२०८३ जेष्ठ १४ गते, बिहीबार ०३:११

दोहोरो नागरिकता लिने महिला पक्राउ

सुनसरी / झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छन्।

प्रहरीका अनुसार मोरङकाे विराटनगर महानगरपालिका-६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पक्राउ गरी कारबाहीका लागि सुनसरी पठाएकाे हाे।

पुस १२ गते विराटनगरबाट पक्राउ परेकी उनलाई अनुसन्धानका लागि सुनसरी ल्याइएकाे सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बुधबार जानकारी दिए।

दाहालले २०४४ चैत १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएको र फेरि बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ जेठ १६ गते अर्को नागरिकता लिएको पाइएकाले पक्राउ गरिएकाे प्रहरीले जनाएको छ।

जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक फुँयालले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

पूर्वप्रधानमन्त्री सुशीला कार्की, रक्षाबमसहितका जेनजी अभियन्ता र रास्वपा सांसदहरूमाथि अनुसन्धान गर्न सिफारिश

काठमाडौं/राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्कीसहित जेनजी अभियन्ता

Live

Listen Live FM