प्रयोग हुने पैसा (सिक्का) हरु छन् । जुन अहिले प्रयोगमा आउने सँग कुनैपनि मिल्दैनन् । पाँच पैसा देखि एक रुपैयाँ, सम्मका सिक्का छन् । तामा र सुनका पैसा पनि देख्न पाईन्छ । एक सिक्काले उतीबेला सयौँ बिगा जमिन र कयौँ हतियार किन्न सकिन्थ्यो । ती पैसा बिदेशवाट हतियार किन्न पृथ्वी नारायण शाहाले प्रयोग गर्ने गर्थे भन्ने ईतिहासमा उल्लेख छ ।
संग्राहालयको पाँचौँ कक्षमा भाँडावर्तन छ । पृथ्वी नारायण शाहा देखि राम शाहाका पाला हुँदै अहिले सम्म प्रयोगमा आएका माना पाथी ढक तराजु । उतीबेला र अहिलेका भाँडा वर्तनमा धेरै फरक पाईन्छ । अहिले प्रयोगमा आउने भन्दा धेरै थरीका सटही सामानहरु उतीबेला प्रयोग हुन्थे । अन्तिम कक्षमा ठुला ठुला मादल, ढोलक, नरसिंङया छन् । राजदरवारमा मेला उत्सब र महोत्सव हुँदा गोरखाका शाहाकालिन राजाहरुले प्रयोग गर्ने गरेका बजागाजालाई संग्रालयमा सजाईएको छ ।
संग्राहालय भित्र छिरेको एक घण्टामा यहाँ भएका सबै कक्षा घुमेर सकिन्छ । हरेक कक्षामा कर्मचारी हुन्छन् । कर्मचारीको आँखा छलेर प्रतिबन्ध लगाईएका काम गरियो भने जरिवाना गरिन्छ । संग्रालयबाट तल झरेपछि ठुलो बगैँचा छ । त्यहाँ पनि पुराना ऐतिहासीक पाटी छन् । उतीवेला राजामहाराजाहरु ऐस आराम गरेर बस्थे । हरियाली चउर भित्र पिङ खेल्न, चउरमा बसेर ड्राई फुड खान सकिन्छ ।
संग्राहालयबाट गोरखकाली दरवार, गोरखनाथ मन्दिर देखिन्छ । तर अहिले भने दरबार पुन निर्माणको चरणमा छ । गोरखकाली मन्दिरको जगदेखि भत्काएर निर्माण थालिएको छ । भुकम्पमा मन्दिर भत्किएपछि अहिले जगदेखि निर्माण सुरु गरिएको छ । दुईवर्ष भित्र निर्माण सक्ने लक्ष्य भएपनि कामको गती भने सुस्त देखिन्छ ।
भलै निर्माण सम्पन्न भएपछि गोरखा दरबार अझै राम्रो र सुन्दर देखिनेमा दुई मत छैन । मुख्य दरबार मर्मतको क्रममा रहेको भएपनि छेउमा रहेको अर्को दरबार, रोटपार्टी, गोखनाथ मन्दिर घुम्न, हेर्न पुजापाठ गर्न पाईन्छ । पुन निर्माणको क्रममा भएपनि नियमित पुजापाठ र बलि दिने क्रम भने चलिरहन्छ ।
त्यहाँ घुमिसकेपछि आगन्तुकहरुको ध्यान गोरखा दरवारको रुपमा चिनिने गोरखकाली मन्दिरले आकर्षण गर्छ । डेढ घण्टाको संग्राहालय घुमाईपछि ४० मिनेटको पैदल हिँडेर गोरखकाली दरवार सजिलै पुग्न सकिन्छ । गोरखकाली दरवार सम्म नै एकनासले ढुङ्गा बिच्याएर सिँढी लगाईएको छ । हिँड्न गाह«ो लाग्ने आगन्तुकहरु १० मिनेटमा ट्याक्सी चढेर पनि त्यहाँ पुग्न सक्छन् । मोटरसाईकल देखि साना ठुला चार पाङ्ग्रे सवारी साधन मन्दिर नजिकै पुग्छन् । मन्दिरमा प्रवेश शुल्क तिर्नुपर्दैन ।
मन्दिर को बायाँबाट भित्र जाने र दायाँ बाट निस्कने फरक फरक ढोका छ । गोरखाकाली मन्दिरको कला कौशल, कालिको प्रतिमा आगन्तुको ध्यान खिच्ने गर्छ । मन्दिरमा गाडिएका ध्वजा पतका र सिंगारीएको रङले आन्तरीक तथा बाह्य पर्यटकको मन लोभ्याउँछ ।
दरवार भित्र शाहाकालिन राजाहरु बस्ने कोठा, उनीहरुले प्रयोग गर्ने चुलो चौका हेर्न पाईन्छ । काली, भगवाती सरस्वती धेरै देवीदेवताका प्रतिमुर्ती छन् । सँगै गुरु गोरखनाथको गुफा छ ।
पृथ्वी नारायण शाहालाई नेपाल एकिकरणको सल्लाह सुझाब दिने गोरखनाथको मन्दिरमा दैनिक पुजा गरिन्छ । गोरखनाथको आर्शिवाद लिने भक्तजनको दिनहुँ घुँईचो लाग्छ । गोरखनाथलाई मनपर्ने परिकारको रुपमा रोटलाई चिनिन्छ । रोट चढाएर खुसी पार्न सके भाकल पुरा हुने जनविस्वास छ । चामलको पिठोमा ५२ थरीका मसला मिसाएर रोट तयार गरिन्छ । यसरी तयार पारिएको रोट प्रसादको रुपमा बाँडिन्छ ।
गोरखकाली दरवारबार आसपासमा गणेश, दुर्गा भवानी लगायत धेरै देवीदेवताका मन्दिर र प्रतिमुर्ती छ ।
एक घण्टा समयमा मन्दिर पनि पुरै घुम्न सकिन्छ । मन्दिरबाट निस्किएपछि माथिपट्टी सिद्ध पाईला भन्ने ठाउँ छ । सिद्धपाईलाबाट गोरखकाली मन्दिर र पछाडी पट्टी गाउँको रमाईलो दृष्य देखिन्छ । सिद्धपाईला भएको ठाउँमा तिन पटक घुमेर दुबै खुट्टा त्यहाँ रहेको पाईलामा टेक्न सके ईच्छा पुरा हुने जनविस्वास छ । गोरखा दरवार परिसरमै राजा रामशाहाको झल्को दिने न्याय चौतारा छ ।
‘न्याय नपाए गोरखा जानु’ भन्ने उनको भनाई जताजतै प्रख्यात छ । उतीबेला न्याय निसाब छिन्ने चौतारो अहिले पनि छ । गोरखा भित्रिएका पर्यटकहरु करिब ५ देखि ७ घण्टाको समयमा सदरमुकामको ईतिहास हेरेर फर्कन सक्छन् । गोरखा दरवारबाट केही मिटर तल लागेपछि भिमसेन पार्क जाने ग्राबेल सडक छ । तीन किलोमिटर सडक गुडेपछि सहजै भिमसेन थापाको पूर्ण कदको सालिक सजिएको रमणिय भिमसेन पार्क पुग्न सकिन्छ ।
त्यो पनि पर्यटकको एउटा आकर्षक गन्तब्य बनेको छ । आगन्तुकहरुका लागि यहाँ प्रशस्तै होटलहरु पनि छ । साना ठुला गरी सदरमुकाममा मात्रै ३० भन्दा लज छन् । सदरमुकाम भित्रै बसपार्कबाट करिब दुई किलोमिटरको दुरीमा चिल्ड्रेनपार्क छ । त्यहँबाट दरौँदी किनार देखि गोरखा दरबार, बजार क्षेत्र, मनकामना, बारपाक सम्मको डाँडा देखिन्छ । बाल उद्यान र अग्लो चुचुरोले त्यहाँपनि केहीबेर रमाउन सकिन्छ । त्यहाँबाट करिब एक किलोमिटर पर पश्चिमकाली मन्दिर छ ।
त्यहाँ सल्लाका धेरै रुखहरु छन् । मन्दिरहरु, बनभोज खाने ठाउँपनि छ । लोभलाग्दो पश्चिमकालीले पनि भक्तजन र बनभोज खान आउनेहरुको ध्यान खिच्नेगर्छ । गोरखा सदरमुकाममा पर्यटकलाई हेर्न बस्न र मन भुलाउन भन्दै अन्य गन्तब्यको पनि नगरपालिकाले खोजी गरिरहेको जनाएको छ ।
(न्यौपानेको फेसबुक पेजबाट साभार)