२०८३ जेष्ठ ३ गते, आईतवार १२:०२

हिन्दू धर्म मास्न “लभ जेहाद अभियान”बारे हिन्दू युवापरिषदको सनसनीपूर्ण खुलासा (भिडियोसहित)

वीरगंज, २८ वैशाख

हिन्दू युवा परिषद नेपालका केन्द्रिय प्रवक्ता उमेश साह कानुले नेपाली चेलीहरुलाई फसाउन देशमा “लभ जिहाद अभियान” संचालन भइरहेको घटनाप्रति चिन्ता व्यक्त गरेका छन् ।

शनिवार चन्द्रसूर्य वाणीका प्रधान सम्पादक कन्हैया गुप्तासँगको एक साक्षात्कारका क्रममा प्रवक्ता साहले गैर हिन्दूका युवाहरुले हिन्दूको आवरण अर्थात नाम, भेष धारण गरि हिन्दूहरुले जस्तै पूजा गर्ने, टिका लगाउनेजस्ता कृयाकलाप गरी नेपाली चेलीहरुलाई हिन्दू बनेर प्रेम जालमा पार्ने र  मुस्लिम धर्ममा सामेल गराउने अभियान नै चालिएको बताए ।

दुई र सो भन्दा पनि बढी विहे गरेर हिन्दूका चेलीहरुलाई तेश्रो र चौथो श्रीमतिको रुपमा भित्र्याउने तथा हिन्दू धर्म मास्ने कुत्सित उद्देश्यबाट प्रेरित गिरोह नेपालको तराई देखि पहाडका कुना काप्चामा पुगेर सक्रिय रुपमा लागेको प्रति सजग रहन हिन्दू युवा परिषद नेपालका केन्द्रिय प्रवक्ता साहले सबैलाई आग्रह गर्नु भयो ।

परिषदका प्रवक्ता साहले देशको हिन्दू धर्म मास्न राज्य संयन्त्र नै लागिपरेको दाबी गर्नु भयो । उनले युरोपियन युनियनको डलर र भत्ता खाएर देशका प्रधानमन्त्री देखि राजनीतिक दलका नेताहरुले हिन्दूत्व मास्न र कृश्चियानिटी फैलाउन लागि परेका छन् ।

विद्यालय देखि नै अवोध बालबालिकाहरुलाई विदेशी धर्म संस्कृतिको बारेमा पठन पाठन गराउने, आफ्नो देशको संस्कृति, संस्कार सिकाउनु भन्दा पश्चिमी संस्कार र सभ्यता सिकाउन विद्यालयहरु पनि सक्रिय रुपमा लागिपरेको र यसमा राज्य संयन्त्र गम्भीर हुनु पर्ने प्रवक्ता साहले माग गरे ।

दुई नम्बर प्रदेशका मूख्यमन्त्री समेतले पनि आफ्नो पदीय दायित्व र मर्यादा विपरित विकास बजेटका रकमहरु मदर्सा र मस्जिद लगायतका निश्चित धर्म संस्कृतिको उत्थान र प्रवर्द्धनमा खर्चिरहेको घटनाप्रतति आपत्ति जनाएका छन्,

हिन्दू धर्म संस्कृति मास्न देशमा कसले के गर्दैछ ? विस्तृत तलको भिडियोमा….

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM