Tuesday, April 30, 2024
घरमनोरञ्जनबलिउड स्टारका जोडीहरुका उमेर अन्तर कति ?

बलिउड स्टारका जोडीहरुका उमेर अन्तर कति ?

काठमाडौँ — दुई धड्कनको मेललाई उमेरले कुनै छेकबार गर्दैन । जब माया पिरतीको कुरा आउँछ, उमेर, जात र धर्मले कुनै फरक पार्दैन ।

बलिउडमा त्यस्ता जोडीहरु छन् जसको उमेरको फरक ६ महिनादेखि २८ वर्षसम्मको छ।

अभिनेता कविर वेदी बलिउडका यस्ता सेलिब्रेटी हुन् जसले आफूभन्दा २८ वर्ष कान्छी प्रभिन दुसञ्जसँग विवाह गरे। कविरले ७० वर्षको उमेरमा प्रविनसँग सन् २०१६ मा विवाह गरेका थिए। प्रभिन कविरकी छोरी पुजाभन्दा कान्छी हुन्।

‘मुन्ना भाई’ सञ्जय दत्तले आफूभन्दा १९ वर्ष कान्छी मन्यतासँग विवाह गरे। उनले मन्यता दत्तसँग सन् २००८ मा विवाह गरे। सञ्जयको पहिलो श्रीमती क्यान्सरका कारण मृत्यु भएकी थिइन्। उनको दोस्रो श्रीमती रिहा पिलाईसँग सन् २००५ मा डिभोर्स गरी मन्यतासँग २००८ मा तेस्रो विवाह भएको हो। मन्यताले सन् २०१०मा जुम्ल्याहा सन्तानको जन्म दिएकी थिइन्।

अभिनेता सहिद कपुरले आफूभन्दा १३ वर्ष कान्छी युवतीसँग विवाह गरे। सहिदले मिरा राजपुतसँग सन् २०१५ मा विवाह गरे।

शैफ अली खानले दुईवटा विवाह गरे। उनकी पहिलो श्रीमती अमृता सिंह उनीभन्दा १२ वर्षले जेठी थिइन्। अमृतासँग विवाह गर्दा शैफ २१ वर्षका थिए। दुवैले सन् २००४ मा डिभोर्स गरे। शैफले सन् २०१२ मा करिना कपुरसँग दोस्रो विवाह गरे। करिना शैफभन्दा १२ वर्षले कान्छी हुन्।

पहिलो श्रीमती रिना दत्तसँग डिभोर्स भएको चार वर्षपछि अमिर खानले सन् २००५ मा किरण राओसँग विवाह गरे। अमिरले भन्दा ९ वर्ष कान्छी किरणसँगे प्रेम विवाह गरेका थिए।
बलिउडका पुराना नायक धर्मेन्द्र र हेमा मालनीको उमेरको फरक १३ वर्षको छ।

कमेडियन एक्टर रितेश देशमुख र जेनिलिया डेसुजाको उमेरको ९ वर्षले फरक छ। उनीहरुको पहिलो भेट सन् २००३मा तुजे मेरी कसम फिल्मको सुटिङका क्रममा भएको थियो।

हिन्दी सिनेमाका ‘ट्रयाजेडिक किङ’ दिलिप कुमारले साइरा बानुसँग सन् १९६६ मा विवाह गरे। दिलिपले साइरासँग विवाह गर्दा ४५ वर्षका थिए भने साइरा २२ वर्षकी थिइन्।

अजग देवगन र काजोल बलिउडमा युगल जोडीको रुपमा हेरिन्छ। उनीहरुको उमेर फरक ५ वर्षको छ।

बलिउडका नवविवाहित जाेडी सोनम कपुर र आनन्द अजुहाको उमेरको फरक २ वर्षको मात्र छ।

चाडै नै विवाह बन्धनमा बाँधिन लागेको बलिउड अभिनेता रणविर सिंह र दीपिका पादुकोणको उमेर फरक ६ महिना मात्र छ। सन् २०१७ मा विवाह बन्धनमा बाधिएका क्रिकेटर विराट कोली र अभिनेत्री अनुष्का शर्माको उमेरको फरक पनि ६ महिना हो।

बलिउड अभिनेता अभिशेक बच्चन आफ्ना श्रीमती ऐश्वर्या राय बच्चनभन्दा दुई वर्षले कान्छा हुन्। उनीहरुले सन् २००७ मा विवाह गरेका थिए।

निर्देशकबाट नायक बनेका बलिउडका फरन अक्थरले अधुना भवानीसँग सन् २००६ मा विवाह गरे। भवानी फरानभन्दा ६ वर्षले जेठी छन्। उनीहरुले सन् २०१६ मा छुट्टिए।

-एजेन्सी

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -