२०८२ माघ २८ गते, बुधबार १४:२५

सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप, झडपमा तीन तस्कर पक्राउ

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिमा सशस्त्र प्रहरी र गाँजा तस्करबीच झडप भएको छ ।

गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गर्दै गएराति गाँजा तस्करहरुको समूहले गोली चलाएपछि झडप भएको हो ।

प्रहरीमाथि दुई राउन्ड गोली चलाएपछि आफूहरुले पनि एक राउन्ड हवाई फायर गरेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय ६ नं. गणका एसपी खेमबहादुर थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीले गाँजा तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० किलो गाँजासमेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा भारतको सुपौल घर भएका ६५ वर्षिय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षिय हिरा मुखिया र ४५ वर्षिय लालवहादुर राय रहेका छन् ।

तस्करीमा संलग्न अन्य केही व्यक्ति फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच सर्लाहीको हरिवनबाट ५० किलो लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–११ बासाटोलबाट ज. १ ज ३४४ नम्बरको म्याजिक भ्यानमा गाँजा लिएर जाँदै गरेका घुर्कौलीका २९ वर्षीय राशलाल महतोलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM