दोर्जे (बज्र)

0

-मोहन लामा रुम्बा

तस्बिरमा देखिएको वस्तु संस्कृतमा बज्र, हिमाली बौद्ध धर्म भित्र यसलाई दोर्जे भनिन्छ। बज्रयान बौद्ध धर्म भित्र दोर्जे अर्थात् बज्र जुनसुकै धार्मिक अनुष्ठानमा नभई नहुने एउटा महत्त्वपूर्ण धार्मिक औजार हुन्, यही बज्रको नाममा नै बज्रयान बौद्ध नामकरण भएको हो, त्यसैले तपाईंहरुले सानु ठूलो जुनसुकै पुजामा लामा एवं बज्राचार्य गुभाजु हरुले एउटा हातमा बज्र समाउदै पुजा पाठ गरेको देख्न सकिन्छ।

बृहत नेपाली शब्दकोष अनुसार बज्रको अर्थ यसप्रकारको हुन्छ “इन्द्रको प्रमुख अस्त्र, कुलिश, बादल र हावाको घर्षण बाट निस्कने शब्द, चट्याङ ज्यादै कठोर वा सार्हो वस्तु आदि !

तन्त्र शास्त्र अनुसार पनि परिभाषा यही हो, भगवान इन्द्रको भयंकर शक्तिशाली हतियार, निमेष भरमा जुनसुकै वस्तु लाई भस्म तुल्याउन सक्ने,शक्तिशाली प्रकृतिको हतियार बज्र वा चट्याङ !

वैदिक सनातन धर्म भित्र आगम र निगम दुईवटा हुन्छ,निगम मत लाई वेदान्ताको निरन्तर धारको रूपमा लिइन्छ भने आगमलाई वैदिक भन्दा अलग धार बाट तर सन्निकट रहि प्रवाह भएको जसलाई शिवजी बाट दिक्षित तन्त्र मतलाई प्रधान्ता दिने मतको रूपमा लिएको हुन्छ जसलाई बिशेशत सैव मत भनिन्छ।
नदि एउटै तर भंगालो बनेर संग संगै प्रवाह भएको नदि जस्तै वेदान्त मतको निगम र अलग भंगालो बनेर चतुर वर्णश्रम भन्दा बाहिर बाट प्रवाह भएको आगम मत नै सनातन धर्मको दुई धार हुन् र आगम मत नै बौद्ध र सैवको मिश्रण द्वारा उत्पन्न भएको बज्रयान बौद्ध हुन जून चतुर वर्णश्रम भन्दा बाहिर हुन्छ।

सन्दर्भमा प्रवेश गरौं :
तस्बिरमा देखिएको दोर्जे अर्थात “बज्र” फुर्वा, कसरी बज्रयान बौद्धको अंग बन्यो यसको उत्पत्तिको बारेमा संक्षिप्त उल्लेख गर्छु।

एकपटक इन्द्रलोकमा ‘वृत्रासुर’ नामक राक्षसले हमला गर्यो भयंकर युद्ध भयो, वृत्रासुर नामक राक्षसले यस्तो शक्तिशाली वरदान पाएको थियो की कुनै पनि अस्त्रशस्त्रले उनलाई हानी पुर्याउन नसक्ने केही गरि पनि इन्द्रलोकमा राक्षसको कब्जामा जान बाट रोक्न सक्ने अवस्था नभएपछि इन्द्रले सम्पुर्ण देवगण लिएर इन्द्रलोकमा भैरहेको भयावह अवस्थाको पिडा पोखाउन ब्रह्मा ,विष्णु महेश्वरकोमा पुग्यो।इन्द्रलोकमा भैरहेको समस्याको बारेमा गम्भीर छलफल भएपछि ब्रम्हले यसको एउटा मात्रै उपाय छ पृथ्वी लोकमा ‘दधीचि’ नामको एक सिद्ध प्राप्त महर्षि छ यदि उनलेे आफ्नो मेरुदण्ड तिमीहरुलाई दान गर्यो भने त्यो मेरुदण्ड बाट तिमीहरुले एउटा बज्र बनाउनु त्यस वज्रले वृत्रासुर राक्षसलाई प्रहार गर्यो भने बल्ल मार्न सक्छ नभए वृत्रासुर असुरलाई कुनै पनि अस्त्र-शस्त्रले मार्न सक्दैन यसको अतिरिक्त अर्को कुनै उपाय छैन भनेर सुझाव दियो।

देवराज इन्द्र बडो अफ्ट्यारो मान्दै महर्षि दधीचिको आश्रममा पुग्यो, महर्षि कठोर शिव भक्त थियो उनलेे तप बल द्वारा आफ्नो शरीर बज्र तुल्य अलौकिक शक्ति आर्जन गरेको थियो इन्द्रदेव उनको कुटिमा पुग्दा त्यतिबेला पनि उहाँ ध्यानावस्थामा थियो, इन्द्र नजिकै गएर हाथ जोड्दै याचकको मुद्रामा उभिएर बस्यो, महर्षिको ध्यान सकेर आँखा खोल्दा उनलेे इन्द्रलाई अगाडि देखेपछि बस्नलाई आग्रह गर्दै महर्षिले भन्नुभयो ” भन्नुहोस् इन्द्रदेव कसरी आउनु भयो ? इन्द्रले भन्नुभयो महर्षि क्षमा गर्नुस् मैले तपाईंको ध्यानमा बाधा पुर्यायो की ? भन्दै औपचारिकता निभाई सकेपछी आफ्नो वृतान्त बताउन थाल्यो “महर्षि तपाईंलाई जानकारीनै होला अहिले इन्द्रलोकमा देवता माथि असुरले आक्रमण गरेको छ असुरको सेनापती वृत्रासुर एकदमै क्रूरतापुर्वक अत्याचार गर्दै यिनिहरुको अत्याचारले सिमा नाघेको छ देवतागणहरु हार्दै छ भन्दै इन्द्रलोकको भयावह अवस्था सुनाउनु भयो।

महर्षि दधीचिले भन्नुभयो मेरो पनि चिन्ता यही हो तपाईंले ब्रह्मा जी संग यो बारेमा कुरा राख्नुस भनेपछि इन्द्रले भन्नुभयो मैले उहाँ संग कुरा राखि सकेको छु उहाँले उपाय पनि बताउनु भएको छ तर…तर….भन्दै अगाडि थप कुरा भन्न सकेन, महिर्षी दधीचीले अचम्मित हुँदै किन देवराज भन्नुहोस् न तर तर के हो प्रष्ट संग मेरो प्राण नै आवश्यक परे पनि म सहर्ष दिन तैयार छु,इन्द्रलोक जसरी पनि जोगाउन पर्छ, विजय देवगणकै हुनुपर्छ भन्दै महर्षिले आफ्नो कुरा राखेपछि इन्द्रले भन्नुभयो- हे महर्षि ! ब्रह्मा जी ले उपाय त बताउनु भएको छ तर तपाईंको अस्थी मेरुदण्ड बाट अस्त्र बनाए त्यो बज्र समान हुन्छ त्यसले प्रहार गर्यो भने मात्रै वृत्रासुर मर्छ भनेर भन्नुभएको छ त्यसैले वृत्रासुर असुरलाई मार्न यस्तै व्रजास्त्रको आवश्यकता परेको छ भनेर अफ्ट्यारो संकोच मान्दै मान्दै कुरा राखे।

इन्द्रको कुरा सुन्ने बितिकै महर्षि दधीचि हर्षित हुँदै मुहारनै कांतिमय भएर आयो, उहाँले सोंच्यो म धन्य भएँ मेरा यो स्थुल शरीर एउटा महान पवित्र कार्यमा प्रयुक्त हुने भयो उनको शरीरको रोम – रोम पुलकित हुँदै प्रसन्नतापूर्वक महर्षि दधीचिले भन्नुभयो -हे देवराज इन्द्र तपाईंको प्रस्ताव सहर्ष स्वीकारछु यो मेरो जिवनमा योभन्दा ठूलो गौरवको कुरा अर्को के हुनसक्छ ? तपाईं निश्चितरूपमा मेरो हड्डी मेरुदण्ड बाट वज्र बनाउनुस र असुरहरु लाई बिनास गरेर इन्द्रलोकमा शान्ति अमनचैन ल्याउनुस भन्दै महर्षी दधीचि ऋषिले कुनै भय व चिंता बाट मुक्त भइ आफ्नो नेत्र बंद गर्दै आफ्नो योग बल बाट प्राण लाई शरीर बाट अलग गर्यो, उनको शरीर अब निर्जीव भयो उक्त निर्जीव शरीर लाई कामधेनु गाईले चाटी चाटी हड्डी निकाल्न सुरु गर्यो उक्त हड्डी बाट निर्माण गरेको बज्र द्वारा वृत्रासुर असुरलाई प्रहार गरेर बध गरेपछि बल्ल इन्द्रलोकमा दानव माथि देवताको बिजय प्राप्त भयो।

बज्रयान बौद्धमा बज्र अर्थात “दोर्जे” तिनै महर्षी दधीचिको मेरुदण्डको प्रतिक हो यो शक्तिसाली तन्त्र साधनामा बढी प्रयोगमा ल्याउने गरिन्छ भने तान्त्रिक बोन्पो लामाले बालीनाली जोगाउन हुरी बतास असिना पानी रोक्न गुह्य मन्त्र जप्दा यही बज्र,(दोर्जे,फुर्वा,) इन्द्रदेवको साधना गर्दै जमिनमा गाडेर आकाशमा देखाएर ताण्डव नृत्य गर्दै रोक्ने काम पनि गरिन्छ(यो सिमित लगभग दुर्लभ जस्तो भैसकेको छ यस्तो गर्नेले निकै परहेजमा(बारना गरेर)बस्नु पर्ने हुन्छ।

(श्री रुम्बाको फेसबुकवालबाट साभार)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्