Thursday, November 28, 2024

विकल्प के त ?

विकल्प के त ? के सधैं सडक मै हुने त हामी ? सोंच्नै पर्ने होईन र ?

दामवाद–भयवाद–लम्पसारवाद–खामवाद–कमाऊनिष्टहरुद्वारा शासित राष्ट्रका भेंडा जनता हामी
होईन हउ, सिंहदरबार–बालुवाटार घेर्नु पर्ने बेला लैनचौरमा के गर्या होउ ?
चिनीया“ दूतावास थाहा छैन, कि औकाद न पुगेको ?
कि फेरि राष्ट्रवादको भुत लाग्या हो कि ?
होस् गर है, पहिलाको भारत होईन नि !
सक्छौ भने चिनिया“ दूतावास पनि घेर न होउ !
कि चुनावका बेला जनता बेबकुफ बनाउन भ्यागुता झैं ब्रुक–ब्रुक सडकमा
कि अन्तैबाट दाम पो पायौ कि, राष्ट्रवाद झल्काउन ?
भारतले भाउ नदिएर भारत तर्साउन खोज्दै छौ कि ?
होस् गर, बिगत सम्झेर वर्तमान केलाउ ।
राष्ट्रवाद भनेको भारतको बिरोध होईन है ।
उप निर्वाचन कै लागि राष्ट्रवाद जाग्या हो भने, ख्याल गर तिम्रो संविधानमा छि होईन ठुलै ह्वाङ छ, एक पाना खाली छ, संघीयता–गणतन्त्र–धर्म निरपेक्षता अहिले लार्भा अवस्था मै छन्, गर्भ तुहिन सक्छ, न हुर्की आर्यघाट पुग्न सक्छ, पाप लाग्ला है, १७००० भन्दा बढीको सहादत तिम्रो कुर्सीको खेलमा खेर जाला है ।
होईन हउ, चुचुन्द्रे कता हरायो ? थुथुनो हल्लाएको सुनिदैन त ? ऊखानटुक्का पनि सक्या हो कि ? बोल न हउ रोगी आत्मा ! वास्तविकता आखिरमा के हो ? जनता जान्न चाहन्छन् !
फेरि चिपन्तरु पनि कता हो कता ? चिप्लिने डरले दुलोमा पस्यो कि ? छेपारे ! अब त छेपारे भन्न नि लाज लाग्छ, छेपारोलाई गाली लाग्ला कि भन्ने पीर ! होईन हउ पाखण्डीको सुरु । युद्ध लड्ने भाडाका टट्टुहरु कता हराए ? भुस्याहाका भरौटेहरु ! कि प्रम बन्न प्राय निश्चित भएकोले मुखमा गुजो हाल्या ? तिम्रा ती ध्वास, थुक्क कुखुरा चोर !
लाजै लाग्यो बा, राष्ट्रवाद नि कस्तो ? लैनचौरसम्म को !
स्वाधीनता नि कस्तो ? लम्पसार परेर !
स्वाभिमान नि कस्तो ? मागी खाने भा“डो !
कम्युनिष्ट नि कस्तो ? कमाऊनिष्ट जस्तो !
माओवाद नि कस्तो ? दामवादमा विसर्जन !
समाजवाद नि कस्तो ? कुर्सीको गणेश परिक्रमा जस्तो !
गणतन्त्र नि कस्तो ? ठ्वास्स ठ्वास्स गन्हाउने जस्तो !
लोकतन्त्र नि कस्तो ? लूटतन्त्र जस्तो !
भै गो जे भनेनी लाज–मरुवाहरुलाई के को !
पानी मरुवाहरु थुक्क !
नेपालमा सेना नि छ रे, कता हो कता सुने जस्तो लाग्यो है ! जनताको करले उठेको पैसा खाने अनि ब्यारेकमा मोज गर्ने ? जनताले आवाज लगाउदा न सुन्ने बहिरा सेना, हार–गुहार माग्दा न निस्किने कातरहरुको फौज, अरु केही भन्दिन आफै लाज लागेर आयो ! बरु अहिले सेनामा “मधेश ब्रीगेड“ भईदिएको भए दृश्य अर्कै हुन्थ्यो, पक्कै हुन्थ्यो, ठोकुवा साथ भन्छु “आर कि पार” हुन्थ्यो ।।
मुक्ति अभिवादन सहित !

– डा. मनोज मुक्ति “विवेक”
(डा. मनोज कुमार झा)
राष्ट्रिय अध्यक्ष
जनतान्त्रिक तराई मुक्ति मोर्चा

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -