– स्वर्ण बिक्रम शाह
नेपाल बहुजातिय र बहुधार्मिक देश हो । नेपाल देश एकिकरण नै हिन्दु, बौध र मुस्लिम तीन धर्मलम्विहरु मिलेर गरेका हुन । यहाँ सबै धर्महरुलाई बराबरी स्थान दिईएको छ र सब्बै धर्महरुले समान महत्व पाएका छन् । त्यसैले त राष्ट्र निर्माता श्री ५ वडामहाराजाधिराज पृथ्बिनारायण शाहले नेपाललाई चार जात छत्तिस बर्णको फुलबारी भनी कसैले पनि आफ्नो कुल धर्म नछोड्नु भनेर भनेका हामी वहाँको दिब्य वाणीमा पाउन सक्छौ । यसको मतलब नेपाल एकीकरण भए देखि नै सम्पूर्ण धर्मलाई समान महत्व दिईएको हामी पाउछौ । जुन धर्म माने पनि उ पहिले नेपाली हो । तर हाम्रो देशमा परापूर्बकाल देखि नै धर्मको नाममा बिभेद हुँदै आई रहेको छ । छुवाछुत र दलितबादले आज सम्म मुक्ति पाउन सकेको छैन । आखिर यो कसरी हुन गयो त ? यो एकदमै सम्बेदनसिल सोचनिय कुरा हो ।
हाम्रो देश नेपाल त हजारौ लाखौ बर्षदेखि हिन्दुस्थल हो, हिन्दुअधिराष्ट्र र असल हिन्दुस्थान हो । चाहे त्यो गोपाल राज्य होस या महिषपाल राज्य, चाहे त्यो किरात राज्य होस या लिक्षबिकाल होस या मल्लकाल अथवा शाहबंशिय काल होस । यो मुलुक पबित्र हिन्दुस्थल थियो छ र रहिरहने छ । अझै शाहबंशिय कालमामा आएर त झनै हिन्दुत्वको बिकाश भएको हामी पाउछौ । आजभोली हिन्दु नामले धेरै चर्चा पाएको छ तर म भन्छु हाम्रो धर्मलाई मात्र हिन्दु भनेर बुझ्नु अझ भन्ने नै हो भने हाम्रो धर्मलाई हिन्दु भन्नु त हाम्रो धर्मलाई संकुचित बनाऊनु हो । हाम्रो धर्मलाई हिन्दु मात्र भनेर बुझिएमा यो एकदम नै एकाङ्की हुन जान्छ । हाम्रो भूमी भनेको त सनातनी भूमी हो भने यहाँको धर्म भनेको वैदिक सनातन धर्म हो र सनातन धर्म भित्र रहेको आचार शहिष्णुता नै हिन्दुत्व हो । हाम्रो भूमी नै मानव सभ्यताको उत्गम भूमी भएकोले यहाँबाट नै मानब सभ्यताको उत्पति भएर यसको बिकास भएको हो । तसर्थ हाम्रो सनातनी धर्म, धर्म मात्र नभएर यो त एऊटा मानव जिवन शैली हो, मानव सभ्यता हो । मानव सभ्यताको आरम्भ देखि माया, दया, क्षमा, सहयोग र बिश्वासको उपहार बोकेर आएको रित नै हिन्दुत्व थियो । अहिलेको भारतमा आएर त्यो हिन्दुत्व धर्ममा रुपान्तरित भयो । हिन्दुत्वको हैसियत पनि तल झरेर हिन्दु धर्म भयो । यसरी एऊटा मान्छेलाई मानव बनाऊने पद्धति नै हिन्दु धर्म हो । यदि कसैले म हिन्दु होईन भन्छ भने यो ऊसको अज्ञानता हो किनभने कुनै पनि मानिसले मानवताको अनुसरण गर्दछ भने ऊसले हिन्दुत्वको अनुसरण गरेको हो र जस्ले हिन्दुत्वको अनुसरण गर्दछ ऊ हिन्दु हो । हाम्रो धर्मले गर्दा नै मानव एऊटा स्वतन्त्र प्राणी भएको हो । यो धर्मले कुनै पनि व्यक्तिलाई धर्मको नाममा बाधेर राखेको छैन । हाम्रो धर्मले भनेको छ तिमी कुनै पनि देव वा देवी मान या नमान, पुजा गर या नगर, मन्दिर जाऊ या नजाऊ, यदि तिम्रो जन्म हिन्दुको कोखबाट भएको छ भने तिमी हिन्दु हौ । यत्तिको स्वतन्त्रता अरु कुनै धर्ममा छ ? हाम्रो धर्मले त मानवलाई केवल मानवताको बाटोमा हिड्न सिकाऊछ र आफ्नो कर्म र कर्तव्य पूरा गर्न सिकाऊछ । यस्तो सरल, सहज र सत्य धर्मलाई नचिनेर हाम्रा केहि मानिसहरुले केहि पैसाको लोभमा धर्म परिवर्तन गरि रहेका छन् तर ऊनिहरुलाई यस धर्मको बारेमा सत्य बताऊने हो भने ऊनीहरुले कहिले पनि धर्म परिवर्तन जस्तो दुष्कार्य गर्ने छैनन् । हाम्रो धर्मको महानता बुझेर नै आज हजारौ, लाखौ पश्चिमाहरु हाम्रो धर्ममा लागिरहेका छन् । तिनीहरुले बुझिसके कि मनवको मुक्तिको द्वार नै हिन्दु धर्म हो । हाम्रो धर्म त यश जगको जेष्ठ धर्म बैधिक सनातनी धर्म हो । अझ यसलाई धर्म भन्दा पनि मानव सभ्यताको सिमा रेखा भनौ या मानव जीवन जिउने शैली या पद्दति हो । यसले एउटा मान्छेलाई मानव भएर बाच्न सिकाउछ । हाम्रो यस धर्मले कसैलाई धर्मको नाममा बाधेर राखेको छैन, पूर्ण स्वतन्त्रता दिएको छ ।
यति हुदा हुँदै पनि हाम्रो धर्ममा विभिन्न बिकृतीहरु समय समयमा लादिन आएकोले यो धर्मले पनि समय समय र ठाऊँ ठाँऊमा बदनाम हुन बाध्य भएको छ । जस्तै सति प्रथा, दलित र छुवाछुत प्रथा, बलि प्रथा आदि ईत्यादिले गर्दा पनि हाम्रो धर्मलाई बदनाम गर्ने मौका पाईरहेका छन् हाम्रा धर्म बिरोधिहरु । तसर्थ यस्ता कुप्रथाहरु हामीले सकेसम्म चाडो हटाउनु पर्छ । अनि मात्र अहिले जसरी क्रिस्चियनहरुले हाम्रो धर्ममा आक्रमण गरिरहेका छन, तिनिहरु धरासाही हुन्छन ।
पश्चिमा मुलुकहरुको नेपाललाई ईसाई राज्य बनाउने सपना आजको होईन , तिनीहरुको यो सपना त नेपाल राज्यको जन्म हुदा देखिको हो । जब राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल राज्यको एकीकरण गरे सो समय देखि नै यी पश्चिमाहरुले आफ्नो पादरीहरु यहाँ पठाएर क्रिश्चियन धर्मको प्रचार प्रसार सुरु गरेका थिए । यो त हाम्रो सौभाग्य हो कि उक्त समयका राजा धेरै दुरदर्शि र देशभक्त भएको कारण ४० जना पादरी र तिनका अनुयायीहरुलाई तुरुन्त देश निकाला गरि आफ्नो मुलुकको धर्म, संस्कार र संस्कृती बचाएका थिए । सो पश्चात् पनि नेपालमा राजा हुनाले नै यश पबित्र भुमीमा क्रिष्चियनहरुले चलखेल गर्न पाएनन् । यसैको बदला लिन पनि पश्चिमाहरुले नेपालमा राजतन्त्र हटाउने खेलमा लागेर नेपालमा लोकतन्त्र यिनिहरुकै आदेशमा आएको जगजाएर नै छ । नेपालमा हिन्दु धर्म मास्नलाई यहाँ धेरै एन जि ओ र आई एन जि ओ खोलियो, अनेकौ राजदुताबास खुल्यो तर नेपालमा राजालाई हटाएर लोकतन्त्र स्थापना हुने बित्तिकै आज कंयौ युरोपियन राजदुताबास याहाँबाट भागिसकेका छन र यसको पुष्टि डेनमार्क राजदुताबासले गरिसक्यो । अझ हेर्दै जाउ कति युरपियन दुताबास यहाँबाट भाग्छन र एक दिन यस्तो आउछ कि नेपालमा पनि क्रिष्चियनहरुको बहुल्यता हुने छ र हामी ॐकार परिवार यश देशको एऊटा कुनामा सिमीत हुनेछौ ।