Friday, November 29, 2024
घरसमाचारराजनीतिगगन थापा धर्नामा : ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो’

गगन थापा धर्नामा : ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्रमा धर्ना बसेका छन् । लामो समयदेखि दवाव दिँदा पनि आफ्नो निर्वाचन क्षेत्रको सडकमा सुधार नआएपछि थापा धर्नामा बसेका हुन् । थापा काठमाडौं ४ नम्वर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका सडकको गुणस्तर सुधार्नुपर्ने र मर्मत गर्नुपर्ने माग राख्दै मतदातासहित गगन थापा धर्नामा बसेका छन् । दलबलसहित सडक विभाग पुगेका थापाले दिउँसो १२ बजेदेखि धर्ना थालेका छन् । धर्नामा सहभागी अधिकाँसले प्लेकार्ड बोकेका छन् । प्लेकार्डमा ‘कुर्सीमाथि उठ्ने हो, बाटो बनाउन जुट्ने हो’, ‘सिंहदरबारमा आराम छ, जनताको जीवन हराम छ’, ‘सरकार र ठेकेदार, क्षतिपूर्तिको हाहाकार’, ‘घोक्रो सुकिसक्यो, अलकत्रा उप्किसक्यो, हामी क्षेत्र नम्बर ४ को सकारात्मक विचारको’, खेतमा मलको अभाव छ, बाटोमा ढलको बहाव छ’, ‘सरकारको दुराचार, क्षेत्र नम्बर ४ मा अत्याचार’ लगायत नारा लेखिएका छन् । रचनात्मक नारा लेखेर गगन थापासहित क्षेत्र नम्वर ४ का नागरिक धर्नामा बसेका छन् ।

धर्नामा बसेका थापाले सांकेतिकरुपमा विरोध गरेको बताए । ‘आजको आन्दोलन सांकेतिक धर्ना हो,’ उनले भने, ‘यति गर्दा पनि काम नभए हामी सिंहदरबारभित्र मन्त्रालयमा गएर धर्ना बस्छौं ।’

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -