– सोमबिक्रम सिंह
स्वर्गीय राजा बीरेन्द्र मुलुकमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रख्यात नाम कमाएका व्यक्तित्व थिए । उनी पश्चिमा र भारतको रणनीतिक भुमरीमा बिस्तारै फस्दै थिए । पश्चिमाको लागि नेपाल एउटा सुन्दर तथा प्राकृतिक रूपले धनी मात्रै नभएर नेपालको छिमेकिको रूपमा चीन र भारत जस्तो दुई ठुला र शक्तिशाली राष्ट्र हुनू र नेपालको भुमि प्रयोग गरि दुवै देशमा रणनीतिक रूपले खेलेर बस्नु एउटा उत्तेजिक उध्येश्य थियो ।
त्यस्तै भारतको लागि नेपाल एउटा असल छिमेकिको रूपमा नभई नेपाललाई सके सिक्किम सरह नभए भुटान सरह राखि चीनसँग रणनीतिक रूपले बस्नु नै थियो । राजा वीरेन्द्र यो जालमा नफस्ने देखेपछि नै पश्चिमा र भारतको जासुसी सञ्जाल बिच्छाईएर दरवार हत्याकाण्ड रची शाही परिवार वंश नास गरिएको थियो । झन शंकास्पद कुरा के छ भने महेन्द्र प्रकृति कोषको प्रमुख तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई कोषको बिशेष काममा काठमाडौ बाहिर खटाइएको थियो । अवगत रहोस् महेन्द्र प्रकृति कोषको दाताहरूमा पश्चिमा कै बाहुल्यता छ ।
एक तिर से दो निसान भने झैं दरवार हत्याकाण्ड रचाउनेले सजिलै दोष राजा ज्ञानेन्द्रमा थोपार्न सफल भए । राजा ज्ञानेन्द्र विवस थिए र नखाएको बिष लागेर चुपचाप राज्य संचालनमा घोत्लिएर लागेका थिए । झन् पश्चिमा र भारतको ग्राण्ड डिजायनमा गिरिजा र माअोवादीबाट पेलिएर दरवार छोडेर जान बाध्य भएका थिए । उनले जनताको नासोको रूपमा छोडेर गएका राजगद्वी , राजदण्ड , श्रीपेच छोडेर नागर्जुन दरवार प्रस्थान गरेका थिए ।
राजा ज्ञानेन्द्र आफ्नो ममतायी मुमा सरकारलाई महेन्द्र मन्जील छोडेर अाफ्नै निर्मल निवास सवारी भए पछि गणतन्त्रे खलनायकहरूको राजा वीरेन्द्र र उनका सन्तानको सम्पत्तिमा अाँखा लाग्न शुरूवात भयो । राजा वीरेन्द्रको सम्पत्तिको असली हकदारको रूपमा राजसंस्थाको दरवार हत्याकाण्ड पछि जिवीत परिवार भएता पनि नेपाल ट्रष्टको नाममा राख्ने बहानामा दुष्ट नेताहरूको कुदृष्टि पुग्यो ।
नेपाल ट्रष्ट स्थापनाको मुख्य उद्देश्य ट्रष्टमा भित्रिएको सम्पत्ति दाइजो खोज्ने परिवारमा नव दुलही भित्रिएको झैं भयो , दुहुने गाई । यी गाई (धर्म ) र माई ( राष्ट्र ) नमान्ने भ्रष्ट नेताहरूले ट्रष्टको सम्पत्तिमा यस्तो रजाइँ गरे कि फुपुको धनमा मामाको श्राद्व भने झैं यिनका देव सपनाको हिम मानव यती सरकारलाई भेटी चढाउनमा अहोरात खटिए । राजसंस्थाको सम्पत्ति ट्रष्टमा अाज यिनका परिवार र यिनका अन्नदाताहरू पोषिन शुरूवात भएको छ , चाहे बिधेयक , कानुनका बुँदा बदलेर किन नहोस् । एक त सार्वभौम नागरिक तथा व्यक्तिको तथा उच्च पदस्थको सम्पत्ति लुट्नु अर्को त्यसमा यी भ्रष्ट नेताहरूको स्वादिष्ट भोजन हुनू ।
बिदेशीको निर्देशनमा बाधा रूपमा रहेको राजसंस्था हटाईए पछि नारायणहिटी दरवार संग्रहालय बनाईयो र नारायणहिटी भित्र जवर्जस्ति गणतान्त्रीक स्मारक वनाईयो । रोचक कुरा त के छ भने त्यहि नारायणहिटी संग्रालय हेर्न चीनका बिदेश मन्त्री नेपाल भ्रमणताका अवलोकन गर्न पुगेका थिए , जसको केही सांकेतिक मान्यता रहेको छ , जस्तै कम्वोडियाका राजसंस्था फर्किने बेलामा पनि चीनका उच्चपदस्थ व्यक्तिद्वारा कम्बोडियाका दरवार अवलोकन गर्न गएका थिए ।
कम्बोडियामा पनि नेपालमा झैं साम्राज्यवाद र विस्तारवाद दुवै मिलेर कम्युनिष्ट प्रयोग गरि राजालाई अपदस्थ गरेका थिए । नेपालमा यिनै बिस्तारवादी र साम्राज्यवादीले गिरिजा, देउवा, माधव, बाबुराम, प्रचण्ड तथा माअोवादी प्रयोग गरि रणसंग्राम मचाई सत्रौं हजार मारि दरवार समेत सोत्तर पारे । नारयणहिटी दरवार संग्रहालयमा परिणत भएपछि आफ्ना प्रभु यति महाराजलाई होटल तथा रेष्टुरेन्ट चलाउन दिने तम्तयारमा छन् हाम्रा भ्रष्ट सरकार ।
राजसंस्थाको सम्पुर्ण सम्पत्तिमा अधिपत्य जमाए पश्चात दुखद तथा खट्किएको कुरा के हो भने गणतान्त्रिक स्मारक बनाउन सक्ने सरकारले एउटा परापुर्व काल देखि पुजी अाएको कुमारी मन्दिरलाई बाटोको पेटिमै टँसाएर राख्न सट्टा केही भुमि छुट्टाएर भित्रै कुनै ठूलो स्थान दिन सकेनन् किनभने सरकार धर्म मान्दैन तर परधर्म कृश्चियन धर्म राष्ट्रिय पहिचान र सम्पत्ति हो भन्ने ठान्छ । कुमारी मन्दिर पहिला ठुलै स्थान ओगटेर बसेको थियो तर पछि बाटो बढाए पछि कुमारीको बाँस स्थान चेपुवामा पर्यो ।
त्यस्तै नारायणहिटी दरवार परिसारका माछा पोखरी, मठ मन्दिर साह्रै ठिट लाग्दो अवस्थामा छ , मन्दिर छेउको सेनाको व्यारेक छिर्ने मुल ढोका भुईँचालोले भत्काए देखि जिर्ण अवस्थामा छ र हाल सम्म वनाईएको छैन । नाराणहिटी दरवारको चौरहरू फोहोर पोल्ने र फाल्ने ठाउँ बनाईएका छन् भने कतै घाम ताप्ने ठाउँ बनाईएका छन् । नारायणहिटी दरवार संग्रालयमा परिणत भए पछि कि त पैसा कमाउने भाँडा भएको छ कि फोहोरको डङ्गुर बनाईएको छ ।
नारायणहिटी संग्रहालयमा होटल भाडामा दिनेको र नेपाल ट्रष्टको काम कार्यवाहीको बिरोध व्यापक रूपले भएको देखिएको छ । जुन स्वभाविक पनि हो झैं लाग्छ तर यदि नारायणहिटि संग्राहलय नै हो भने यसलाई व्यापारिक प्रयोजनले उपयोग गर्नु कुनै अनौठो होइन झैं लाग्छ । संसारमा जहाँ पनि संग्राहलयलाको आन्तरिक आर्थिक भार कम गर्न र नाफामा लग्नको लागि केही न केही व्यापारिक कृयाकलाप गरिरहन पर्दछ ।
अझ स्विजर्ल्याण्डको बाजल स्थित एउटा संग्रहालयमा त विवाह , भोज , मिटिङ, कन्फरेन्स , पार्टि आदि ईत्यादि आयमुलक कार्यक्रम हरू भईरहेको हुन्थ्यो । अब ट्रष्टको कुरा छ , ट्रष्ट भनेको सेवा मुलक हो । सेवा तथा अन्य सामाजिक कृयाकलपको लागि अर्थको जरूरत हुन्छ ।
अझ जग्गा मात्रै धुमधुम्ती राखे केही आय आर्जन हुँदैन भने बिना अर्थले कुनै सामाजिक कृयाकलप निरर्थक हुन्छ । जसको लागि ट्रष्टले अार्थिक भार कम गर्न कुनै न कुनै उपाय अपनाउनै पर्छ । त्यसमा सरकारले यति लाई जग्गा लिजमा दिए नि उतिलाई दिए नि सबै कुरा वाईहात बकवास हो झैँ लाग्छ । हो अनियमितता र भ्रष्टाचार छ भने त्यसमा छानबिन हुनै पर्छ ।
सबैभन्दा बिडम्वना भनेको राजसंस्था र धर्म प्रति आस्था राखेका र राजसंस्था सर्वोपरि भनी हिंड्ने व्यक्ति तथा संघ संस्था र पार्टिले यश बिषयमा मुद्वा तथा नारा उठाउँदा हास्यास्पद लाग्छ ।
नारायणहिटीको संग्राहलय भाडामा दिने कुरा र नेपाल ट्रष्टले लिजमा दिने कुरालाई लिएर भत्सर्ना र बिरोध गर्नु बेतुकका कुरा हुन् । राजसंस्था मान्नेले कसरी नारयणहिटी दरवारलाई संग्रहालय माने र राजा बीरेन्द्र र उनका स्वर्गीय शाही परिवारको सम्पत्ति नेपाल ट्रष्टका माने ? यदि राजसंस्थामा आस्था, बिचार तथा सिद्धान्त राख्नेले नारायणहिटी दरवारलाइ संग्राहलय र राजसंस्थाको सम्पत्तिलाई नेपाल ट्रष्ट मान्छ भने सरकारको कुरालाई बिरोध तथा नाजायज सम्झनु भनेको हावादारी र बेतुकका कुरा हुन्, कुरै नबुझी एक कप चियामा समय बिताएर हावा गफ दिएर हिंड्ने कुरा हुन् । होईन भने समस्त राजसंस्था अपरिहार्यता मान्ने व्यक्तिले नारायणहिटिलाई संग्रहालय होईन दरवार नै मान्नु पर्छ र स्वर्गीय राजा वीरेन्द्र र उनका स्वर्गीय शाही परिवारको सम्पत्ति उनकै शाही परिवारको निजी सम्पत्ति सोच्न सक्नु पर्छ ।
अबको भिषण अान्दोलन यहि मुद्वालाई लिएर गर्न सक्न पर्दछ भने परिवर्तनको खाका लिएर हिंडेका समस्त परिवर्तनकारीहरूले व्यबस्था फालेर आफ्नो शासन सत्ता लाद्न सक्न पर्दछ । तत्पश्चात नेपालका अङ्गहरूमा बसेर नेपाल नेपालका ढुकुटी सिद्वाउनेहरूको श्री सम्पत्तिबाट सोधभर्ना गर्नु पर्दछ र यी हालिमुहाली भ्रष्ट व्यक्तिहरूको सम्पत्ति सरकारिकरण गर्नपर्दछ ।
प्रजावत्सल, जनताको मुटुको ढुकढुकी स्वर्गीय राजा वीरेन्द्र प्रति हार्दिक तथा भावपूर्ण श्रद्धासुमन ।
जय देश जय नरेश !
(सिंह राष्ट्रिय सरोकार मंचका केन्द्रिय सदस्य एवं कर्मनिष्ठ अभियन्ता हुन् ।)