Thursday, July 18, 2024
घरविचारइतिहासजाँदाजाँदैः मोहरा, महरा र महेन्द्र मञ्जिलको मुहार पुस्तिका

जाँदाजाँदैः मोहरा, महरा र महेन्द्र मञ्जिलको मुहार पुस्तिका

– मणिराज सत्याल
२०६२ मा जब देश संकटमा थियो ,तब नारायणहिटिको बैठकमा राजा ज्ञानेन्द्रबाट राजसभा स्थायी समिति बाट सल्लाह मागिबक्सेको थियो !
सबैले जाहेर गरे मौसुफ लाई सबै बस्तु स्थिति जानकार छ नै ! उचित स्वविवेक महाराजबाटै प्रयोग गरिबक्स्योस !
तब एक पुराना ज्योतिषी ले हिम्मत गरेर सल्लाह दिए सरकार तेस्रोपटक श्रीपेज पहिरिन दोस्रोपटक श्रीपेज छोड्नुपर्ने हुन्छ मौसुफ को जो हुकुम !
मौसुफ धेरै बेर मौनतामा रहिबक्स्यो !
जसले जसरी बुझेपनी अनुशासन लाई छोडिदियो भने ,दण्डहीनताले अनुशासन लाई नै निल्ने कोशिश गर्छ नै !त्यसैको परिणाम आज श्रीपेज संगै राजदण्ड शो-केसमा सजिएको छ अनि हिजोका कानुन नमान्ने नै आज कानुन मन्त्री नियुक्ति भएका छन् !
तर धैर्य गरेर सोच्ने हो भने सत्य मर्दैन ! महराको हविगत हेरौं ,,,भलै उनले जेलको सट्टामा कपालमा लगाउने अमेरिकन जेल लाउन पाउने पाँच तारे होटल सरहको हस्पिटलमा बस्न पाएपनी जनताको नजरबाट त गिरे नै ,पातकी हरु को माहोलमा जाँदा उनलाई त्यहाँ माला लाइदिएपनी ,सचेत नेपाली जाने पशुपति जाउन ,मनकामना जाउन ,या लुम्बिनी जाउन जनताको मनबाट सद्भाव र पुजारी को हातबाट प्रसाद त अब सहजै पाउन कठिन छ !देखिने महरा र नदेखिने यस्ता धेरै उदाहरण छन् !बिस्तारै प्रकाशमा आउनेछन् !समय हो बलवान् !
आज राजावादी दिन दुगुना रात चौगुना को दरले बढिरहेको बेला ,कंग्रेस हिन्दुराष्ट बाट फड्किएर राजावादी हुँदै गर्दा असली मा कट्टर राजभक्त/राजसंस्था समर्थक हिजो जति थिए ,आजपनी त्यत्तिकै छन !त्यो बाहेक अरु सबै मौकाधारी हुन !
हिजो राजा दियालो बंगला जाँदा पनि एक्लै थिए ,आज पनि एक्लै छन् ! भोलि नागार्जुन बाट फर्किदा पनि एक्लै फर्किदा देशले निकास पाउनेछ !
४७ सालको चाक्सिबारिमा बनेको डोलि सजाएर राजा लिन हिजोको सातदल ,आजका सत्र दल करिबकरिब तयार भएपनि नियालेर बेथिति लाई हेर्ने हो भने देशले खोजेको सत्र सालनै हो ! ४७ सालको त्यो डोलि भनेको ज्योतिषीय भविस्यवाणी सहि प्रमाणित हुने मात्रै हो ,देशले निकास पाउने होईन !
गएको दशैं-तिहार माहोलले झन्डै झन्डै राजसंस्थाले स्पेस पाइसकेको थियो ,तर फेरि के आदेश गोरखनाथको आयो फेरि धैर्य गरिबक्स्यो मौसुफ ज्ञानेन्द्रले र मौसम चिसिएझैं राजावादी हरु पनि चिसिए !महाराजको गोप्य बडा महारानीलाई त ज्ञात हुन्न भने राजावादी लाई थाहा होला ,,,?
साच्चै भन्नुपर्दा नेपाल दैविक शक्ति बाट अड्डिएको देश हो !यहाँ राणाले १०४ बर्ष एकलौटी शासन गरेपनि शाहवंशीय परम्परालाई खोपिमा राखेपनी खुट्टाले कुल्चिन सकेनन् भने बाह्रबुँदे का खेतालाले के सक्लान ,,,?
त्यसैकारण गणतन्त्र लाई भोट दिने ले नै धर्म निरपेक्ष लाई स्वीकार गरेको हुनाले बिष्णु-लक्ष्मी पुज्ने मौका पाएनन् !त्यसको उदाहरण बिदुर महामहिम रामवरण र आजका प्रथम महिला महामहिम ,,,,मनन गरौं !
यो धर्म निरपेक्ष भित्र्याउने नेतालाई अम्ल ठड्याउन नसक्नु को परिणाम पनि हो र ,नेपाल विश्व को शिर हो !यहाँ स्थायी बिष्णु-लक्ष्मी भनेको राजा-रानी नै हो !राष्ट्रपति-राष्ट्रपतिनी,,होईन यो राष्ट्र होईन यो देश हो !
यही कारण हो कि राजा ज्ञानेन्द्र जस्तो धैर्यवान तपस्वी राजा नेपाल ले पायो !उनको तपस्या सायद सत्कर्मी सनातनी ले बाहेक अरु ले अड्कल गर्नै सक्दैन ! (किनकि सबैभन्दा बलवान् सत्य हो !समय हो ! र सत्य नै सनातन हो !सनातन नै सत्य हो !)
अरुलाई त राजा ज्ञानेन्द्रले त्रिभुवन सदन भत्काउन लगाएको ,र मृत्युवर्ण गरिसकेका तत्कालीन युवराज दिपेन्द्र लाई राजा बनाएर बेवकुफ गरेको भन्नेमात्रै सुनेका छन् !त्यो गर्नुको कारण खोतल्ने फुर्सद छैन !
यदि त्यो सुझबुझ कार्य धैर्यताका साथ राजा ज्ञानेन्द्र बाट नभएको भए बिदेशी पत्रकार को नाममा यहाँ के के र को को कतिकती  भित्रीसक्थ्यो ! आजसम्म न नेपाल रहन्थ्यो न नेपाली रहनेथियौं ! जसले विश्व का अग्ला कदका राजा बिरेन्द्रको परिवारलाई त तहसनहस पार्यो भने राजा ज्ञानेन्द्र त अधिराजकुमार न थिए !

त्यसपछि को पछिल्लो समयमा ३०/४० जनाको राजा आउ देश बचाउ को नारा बोकेर हिड्ने जूलूस ले राजसंस्था कसरी फर्किन्छ भनेर ओठ लेब्र्याउने हरु नत्र आज कसरी भन्न तयार भए कि:- राजसंस्था बाह्रबुँदे का खेताला लाई नचाहेर भो र हामी जनतालाई चाहियो !पशुपति नाथ लाई ,मनकामना लाई ,लुम्बिनी जोगाउन लाई ,र सबै तेत्तीस कोटि देवताको संरक्षण को लागी चाहियो !दिन दुगुना रात चौगुनाको दरले बढिरहेको होलिवाइनमार्का कोरियन  इसाई करण र त्यसको असर चीन र भारत लाई समेत पर्ने भएको ले साच्चिकै हिन्दु सम्राट चाहियो !
चमत्कार नै भन्नुपर्छ कि हुँदाहुँदैआफुलाइ चाहिँदा बेलाबखत  बिनलादेन जन्माउने अमेरिकी सरकार लाई समेत शाह वंशिय राजसंस्था चाहियो !
किनकि ,हिन्दु राष्ट्र को लागी भनेर हस्ताक्षर कार्यक्रम को उद्घाटन गर्दा पानसमा बत्ति बाल्ने हिन्दु अभियान्ताको सट्टामा मुसलमान लाई देखेपछि उसलाई समेत दक्षिण एसियायी मुलुकमा सबैको समाधाननै अर्थात बाध्यताले सर्ब-स्वीकार राजसंस्था नै भयो !किनकि इसाइको यदि कोहि पहिलो दुस्मन कोहि हो भने त्यो मुस्लिम नै हो ! यसको बलियो उदाहरण आत्मघाती twin-tower आक्रमण होइन र ?
जानकार हरु अन्दाज लगाउँदै भन्छन् तब न ठमेल को डान्सबारमा अचानक जंगी निशान हाम्रो घन्कियो,,,डान्स त राजा ज्ञानेन्द्र पहिले पनि बेलाबखत निर्मल निवास मै गर्थे ,दियालो बंगलामा पनि गर्थे होलान् ,तर जनताको खुसियाली बढ्ने कुरासँग सम्बन्धित खुसियाली थियो !जनतासँगै नाच्न एक्काइसौं सताब्दी सुहाउँदो राजा तयार भए !
ब्रह्मा-बिष्णु-महेश्वरको सट्टामा उनै त्रिमुर्ती द्वारा खडा गरेका पात्र हुन कृष्ण तर ,तिनैजना लाई चमत्कार देखाइदिए, मायाजालले, तपस्याले धैर्यताले ।
पर भए ब्रह्मा -बिष्णु-महेश्वर,
कृष्ण भए प्रभु, परब्रह्म, परमेश्वर भनेझैं  अमेरिका, भारत, चीनलाई चित खुवाउन सफल भए राजा ज्ञानेन्द्र !
यो सम्भावित जित महेन्द्र-मञ्जिलको तपस्याबाट भएको हो ! कौरव र पाण्डवको अर्को उदाहरण हो !
शिव जीको त्रीिनेत्रको नजरअन्दाज गर्न सक्ने आस्थाले दिएको  हिम्मत राजधर्मको आस्थामा अडिएको राजा ज्ञानेन्द्रको दुरदर्शिताको परिणाम हो !
जय मुलुक, जय राज मुकुट !
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -