नायिका एलिना “अदालत”मा

0

काठमाण्डौ/
सिने जगतमा प्रवेश गरेको सानो समयमै आफ्नो उत्कृष्ट अभिनयकलाबाट दर्शकहरूमाझ लोकप्रिय बनेकी नायिका एलिना अब फिल्म अदालतमा देखिनु हुने भएकी छिन् ।


दिनेश लिङ्देनको निर्देशनमा छायाङ्कन शुरु भएको फिल्म अदालत समाजमा देखिएको विकृति, विसंगति र घटिरहेका समस्याहरूलाई समेटेर निर्माण गरिएको नायिका एलिना बासकोटाले बताउनु भयो ।

नायिका एलिना बासकोटाका साथै नायक अजय खड्का, शान्ति, मदन, राजकुमार र रुद्र लगायतका कलाकारहरूको मूख्य भूमिकामा आउन लागेको यस फिल्ममा सामाजिक परिवेशका साथै प्रेम, एक्शन, हाँस्य सबै समेटिएको हुँदा परिवारका सम्पूर्ण सदस्यले एकसाथ भरपूर मनोरञ्जन लिन सक्ने छन् ।

 

नायिका बासकोटा यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी लगायतको फिल्म तथा टेलिफिल्ममा अभिनय गरेर दर्शकहरूमाझ लोकप्रियता कमाएकी कलाकार हुन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्