२०८३ जेष्ठ २३ गते, शनिबार १२:२३

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

पुस्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत सन्देश पठाएको विषयमा बिहीबार प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो। प्रहरी नियन्त्रणमा परेर छुटेको भोलिपल्टै शुक्रबार सरकारले उनलाई जिम्मेवारीविहीन बनाएर जगेडामा राख्ने निर्णय गरेको हो।

अनुसन्धानको प्रक्रिया सकिएर रिहा भए पनि बहालवाला विशिष्ट श्रेणीका अधिकारीमाथि गम्भीर प्रश्न उठेको भन्दै सिंहदरबार वृत्तमा उनको कार्यशैलीप्रति असन्तुष्टि बढेको थियो। सोही कारण सरकारले उनलाई उपराष्ट्रपति कार्यालयको महत्त्वपूर्ण जिम्मेवारीमा राखिरहनु अनुपयुक्त ठहर गर्दै प्रधानमन्त्री कार्यालयमा तानेको बुझिएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हाल पुष्करको ठाउँमा उपराष्ट्रपति कार्यालयमा कुनै पनि नयाँ सचिव खटाइएको छैन। प्रशासनिक नेतृत्व खाली नराख्ने नीतिअनुसार आगामी सोमबार बस्ने मन्त्रिपरिषद् बैठक वा नियमित प्रशासनिक निर्णयबाट त्यहाँ नयाँ सचिव पठाउने तयारी भइरहेको छ।

गृह प्रशासन र अर्थ मन्त्रालय जस्ता राज्यका शक्तिशाली निकायको नेतृत्व सम्हालिसकेका पुष्करका लागि अवकाशको मुखमा आइपुग्दा यो घटना र सरुवा ठूलो धक्का बनेको छ।

निजामती सेवा ऐनअनुसार आगामी असार २४ गते पुष्करले सचिव पदको पाँच वर्षे कार्यकाल पूरा गर्दैछन्। पाँच वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाउन महिना दिन पनि बाँकी नरहेको अवस्थामा उनी विवादमा तानिएका हुन्।

सेवाबाट विदा हुने तयारीमा रहेका वरिष्ठ कर्मचारीलाई कुनै विभाग वा मन्त्रालयको जिम्मेवारी नदिई जगेडामा राख्नुलाई प्रशासनिक वृत्तमा कारबाहीकै रूपमा हेरिएको छ। अवकाश पाउनुअघिको यो छोटो अवधिलाई उनले प्रधानमन्त्री कार्यालयमा हाजिर गरेरै बिताउनुपर्ने भएको छ।

प्रतिक्रिया लेख्नुहोस्

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM