Tuesday, November 26, 2024
घरसमाचारराजतन्त्रको माग गर्दै ललितपुरमा स्थानीय युवाहरुद्वारा प्रदर्शन

राजतन्त्रको माग गर्दै ललितपुरमा स्थानीय युवाहरुद्वारा प्रदर्शन

-लक्ष्मण बलामी
ललितपुर, मंसिर ।

ललितपुरमा ललितपुरका स्थानिय युवाहरुद्वारा राजतन्त्रको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको छ । मुलुकभर राजसंस्थाको पक्षमा प्रदर्शन भइरहेको बेला शनिबार ललितपुरमा पनि गणतन्त्रको बिरोध गर्दै राजतन्त्रको पक्षमा र्‍याली निकालिएको हो । सो र्‍यालीमा हजारौको संख्यामा युवनहरुको उपस्थिति थियो ।

उक्त र्‍याली ललितपुरको विभिन्न स्थानमा पुगेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सबाट सुरु भएको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुग्गीएको थियो । र्‍यालीमा सहभागीहरुले राजा चाहियो , हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्याको छ, गणतन्त्र धोका हो, गणतन्त्र मुर्दावाद, राजा लेराउ देश बचाँऊ , राजसंस्था जिन्दवाद भन्दै नारा लगाएका थिए । यस र्‍यालीमा सहभागीहरुले राजा चाहियो , गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दवाद भन्दै नारा लगाएका थिए ।

उक्त र्‍यालीमा नेपाली युवाको आवाजको पनि समर्थन सहित उपस्थिति पनि थियो । नेपाली युवाका अध्यक्ष स्वर्ण बिक्रम ज्यू लेे यो गणतन्त्रमा बिदेशी गन्द आएको, जनतालाई दास बनाउन खोजिएको, नेताहरुको नातावाद र कृपावादले पराकाष्ठा नाघेको, हाम्रो मौलिकता, संस्कृती, हाम्रो संस्कार, हाम्रो पुर्खाहरुको योगदान नै खतरामा परेको, देश चुर्लुम्म भ्रष्टाचारमा डुबेको र गणतन्त्र सरकारको निरंकुशता दिन प्रति दिन बड्दै गएकोले हामी बाध्य भएर यस्ता नेताहरुलाई लखेट्नु परेको र जनताको नासो पुर श्री पाँचको बाहुलीमा दिन परेको बताउनु हुन्छ ।

समाचार र फोटो संकलन लक्ष्मण वलामी ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -