– स्वयम्भुनाथ कार्की
मैले विद्यालय पढ्दा ३ या ४ कक्षादेखि नै पञ्चायत एक विषयको रुपमा पढनु पर्दथ्यो । सय पुर्णांकको सो बिषय उत्रिर्ण हुन ३० नम्बरको आवश्यकता पर्दथ्यो । त्यसैले एस एल सी वा प्रवेशिकासम्म जसरी भए पनि उत्रिर्णक पुग्ने गरेर भए पनि पढ्न पर्दथ्यो । त्यहाँ व्यक्ति प्रशंसा थिएन तर आप्mनो मुलुकको राज्य कसरी सञ्चालन हुन्छ भन्ने कुरा थियो । सानैदेखि गाउूसभा र गाउू पञ्चायतको फरक के हो ? पञ्चायतले गरेको काम ठिक छ कि नियम अनुसार छन कि छैनन भन्ने थाहा हुन्थ्यो ।
कोहीकोही शिक्षकहरुले अलि विचित्रको कुरा पनि घुसाउथे । जस्तै वर्ग समन्वयको निमित्त गरिएको वर्गिय संगठनलाई दल विहिनतामा दल भनेर काइतेपाराले निर्दलिय व्यवस्था हुन सक्दैन भन्न खोज्थे । मन्त्रीमण्डल गठनको पढाउदा सुनेको कुरा भनेर राजाले पहिले मिति खाली भएको राजिनामा लिएर मात्र मन्त्री बनाइन्छ भन्थे । अटेर गर्नेलाई नियन्त्रण गर्न पहिले राजिनामा नै लिइन्थ्यो भने त्यो अनुचित रहेनछ भन्ने कुरा वर्तमानले सावित गरिरहेको छ । हरेक नियुक्ति तथा बर्खास्ती रिटको विषय बन्नाले धेरै समय श्रोत र साधन सरकारले यसैमा लगाउनु पर्ने हुन्छ ।
वर्तमानमा महेन्द्रिय राष्ट्रवाद भनेर घृणा पैmलाउन खोजिएको राष्ट्रवादको व्याख्या पहिलो पल्ट २०१९सालको संविधानको धारा २ले परिभाषित गरेको र वर्तमान संविधानले धारा ३मा परिमार्जन गरेको परिभाषाको राष्ट्र प्रतिको समर्पन हो । २०१९ मा प्m जुनसुकै धर्म, वर्ण, जात वा जातिका भए पनि समान आकांक्षा राख्ने र राजमुकुटप्रति आस्थाद्वारा एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टि रुपमा एक राष्ट्र हो” भनिएको थियो । २०७२मा धारा ३मा प्mबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भनिएको छ ।
राष्ट्रराज्य सिद्धान्त भनौ या राज्यराष्ट्र सिद्धान्त यी सबै परिभाषा बुद्धिविलासलाई भने ठिक होला । तर समग्रमा राष्ट्रको परिभाषा गर्ने पारंपारिक, वैधानिक , सर्वमान्य सिद्धान्त यहि नै हो । अनि यस अनुसारको राष्ट्रप्रतिको समर्पण, मायामोह, आत्मिक बन्धन अनि कर्तव्यपालन समग्रमा राष्ट्रवाद हो । राजा महेन्द्रले यसमा केही सोच अरु थपेका थिए । पहिलो प्mआप्mनो ब्रम्हले देखेको कुरा निर्धक्कसंग भन्नु वा गर्नु पर्दछ” । अर्को प्m नविराउनु नडराउनु” , त्यसपछि प्mआप्mनो नागरिक हक लिनु, प्रयोग गर्नु तर अर्काको नागरिक हक प्रयोगमा बाधा नबन्नु” । फेरी प्mव्यक्तिको कारणले हैन उसको कामको कारणले समर्थन वा विरोध गर्नु ” ।
अरुले महेन्द्रिय राष्ट्रवादको जे अर्थ लगाउछन लगाउन, मेरो निमित्त राष्ट्रवादमा अन्य कुनै विषेशणको आवश्यकता छैन र यही नै राष्ट्रवाद हो । त्यसैले राष्ट्रवादी राजावादी वा गणतन्त्रवादी जे पनि हुनसक्छ तर त्यसमा राष्ट्रहित सर्वोपरि हुनुपर्छ । राष्ट्रवादी धर्मसापेक्ष वा निरपेक्ष जे पनि हुन सक्छ आधार फेरी उही राष्ट्रहित सर्वोपरी । म राष्ट्रवादी भएर राजावादी किनभने विनाराजा मैले राष्ट्रहित देख्न सकिन । म संगकोे दर्शन भेटमा कुना लगाईएका राजाको म राजावादी हैन राष्ट्रवादी हुू भन्ने उद्गार आएको छ । अव राजावादीहरुमा पहिलो समर्पण राजा प्रति हुन्छ , बरु वर्तमान भुटानको अवस्था नै किन नहोस राजसंस्था चाहिन्छ भन्ने सोच प्राथमिकतामा हुन्छ ।
त्यसै गरेर धर्मवादीहरुमा त झन राष्ट्र रहे रहोस नरहे नरहोस, राजा हुन वा नहुन धर्म भने हुनै पर्दछ भन्ने धारणा हुन्छ । शासन प्रणाली, खाका, आदि केही कुरा हुन्न केवल धेरै कम अझ नागन्यले मात्र अर्थ लगाउन सक्ने वेदमा विभिन्न प्रकारका राज्य व्यवस्था देख्छन । तर त्यसको व्याख्या भने गर्दैनन । त्यसैले झलक्क हेर्दा राष्ट्र, राजा, धर्म एकै लागे पनि यी तीन भिन्न कुरा हुन जो एकअर्काका पुरक पनि हुन सक्छन र विपरित पनि । जर्ज वेकव होेलेकले राज्य सञ्चालनमा चर्चको नियन्त्रण ठिक भएन भनेर धर्मनिरपेक्षताको अवधारणामा संघर्ष गरे । तर यता त न मन्दिर, न गुम्वा नअरु धार्मिक गुरुहरु नै निर्देशक भए न हुने कुरा स्विकार गर्न सकिन्छ ।
विराटनगर-१
२०७६ असार १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित