– सन्तोषकुमार मिश्र
राष्ट्र निर्माता पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्तीको पावन दिनमा राष्ट्रका विभूति श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाल र नेपाली रहेसम्म तिमी अमर रहने छौ भन्ने कामना गर्दछु । नेपालकै अस्तित्व रहेन भने तिम्रो प्रताप समाप्त भएको मानिने छ ।
हामीले आफू र आफूभन्दा बाहिर ब्रम्हाण्ड, पृथ्वी, हावा, पानी, मान्छे, वनस्पति, जीव जन्तु जे कुराको अस्तित्व देख्छौं, यसलाई कुनै न कुनै शक्तिले निर्माण गरेको हो । त्यो शक्ति अरु कुनै नभएर परम शक्ति अदृश्य हात या इश्वर नै हो । त्यो निरन्जन, निराकार छ, अति शक्तिशाली पनि छ । दैवी विपत्तिले यस संसारमा उथल पुथल परिवर्तन गरिरहेको हुन्छ । अध्यात्मवादी दर्शनका विशेषतामा प्रकृति र समाज कुनै अदृश्य चेतनाले निर्माण गरेको हो । प्रकृति र समाज जड छन् । प्रकृति र समाजलाई बुझ्न र बदल्न सकिंदैन । हामी बसेको पृथ्वीको उत्पत्ति ४.५ अर्ब पहिले भयो भन्ने अनुमान छ । पृथ्वीमा जीव उत्पत्ति भएको एक अर्व वर्ष भएको मानिन्छ । जीवबाट मानिसको उत्पत्ति भएको जम्मा ४० लाख वर्ष भयो । त्यसमा पनि सामुदायिक चरित्रमा विकास भएको १० लाख वर्ष मात्र भयो । आधुनिक मानवमा फड्को मारेको १० हजार वर्ष भयो । त्यसबेलासम्म समाजमा धनी, गरीब वर्ग पनि थिएन, वर्ग संघर्ष र राज्य पनि थिएन । आदिम युगमा प्राकृतिक साधन श्रोत सबैको हुन्थ्यो । अहिलेको जस्तो, व्यक्तीको, राज्यको सम्पत्ति हुने थिएन । द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको विशेषताले वर्ग, राज्य सत्ता र पार्टीहरू समाजका उपज हुन् भन्ने गरेको छ ।
वैदिक कालदेखि आजसम्म राजतन्त्रको अस्तित्व छ । राजनीति सबै नीतिहरूको प्रधान नीति हो । पहिले धर्म राजनीति थियो । अहिले अर्थराजनीति छ । देश–देशबीच कुटनीति छ । आ–आप्mना देशका आ–आप्mनै राष्ट्रवाद र राजनीति, कुटनीति सर्थ छ । कुटनीति असन्तुलनका कारण विश्व्भर अशान्ति द्वन्द्व छ । राजनीतिक दलले हारेपनि असफल भएपनि मुलुकले हार्न र असफल हुनु हुँदैन ।
पृथ्वीको उत्पत्ति पछि नै हिन्द महासागरको उत्पत्ति भएको हो । हिन्द महासागर दुनियाँको तेश्रो ठूलो महासागर हो । हिन्द महासागर सारा विश्वसँग एक प्रकारले जोडिएको छ । गर्मी महिनामा हिन्द महासागरको पानी वाफ बनेर आकाशमा पुग्दछ । आकाशमा रहेको आद्र्रता र वाफ दुबै मिलेर बादल बन्छन् । तेज हावाका कारण बादलहरू गर्जिने र वर्षिने गर्दछन् । पृथ्वीमा पानी वर्षिन्छ । यी बादल अर्थात पानी हिमालय क्षेत्रमा अझ बढी वर्षिन्छन् । संसारको अग्ला अग्ला हिमाल, विश्वको सर्वोच्च शिखर ‘सगरमाथा हिमाल’ नेपालमै पर्दछ । वर्षाको र मौसम (मनसुनं का कारण सारा दक्षिण एशियामा भारी वर्षात हुन्छ । यो क्रम सदा सर्वदा देखि नै चलि आएको छ, चलिरहने छ । अहिले जलवायु परिवर्तन भइरहेको छ । पहिले अरब सागरलाई इन्दु सागर भनिन्थ्यो । सन् १००५ देखि बल्ल अरबीहरू धेरै प्रभावशाली हुँदै आएका हुन् । इन्दू सागरको नाम अपभ्रंश भएर हिन्दू महासागर भएको हो । श्रृगिटको आदिकालमा जब आर्यहरूको अभ्युदय भएको थियो त्यतिखेर आर्यलाई छाडेर कुनै पनि जाती यो संसारमा सुसभ्य र सुसंस्कृति थिएनन् । पृथ्वीलाई मृत्युलोक भनिन्छ । तर आर्यहरू आप्mनो पुरुषार्थ तथा धर्म र पूण्यका बलले देवलोक आदि घुमेर आउने शक्ति राख्थे भनेर धार्मिक इतिहासमा उल्लेख छ । पहिले विश्वमा धर्मको शासन थियो । राजालाई देवताको प्रतिनिधि मानिन्थ्यो ।
संसारमा नयाँ धर्म र जातीको उदय भयो । कैलाशबाट गंगाजीको उत्पत्ति भयो । नेपाल नदिनाला र पानीको विश्वकै दोश्रो धनी देश हो । जम्बुदीप (तीन तिर पानी एक तिर जमीन), त्रेतायुगमा आर्यावर्त, राजा दुश्यन्तका छोरा भरतको नामबाट भारतवर्ष, भरत खण्ड भयो । सिन्ध पारीबाट आएका मानिस पछि हिन्दू भए सिन्धु नदिबाट आएकाहरूले हिन्द र हिन्दू नामाकरण गरे । पछि हिन्दूस्तान भन्न थालियो । त्यतिखेरको हिन्दूस्तानमा साना–ठूला गरी ४६५ राज्य थिए । नेपालमा पनि बाइसी चौबिसी राज्य थिए विश्व्का १० वटा प्राचीन देश मध्ये नेमुनीले नाम करण गरेको नेपाल देश पनि हो । अहिलेको भारत २०० वर्षसम्म व्रिटिस साम्राज्यको उपनिवेश बनेर रह्यो । भारतको एकीकरण व्रिटिसले गरिदिएको हो । नेपालको एकीकरण पृथ्वी नारायण शाहले गरेका हुन् । विश्वको इतिहासमा नेपाल आजसम्म कसैको उपनिवेश भएन तर शाहवंशीय राजा वीरेन्द्रको हातबाट राजनीतिक दलहरूको हातमा शासनसत्ता गएपछि नेपाल भारतको अर्ध उपनिवेश बन्यो र विदेशी हस्तक्षेप अति बढ्यो ।
पृथ्वी नारायण शाह राष्ट्र निर्माता थिए भने राजा महेन्द्र राष्ट्रवादी राजा थिए । राजनीतिक दलहरूले राष्ट्रवादको नारा दिएर विदेशी स्वार्थको सेवा गरेको, भारतपरस्त हुँदै गएको छर्लङ्ग भएको छ । नेपाल यतिखेर सिक्किमीकरण, भुटानीकरण र भारतीयकरणको खतरामा परेको छ । सानो गोरखा राज्यबाट एकीकरण गरिएको नेपाल राज्यको विस्तारको क्रममा पूर्वमा तिष्टा नदि, पश्चिममा सतलज नदि, उत्तरमा हिमाल र दक्षिणमा गंगा नदिसम्म नेपालको क्षेत्रफल फैलिएर विशाल र शक्तिशाली नेपाल भएको थियो । त्यसको सम्पूर्ण श्रेय शाहवंशीय राजा पृथ्वी नारायण शाहले पाउँछन् । गोरखनाथ भगवानको आशीर्वाद पाएका पृथ्वी नारायण शाहले बडो दुःखले आर्जेको मुलुक नेपालसँग व्रिटिस साम्राज्य र हाल चीनको अभिन्न अंग बनेको त्यतिखेर भोट (तिब्बत) ले लडाई लडेको थियो ।
वीर गोर्खालीले लडाईमा आप्mनो वीरता देखाएका थिए । भारत र बेलायतमा अहिले पनि गोर्खालीको नेपालीको नामको गोर्खा रेजमेण्ट छ । सन् १८१६ को सुगौली सन्धी इष्ट इण्डिया कम्पनी रकार (ब्रिटिस साम्राज्य) र नेपालबीच असमान सन्धी भयो । नेपालले धेरै क्षेत्रफल गुमाउनु प¥यो । सन् १९४७ मा व्रिटिसको उपनिवेशबाट भारत स्वतन्त्र भयो । नेपालको गुमेको भूभाग भारतले स्वतः नेपाललाई फिर्ता गर्नुपर्ने थियो, गरेन ।
सन् १९५० मा नेपाल–भारतबी अर्को असमान सन्धी भयो । भारतीय विस्तारवादले आजका मितिसम्म लगातार नेपालको सीमा अतिक्रमण गरी बचेखुचेको नेपाललााई पनि खुम्च्याउँदै छ । नेपालको इतिहासमा संसदमा दुई तिहाई बहुमतको त्यो पनि वामपंथीको सरकार हुँदा पनि सीमा अतिक्रमण र गुमेको भूभाग फिर्ता गराउन आवश्यक पहल गर्नुपर्नेमा सो नगरी पृथ्वी नारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक विदा समेत नदिएर पृथ्वी नारयण शाहको मात्र होइन, स्वतन्त्र, सार्वभौम भनिउको नेपाल राष्ट्रकै अपमान गर्न पुगेको छ ।
जनआन्दोलनताका पृथ्वी नारायण शाहको शालिक भत्काइयो, पृथ्वी नारायण शाहले एकीकरण गरेको नेपाललाई विखण्डन गर्ने मनसायले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरी देश विखण्डनको षडयन्त्र गरिंदै छ । विश्वको एकमात्र हिन्दू राष्ट्र नेपाललाई धार्मिक स्वतन्त्रता, धर्म निरपेक्षता घोषणा गरी इसाइकरण (धर्म परिवर्तन अभियान)लाई छुट दिइयो । पृथ्वी नारायण शाह अति दूरदर्शी राजा थिए । उनको आदर्श र दिव्योपदेशलाई उल्लंघन गरिएमा नेपाल र नेपालीको अस्त्त्वि रहने छैन ।
नेपालको धर्म, संस्कृति सबैको अस्तित्व मेटाएपछि नेपाल कसरी रहन्छ, नेपालै नरहे कसरी हामी नेपाली हुन्छौ । धार्मिक द्वन्द्व, जातीय द्वन्द्व चर्काएर प्राचीन नेपालको महान एवं गौरवशाली इतिहासलाई मात्रै होइन, राजनीति पापीहरूले नेपालको नामो निशान मेटाउने अपराध गर्दै आइरहेका छन् । ती अपराधी र पापी राजनीतिमा लागेका राजनीतिक तत्व, शक्ति र व्यक्तिहरू नेपाल र नेपालीकालागि बोझ हुन् । अहिले पनि समय बितिसकेको छैन, पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिन राष्ट्रवादी परिवर्तनकामी सम्पूर्ण नेपालीहरूले राष्ट्रघातीहरूको हावी रहेको शासनसत्तालाई उल्ट्याउने प्रण गरेर पृथ्वी नारायण शाहप्रत सच्चा श्रद्धाञ्जली अर्पण गर्नु पर्दछ ।
यतिखेर सामन्त, दलाल नोकरशाह तथा पूंजीपति वर्गको हातमा राज्यसत्ताको चरित्र केन्द्रित छ । उनीहरू नेपाल र नेपाल जनताहरूप्रति इमान्दार छैनन् । नेपाली जनताहरूले पनि उनीहरूमाथि अविश्वास गरेका छन् । नेपाल र नेपालीलाई उनीहरूको कुनै विश्वास र भरोसा छैन । गर वा मरको सपथ खाएर देशभक्ति आन्दोलनमा उत्रनु बाहेक देशभक्त नेपालीहरूसामु अर्को विकल्प छैन । यो समयको माग हो ।
राष्ट्रघातीहरूको महापतन निश्चित छ । देशभक्त जनता, सेना, कर्मचारी, प्रहरीहरूको एकता, हिमाल–पहाड तराई–मधेशका नेपालीहरूबीचको एकता अनिवार्य छ । राष्ट्रियता नहुनुको पीडाबाट बच्न हामीले राष्ट्रघातीहरूका विरुद्ध निर्णायक देशभक्त आन्दोलन गर्नै पर्दछ । राष्ट्रघातीहरूमाथि निर्मम र कठोर हुनै पर्दछ । राजतन्त्रको समूल अन्त्य अनिवार्य छ भनेर हिंड्ने संसदवादी गणतन्त्रवादीहरू देश संकटमा परेको महसुस गरेर झस्किरहेका छन् । राजतन्त्र फालेर ल्याइएको गणतन्त्र लुटतन्त्रमा परिणत भएको छ । ‘न रहे बाँस नबजे बाँसुरी’ को अवस्थामा पुगेका नेपालीहरूले पृथ्वी नारायण शाहको दिव्योपदेशको जुन शक्तिले पालना गर्नु पर्दछ, उसैलई सघाउन जरुरी छ । गणतन्त्रको कारण नेपालको अस्तित्व संकटमा प¥यो भने ‘न्याउरी मारी पछुतो’ हुन्छ नै । पछि पछुताएर, पश्चाताप गरेर हुँदैन । ‘समय छँदै नै होशियारीपूर्वक देशको रक्षा गर्न खबरदारी गर्नु पर्दछ । विखण्डनकारी, लुटवादी, दलाल दलहरूका नेता, कार्यकर्ताहरू विरुद्ध जन हस्तक्षेप गर्ने बेला आइसकेको छ ।
वर्तमान शासनसत्तामा रहेकाहरू अराष्ट्रिय तत्वहरू हुन् भन्ने प्रमाणित भइसकेको छ । यिनीहरूबाट हिजो आज भइरहेको प्रायःजसो गतिविधि राष्ट्रविरोधी, जनता विरोधी छन् । नेपाल र नेपालीको सर्वोत्तम हितकालागि संसदवादी, गणतन्त्रवादी भनाउँदा विदेशीका टट्टुहरुबाट पृथ्वी नारायण शाहले निर्माण गरेको आधुनिक नेपाल सुरक्षित छैन । शासन सत्ता चलाउन संसदवादी, गणतन्त्रवादी, संघीयतावादी असफल भइसकेका छन् । यिनीहरू शासनसत्ता र अखण्डतामा धेरै ठूलो आँच पु¥याइसकेका हुन्छन । यतिखेर राष्ट्रवादी दृष्टिकोणले हेर्ने हो भने संघीय नेपाल विखण्डनका भइसकेको छ । छिमेकी भारत र विश्वका साम्राज्यवादी राष्ट्रको चहना पूरा भइसकेको छ । बहुदलीय व्यवस्था अभशाप र अफाप सिद्ध भइसकेको छ । देशलाई यो अवस्थामा पु¥याउन सक्रिय र जिम्मेवार भ्रष्टाचारी, दलाल पार्टीका नेताहरूलाई जन कारवाही र कठोर मानसिक यातना दिन जरुरी छ । जस्तो कर्म त्यस्तै फल राष्ट्र विरोधी तत्वहरूले पाउनै पर्दछ । देशका जनतालाई गलत बाटोमा लैजाने र गलत बाटो देखाउनेहरू समाजद्रोही, राजद्रोही हुन् । उनीहरूको एउटै मात्र आकांक्षा हुन्छ राष्ट्रवादी शक्ति, तत्व र व्यक्तिमाथि बर्बर दमन गरी विदेशी स्वार्थको सेवा गर्नु । जुन काम हिजो आज नेपालमा भइरहेको छ । यिनीहरूबाट देशलाई कहिल्यै पनि राम्रो हुँदैन । आज नेपालमा राष्ट्रद्रोही र धर्म द्रोही दाईभाईहरूको बाढी नै आएको छ । यी विषालु नरभक्षी पशुहरूभन्दा धेरै खतरनाक देखिएका छन् । यो प्रवृत्ति र चरित्रले आप्mनो क्षणिक स्वार्थ, आप्mनो नीजि विचारधाराका कारण परम्परागत धर्म, समाज, संस्कृति र राष्ट्रमा जेपनि गर्ने, विपरित धर्मावलम्बीहरूका समाज प्रेमलाई देशप्रेमी भन्छन् जो सच्चा देशप्रेमी हुन्छन् उनीहरूलाई समाजद्रोही, धर्म द्रोही, भनिन्छ । हिजोआज क्रिश्चियन धर्म परिवर्तन अभियान र इसाइकरणको विरोध गर्नेहरूलाई परिवर्तन, धर्म निरपेक्षता, संघीयता विरोधी अतिवादी भनेर दमन गरिंदैछ । पृथ्वी नारयण शाहसँगै हाम्रा पूर्खाहरूले जोगाई राखेको देशको माटो, मूल्य, मान्यतालाई ध्वस्त पारेर नयाँ नेपाल निर्माण अर्थात विदेशी गुलामीको सपना देख्न थालिएको छ । यस्ता कुलंगारहरूलाई पृथ्वी नारायण शाहको आत्माले अवश्य सराप्ने छ, इतिहासले माफ गर्ने छैन । नेपाली माटोको प्रतापले राष्ट्रघाती नेताहरू खिया लाग्दै जानेछन् । होइन भने, देशघाी जनघातीहरूले आपःू मर्दा मर्दै देशलाई पनि मारेर जानेछन् ।
इसाइ धर्मावलम्बीहरूको भनाई छ कि क्राइम जो (न्इम्) को सन्तान हो, इश्वर होइन । इसाइ धर्मले इश्वर, परमपिता परमेश्वर, प्रभु, पोप, फादर मान्छन् । हिन्दू धर्मममा सबै मन्दिरहरूमा भगवानको चरणामृत दिइन्छ, क्रिश्चियन चर्चमा पनि आप्mना अनुयायीहरूलाई पनि होली वाटर पिउनकालागि दिइन्छ । गत मंसिरमा नेपालका नेताहरूले होली वाइन पिएर आत्मसन्तुष्ट भएका थिए । उनीहरूले वैदिक सनातन हिन्दू धर्मको वर्खिलाप काम गरेका थिए । वेदलाई उपेक्षा गरेर बाइबल स्वीकारेका थिए । जुन उद्देश्यले नृ्ेपाल र नेपालीको विरुद्धमा छ । वृथ्वी नारायण शाहको पालामा धर्म परिवर्तन गराउने उद्देश्यले नेपाल प्रवेश गरेका पाँच जना पादरीलाई देश निकाला गरिएको थियो । पृथ्वी नारायण शाहको दिव्योपदेशमा भनिएको छ, नेपाल सबै जातको फुलवारी हो । सबैलाई चेतना भया । यो फुलवारीका छोटा बढा चारै वर्ण छत्तीस जातले यो असल हिन्दूस्थान (नविटुलिएको हिन्दूहरुको देश) हो भनि आप्mनो कूलको धर्म नछाड्नु ।
नियानिसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने हुन् । यी दुबैको त धन र जीउ हरि लिए पनि पाप छैन । यी राजाका महाशत्रु हुन् । राजाका सार भनेका सिपाही र रैती प्रजाहरू हुन् । तिरवारी राखेका सिपाही कसैका मुलाहिजामा पस्तैनन् र आप्mना काज फत्ते हुन्छ । प्रजालाई कसैको मोलाहिजा पछि गुणपछि लाग्न नदिनु, नून पछि लाउनु । अदालतका पैसा दरबारभित्र नहुल्नु । फकीर, फकीरा, अतिथि, जोगी, सन्यासी, व्राम्हणहरू यिनैलाई दछना, भोजन चलाइ दिनु । गाह« बन्ने जग्गा (खेती योग्य) मा घर भएपनि अरु जग्गामा सारी कुलो काटी खेत वनाइ आवाद गर्नु, खानी भएका ठाउँमा गाउँ भएपनि गाउँ अरु जग्गामा सारीकन पनि खानी चलाउनु । आप्mनो देशको जिनिस जरीबुटी विदेश लैजानु र नगद खैंचनु । यो नेपालको तखत (राज्य) किल्ला हो । इश्वरले रचना गरेको किल्ला रहेछ । यो किल्ला पायो भने चारै वादशाहलाई आह्रलो लाउन्यै छ (हराउने छ) यो राज्य दुई ढुंगाको तरुल जस्तो रहेछ । बुढा मरे भाषा सेर भनिन्छ ।
नेपालमा यतिखेर आत्मगान गर्नेहरू, आत्मप्रशंसा गर्नेहरूको कमी छैन । तर कति छन् त राष्ट्रिय गान गर्नेहरू ? राष्ट्रकै लागि बाँच्ने र बलिदान हुनेहरू ? विचार, भावना र मनको परवर्तन हुने सके राष्ट्र कल्याण हुन्छ । आज हाम्रो नेपाललाई यही विचारको क्रान्ति चाहिएको छ । राजनीतिक दलहरूले कहालीलाग्दो विसंगति देश र जनतामाथि लादेका छन् ।विद्वान भएर दुनियाँको बारेमा थाहा पाउने त भयौं, तर आफ्नो देश, धर्म संस्कृतिको बारेमा केही ज्ञान पाउन सकेका छैनौं । महासन्त योगी नरहरी नाथले जेठो वेद हिमाल हो सकलको कैलाश साक्षी छ । हिमालयको काखमा बसेको नेपाल जस्तो सुन्दर प्राकृतिक र जैविक विविधता भएको देश विश्वमा नै छैन । नेपाल सामरिक महत्वको स्थल पनि हो । वेदभित्रको विज्ञान हो । नेपालमा इसाइकरण, धार्मिक युद्धको विजारोपण हो । नेपालमा राष्ट्रवादी क्रान्ति र धार्मिक युद्ध जारी छ । धर्म परिवर्तन राष्ट्र विखण्डनको सूत्र हो । धर्म निरपेक्षता धर्म परिवर्तनको आधार भन्े राष्ट्रवादी सम्पूर्ण नेपालीले बुझे मात्र गोरखाका राजा पृथ्वी रनारायण शाहले एकीकरण गरेको वर्तमान नेपाल सुरक्षित हुने छ । हामीले नेपालको रक्षा ग¥यौं भने नेपालले हामी नेपाली सबैको रक्षा गर्नेछ । नेपालको अहिलत चिताउनेहरू कदापी नेपाली हुन सक्दैनन् । नेपाली नागरिकता लिएका मन नभएका कोही पनि नेपाली बन्न सक्दैनन् । लडाईंको दौरानमा अँग्रेजहरूले नेपालमाथि चार मोर्चाबाट फौज अगाडी बढाएका थिए । त्यतिखेर नेपाली सिपाही र नेपाली जनताले देखाएको विरताका कारण खुम्चिएर भएपनि आजसम्म अस्तित्वमा रहेको नेपाल फेरी सुरक्षा खतरामा परेको छ । संसदीय व्यवस्थालाई मान्दै आएका विभिन्न राजनतिक दलहरूका नेताहरूको तुच्छ स्वार्थ, कुवुद्धिका कारण नेपाल विकासको बदला विनासतर्फ उन्मुख छ । राष्ट्रवाद विना राजनीतिक विचारधारा पनि टिक्न सक्दैन । वर्तमान दलका नेताहरूको भारतसँग आत्मसमर्पण, विदेशी गलत स्वार्थसँग सम्झौता, विदेशी हस्तक्षेपलाई निमन्त्रणा, देशलाई परनिर्भर बनाउने नीतिका कारण राष्ट्र निर्माता पृथ्वीनारायण शाले एकीकरण गरेको नेपाल अन्यायमा परेको छ । शासन प्रशासनमा रहेकाहरू देशलाई साधन बनाइन चौतर्फी लुट मचइरहेका छन् । रेल र पानी जहाजको सपना देखेको दुई तिहाई बहुमतको वामपंथी सरकारले देशलाई कता लैजाँदै छ बुझि नसक्नु छ । पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पारेर राष्ट्र निर्माताको उपेक्षा गरेर, दिव्योपदेशलाई भुलेर नेपालको गौरवशाली इतिहासमाथि बज्र प्रहार गर्दैछन् ।
क्राइमचेक साप्ताहिकमा २०७५ पौष २६ गते प्रकाशित