Saturday, April 20, 2024
घरसमाचारजनप्रतिनिधि जवाफदेही भएनन्

जनप्रतिनिधि जवाफदेही भएनन्

वीरगंज महानगरपालिका लगायत देशभरीबाट निर्वाचित जनप्रतिनिधिहरु व्यक्तिगत स्वार्थमा लिप्त भएको कारण अहिले समग्र नगर क्षेत्रको अवस्था दयनीय बनेको छ ।
फोहोर व्यवस्थापन, सरसफाई, विजुली बत्ति, खानेपानी लगायतका पूर्वाधारहरु चौतर्फी रुपमा लथालि· अवस्थामा पुगेका छन् । स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरुले स्थानीय तह अन्तर्गतको नगर÷गाउ“ कार्यपालिका तथा वडाको सरसफाई, विजुली वत्ति, खानेपानी, स्वास्थ्य, शिक्षा, शहरीकरण, बजार व्यवस्थापन, सडकको फोहोर व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, ट्राफिक व्यवस्थापन, पार्कि·को व्यवस्थापन लगायतका दर्जनौ समस्याहरु समाधान गर्ने अपेक्षा लिएका आम नागरिक समस्या समाधानको साटो उल्टै थपिदै गएपछि निरास बनेका हुन ।
स्मार्ट सिटी र स्वस्थ्य सफा हराभरा विकासको शहर बीरगंज नगर भन्ने सपना बेचेर निर्वाचित भएका जनप्रतिनिधिले झण्डै डेढ बर्ष महानगरपालिकाको नेतृत्व सम्हालेको भए पनि एउटै पनि उल्लेख्य काम गर्न सकेका छैनन् भनि नगरवासीहरुको आरोप छ । त्यस्तै वीरगंज महानगरपालिकाका लगायत देशभरीका नगर÷गाउ“ प्रमुख, उपप्रमुख र वोर्ड सदस्यहरु आ–आफ्ना लागि विलाशिताका गाडी, मोटर साईकल, खरिदमा केन्द्रित भएको र वडा सदस्यहरुलाई कुनै वास्ता नराख्दा वीरगंज महानगरपालिकाको चौथो नगरपरिषद भा“डिएको छ । महानगरपालिकाले बढाएको करको दर खारेज गर्नु पर्ने देखावटी माग लिएर आन्दोलनमा उत्रिएका वडासदस्यहरुले भित्र भित्रै आफूहरुको भत्ता वृद्धि र वडा स्तरीय विकासका योजनाहरुमा भागवण्डा खोज्दै आन्दोलन गरेको खुल्न आएको छ ।
महानगरको बजेट विकासका लागि होईन, जनप्रतिनिधिका लागि भागबण्डा र विलाशी सवारी साधनको खरिदमा खर्चिनु पर्ने अवस्था देखिएको छ । लामो समय पछि स्थानीय तहको निर्वाचन हुन नसक्दा प्रभावित भएका नगरवासीलाई जनप्रतिनिधिहरुको बजेट जसरी हुन्छ लुटेर खाने प्रवृतिले झन दुःखित बनाएको छ । वीरगंजमा फोहोर, ट्राफिक व्यवस्थापन, छाडा पशु तथा कुकुर नियन्त्रण हुन नसक्दा नगर क्षेत्रको अवस्था दिन प्रतिदिन विग्रिदै गएको छ । एडिवी परियोजना लगायतका एक दुई वटा आयोजना देखाएर निर्वाचित जनप्रतिनिधिले जनतालाई भ्रममा पार्न बाहेक कुनै काम गर्न नसकेपछि जनप्रतिनिधिहरुको अहिले सर्वत्र आलोचना शुरु हुन थाल्नु वर्तमान संघीय र दलीय व्यवस्थालाई संकटमा पारेको स्पष्ट भएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -