२०८२ चैत्र २९ गते, आईतवार १४:१७

हरेक दुःखको औषधिः “यौन”

अस्वस्थ यौन क्रियाकलापमा संलग्न हुनुहुन्छ भने बेग्लै कुरा । संसारमै सुखद् मानिने यो गतिविधिमा अस्वस्थ रूपमा क्रियाशील हुनुहुन्छ र कुनै भ्रान्ति पाल्नुभएको छ भने आजैदेखि हटाउनुस् ।

विशेषज्ञहरूका अनुसार स्वस्थ यौनक्रिया सबैभन्दा राम्रो व्यायाम हो । यौनले शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यमा पनि सकारात्मक परिवर्तन ल्याउँछ । ‘स्वस्थ सम्भोग पौडी खेल्नुभन्दा राम्रो व्यायाम हो,’  चर्म तथा यौनरोग विभाग प्रमुख प्राडा अनिलकुमार झा भन्छन्, ‘पौडी खेल्दा शारीरिक व्यायाममात्र हुन्छ भने सम्भोगबाट मानसिक सन्तुष्टिसमेत पाइन्छ ।’ स्वस्थ यौनसम्बन्धबारेे समाजमा धेरै गलत धारणा भए पनि यो हरेक दृष्टिले फाइदाजनक रहेको उनी बताउँछन् ।

यौनक्रियाबारे वैज्ञानिक विश्लेषणको सुरुआत पूर्वीय समाजमै भएको उल्लेख गर्दै प्रा. डा. झा समयसँगै पूर्वीय जोडीहरू नै यो अद्भुत सुखबारे गलत बुझाइमा रहेको सुनाउँछन् । ‘यौनक्रियासम्बद्ध पहिलो उत्कृष्ट विज्ञान कोकशास्त्र भारतीय उपमहाद्वीपमै आविष्कृत भएको हो’, उनी भन्छन्, ‘यसमा जस्तो भरपर्दो वैज्ञानिक विश्लेषण अन्त कतै छैन ।” विदेशी विशेषज्ञले गर्ने धेरैजसो यौन अध्ययनसमेत कोकशास्त्रमै आधारित हुन्छन् ।’ उपत्यकाका मन्दिरका टुँडालहुँदी कुँदिएका आकृति र भारतको खजुराहो मन्दिरमा पाइने यौनक्रियासम्बद्ध प्रस्तर मूर्तिले मान्छेका यी गुप्त जिज्ञासालाई मेटाउन खोजेको झा सुनाउँछन् ।

‘यौनक्रियाकलापले फाइदा नहुँदो त मन्दिरमा यस्ता चित्र किन कोरिन्थे ?’ उनी भन्छन्, ‘तर धेरै जनासँग सम्भोग सुख लिन खोज्दा फाइदा कम बेफाइदा बढी हुन्छ ।’ उनका अनुसार कोकशास्त्रमा विभिन्न आसनबारे वर्णन गरिनुको अर्थ ‘पार्टनर’ फेर्नु नभई एकै जनासँग भिन्नभिन्न तरिकाले आनन्द उठाउनु हो अर्थात् स्वस्थ यौन क्रियाकलापमा संलग्न हुनु हो ।

यौन गतिविधि स्वस्थ र नियमित रहे शरीरलाई धेरै फाइदा पुग्ने तथ्य विदेशमा गरिएका अध्ययनले समेत देखाएका छन् ।

नर्थ क्यारोलिना र पिटरबर्ग विश्वविश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार यौनक्रियाले शरीरमा ‘आक्सिटोसिन’ हार्मोनको मात्रा बढाउँछ । यसबाट यौनसाथीको आपसी सम्बन्धमा प्रगाढ हुन थाल्छ, एकअर्काप्रति विश्वास बढ्छ । यही प्रकृतिका कारण आक्सिटोसिन हार्मोनलाई ‘लभ हार्मोन’ समेत भनिन्छ । यौनले रक्तचाप पनि नियन्त्रण गर्छ ।

स्कटल्यान्डमा २४ महिला र २२ पुरुषमा गरिएको अध्ययनमा के देखियो भने नियमित यौनक्रियामा संलग्नहरू तनावबाट पनि मुक्त हुन्छन् । स्वस्थ यौन गतिविधिको सीधा प्रभाव शारीरिक स्वास्थ्यमा समेत पर्छ । सातामा एक/दुईपटक सम्भोग गर्दा शरीरमा रोग प्रतिरोधी पदार्थ ‘इम्युनोग्लोबलिन’ वृद्धि हुन्छ ।

विलकिस विश्वविद्यालयसम्बद्ध विशेषज्ञहरूले एक सय १२ विद्यार्थीमा गरेको अध्ययनअनुसार सम्भोगपछि उत्पन्न हुने ‘इम्युनोग्लोबलिन’ रुघालगायत संक्रमण रोक्न सहयोगी हुन्छ । हाम्रो समाजमा अलि वृद्ध अवस्थामा सम्भोग गर्दा हृदयाघातको जोखिम बढ्ने भ्रम समेत व्याप्त छ । बेलायती विशेषज्ञहरूले भने यो कुरामा अलिकति पनि सत्यता नरहेको पुष्टि गरेका छन् । हृदयाघात भएका ९ सय १४ पाका पुरुषमा गरिएको अध्ययनअनुसार उनीहरूमा हृदयाघात हुनुमा यौन क्रियाकलापको कुनै सम्बन्ध नरहेको इपिडिमियोलजी एन्ड कम्युनिटी हेल्थको जर्नलमा उल्लेख छ ।

यौनले मोटोपना घटाउनसमेत सहयोग गर्छ । आधा घन्टाको यौनक्रियाले शरीरमा दुई सय क्यालोरी डढाउँछ । विशेषज्ञहरू के भन्छन् भने यौनले एन्डरोफिन हार्मोन बढाउनाले दुःखाइमा कमी आउँछ । सम्भोगपछि टाउको वा जोर्नीको दुखाइ हराएको अनुभव त पक्कै गर्नुभएको होला । युरोलजी इन्टरनेसनलको ब्रिटिस जर्नलमा छापिएको प्रतिवेदनअनुसार यौनले के युवा, के वृद्ध ! सबै पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ ।

यौनबाट फाइदा महिलालाई पनि कम छैन । चुलोचौकामा लाग्दालाग्दा उनीहरूमा कम्मर दुख्ने समस्या बढी देखिने गरेको छ । यसको कारण ‘पेल्भिक फ्लोर’ मांसपेशी कमजोर हुनु हो । यो मांसपेशीलाई बलियो बनाउने भरपर्दो उपाय सम्भोग नै रहेको विशेषज्ञहरू बताउँछन् । सुखद यौनसम्बन्धले अनिद्रालाई भगाउँछ । मज्जाले निदाउने भएपछि तौल र रक्तचाप नियन्त्रित हुनु स्वाभाविकै भयो ।

नियमित यौनक्रियाले दुःखाइ, मोटोपन, तनाव घटाउँछ, रक्तचाप सामान्य राख्छ एकआपसमा विश्वास बढाउँछ राम्रो निद्रा लाग्छ आत्मसम्मान बढाउँछ संक्रमण रोकथाम गर्छ महिलामा कम्मर दुखाइ हटाउँछ पुरुषमा प्रोस्टेट क्यान्सरको जोखिम घटाउँछ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM