Wednesday, November 27, 2024
घरविचारभारतको अन्तरिक्षयान र नेपालको पानीजहाज !

भारतको अन्तरिक्षयान र नेपालको पानीजहाज !

-भोजराज बराल
हुन त आफ्ना आफ्ना देशका नेताका एजेन्डा फरक फरक हुन्छन् जसलाई भक्त हरु ले अन्धाधुन्ध समर्थन गर्छन् र विरोधी हरु ले गुनासो गर्छन् तर झन्डै अठार लाख मानिस आवास बिहिन भएको भारतको एजेन्डा अन्तरिक्ष मा वैज्ञानिक पठाउन पर्ने र हाम्रो जस्तो झन्डै एक तिहाइ युवा विदेशमा निम्नस्तर को काम गरेर घरको चुल्हो बाल्न पर्ने ठाउँमा पानीजहाज का एजेन्डा म चाहिं अर्थपूर्ण देख्दिनँ! भारतको पहिलो मुख्य उद्देश्य यी अठार लाख लाइ कम्तिमा पानी पर्दा ओत लाग्ने ठाउँ दिन तिर लाग्दा सान्दर्भिक हुन्थ्यो अनि हाम्रो देशमा कृषी वा अन्य क्षेत्रमा औद्योगिकरण गरेर रोजगारी सिर्जना गर्न पर्थ्यो!

मोदीले गरिबी निवारण मा पनि थुप्रै प्रयास गरेका छन् तर एकादुई यस्ता कुरामा अझै उनको सोच बदलिएको छैन, शायद जनताको चेतनास्तर लाइ मध्यनजर गरेर वाह वाह बटुल्ने प्रयास पनि होला यो र हातहतियार का योजना! हाम्रो देशमा रोजगारी सिर्जनाका लागि खासै कुनै ठोस कदम चालिएको छैन, प्रधानमन्त्री, पार्टी प्रमुख र अन्य सांसद तथा हरेक प्रदेश का त्यस्तै ओहदामा बसेका साथी हरु राज्यकोष आफ्नै बाबुको सम्पत्ति झैं ठानेर एक वर्षमै १०-१२ देश घुमेका छन्, त्यसरी घुमेर देश र करदाता लाइ के लाभ भएको छ भनेर उनका भक्त हरु ले सोध्ने कुरै आएन उल्टै रातो कार्पेट, पुष्प वृष्टि र पिर्के सलामी टक्र्याएको देखिन्छ अनि तिनका विपक्षी हरु पनि त्यस्ता कुरा को संसद मा वा सम्बन्धित ठाउँ मा आवाज उठाएर ति संस्कार बदल्न भन्दा आफूले पनि मौका पाए त्यसै गर्ने सोचले मौन सहमति दिएर बसेका छन्, पालो कुरेर!

नेपाल र भारतमा जनता कत्ति छैनन्, छन् त पार्टीका हनुमान मात्र छन् एकादुई अपवाद बाहेक! हरेक संस्थामा पनि विज्ञ र स्वतन्त्र मानिस छैनन्, छन् त केवल पार्टीका हनुमान मात्रै छन्, एकादुई अपवाद होलान्, ति अल्पसंख्यक अपवाद पनि जागिर गुम्ने डरले आफ्नो अभिव्यक्ति राख्न सक्तैनन्, राखी हाले पनि असर नपर्ने तरिकाले राख्ने गरेको देखिन्छ! दुर्भाग्य, हाम्रो देश पनि नाइजेरिया, जिम्बाब्वे जस्ता श्रोत सम्पन्न तर भ्रष्ट मुलुक का अग्र पंक्ति मा दरिएर संसार भर मजदूर निर्यात गर्ने देश सिवाय अरु केहि नहोला जस्तो देखिन्छ! गणतन्त्र ले दिएको सबै भन्दा ठूलो कोसेली यहि नै देखिन्छ अहिले सम्म!

फेसबुकबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -