२०८२ फाल्गुन ३० गते, शनिबार ११:३१

बुटवलका मासु पसल यथावत् सञ्चालन हुन दिन माग

२४ असोज, बुटवल  । उद्योग वाणिज्य संघ सहित रुपन्देहीका सात वटा व्यवसायिक संघ–संस्थाले बुटवलका मासु व्यवसायीलाई आफ्नै पसलमा स्वस्थ खसी बोका वध गरी बिक्री वितरण गर्न दिन माग गरेका छन् ।

बाख्रापालक किसान र मासु व्यवसायीको सहभागितामा सार्वजनिक–निजी–उत्पादक साझेदारी (फोर–पी) अवधारणामा वधशाला चलाउने पूर्वसहमति विपरीत बुटवल उपमहानगरले टेण्डरमार्फत निजी कम्पनीलाई दिएपछि व्यवसायी वधशालामा जान अस्वीकार गरेका छन् ।

उपमहानगरले दिनहुँजसो अनुगमन र ५० हजार रुपैयाँसम्म जरिवानादेखि पसल बन्दसम्म गराउन थालेपछि व्यवसायी भद्र अवज्ञा आन्दोलनमा छन् ।

व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै तत्कालका लागि यथावत अवस्थामा आफ्नै पसलमा वध गरेर स्वच्छ तथा स्वस्थ मासु बेचबिखन गर्न दिन माग गरेका छन् । यसका लागि बुटवल उपमहानगरपालिका तथा सरोकारवाला निकायले आवश्यक सहजिकरण गर्न संघले आग्रह गरेको छ ।

कानूनको व्यवहारिक कार्यान्वयन गरी चाडपर्वको समयमा मासुको सहज आपूर्ति हुने वातावरण बनाउन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ ।

वधशाला सञ्चालनमा आएसँगै मासु व्यवसायी र वधशाला सञ्चालक बीको विवाद र त्यसले आम उपभोक्तामा पारेको असरप्रति संघको गम्भिर ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तीमा भनिएको छ, ‘हिन्दुहरुको महान चाड वडा दशैंको सम्मुखमा उपमहानगरपालिका र व्यवसायी बीचको विवादले छरिएर रहेको परिवारका सदस्यहरु जम्मा भई हर्षउल्लासका साथ आफूहरुलाई  मनपर्ने परिकार बनाइ खाने तथा खुवाउने हाम्रो परम्परालाई समेत आघात हुने देखिएको छ ।’

त्यसैगरी वधशाला निर्माणको प्रारम्भिक चरणदेखि सञ्चालनको प्रक्रियासम्म आइपुग्दा सार्वजनिक, निजी, साझेदारीको मर्म अनुसार सबैको पेशागत सुरक्षा र उपभोक्ताको स्वच्छ तथा स्वस्थ्य खाद्य अधिकारलाई सुरक्षित हुने विश्वसनीय वातावरण कायम गर्न बुटवल उपमहानगरपालिका, मासु व्यवसायी र आम सचेत नागरिक समक्ष आग्रह गरिएको छ ।

साथै वधशाला स्थापनादेखि हालसम्मका सबै विषयका बारेमा श्वेतपत्र जारी गर्न पनि बुटवल उपमहानगरपालिकालाई अनुरोध गरिएको छ ।

यसैगरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेल, कुखुरापालक किसान संघ रुपन्देहीका अध्यक्ष ऋषिराम काफ्ले, होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, मासु व्यवसायी वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नारायण घर्ती, रुपन्देही सामाजिक उद्यमी इन्भेष्ट कम्पनीकी अध्यक्ष होमादेवी पौडेल र मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीलाई अनुगमनको नाममा व्यवसायीमाथि धरपकड र मासु कब्जा गरेर लैजाने काम रोकेर व्यवसाय सञ्चालन गर्न दिन माग गरेका छन् ।

व्यवसायी र किसानहरुले उठाएका जायज मागहरु सम्बोधन गरी स्थानीय तह र आम व्यवसायीहरु बीच सुमधुर सम्बन्ध कायम गर्नुको सट्टा उपमहानगर अवैज्ञानिक, अपूरो, विभेदकारी कानूनको आडमा अनुगमनको नाममा निर्मम, निरंकुश र गैरजिम्मेवार बन्दै गएको विज्ञप्तिमा उल्लेख छ । आफूले ठेक्का दिएको कम्पनीको एकलौटी व्यापार गराउने स्वार्थमा व्यवसायीमाथि धरपकड जारी राखेमा गम्भीर परिणामका लागि तयार रहन उपमहानगरलाई उनीहरुले चेतावनी दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी, जनपथ प्रहरी र नगर प्रहरी सहितको उपमहानगरको अनुगमन टोलीले बुटवल सुख्खानगरको सुपादेउराली मासु पसलमा पुगेर च्याङ्ग्रा र खसीको करिब २६ केजी मासु कब्जा गरेर लगेको थियो । उक्त घटनाप्रति आपत्ति जनाउँदै व्यवसायिक संस्थाले व्यवसायीमाथि अनुगमन र जरिवाना आतंक बन्द गरी निश्चित कम्पनी बाहेक अरुले व्यवस्थित वधशाला सञ्चालन गर्न नपाउने गरी बनेको अवैज्ञानिक, अन्यायपूर्ण र एकाधिकार स्थापित गर्ने खालको ऐन कानुन परिमार्जनको माग गरेका छन् ।

दुई दर्जन बढी सहकारीमा आवद्ध करिब ३५ हजार बाख्रापालक महिला (उत्पादक), वर्षौंदेखि बुटवलमा मासु व्यवसाय गरिरहेका व्यवसायी र सरकारको साझेदारीमा बुटवलमा आधुनिक पशु वधशाला सञ्चालन गर्ने अवधारणा अघि बढेको ६ वटा संस्थाले स्मरण गराएका छन् ।

सोही अनुसार प्रदेश सरकार र हेफर इन्टरनेसनलको १९ करोड र बुटवल उपमहानगरको ४ करोड लगानी गरी २३ करोडको लागतमा वधशाला निर्माण र सञ्चालन प्रकृया अघि बढेको थियो ।

२०७९ को स्थानीय चुनावपछि आएको उपमहानगरको नेतृत्वले हजारौं किसान र व्यवसायीसँगको पुर्व सहमतिलाई लत्याएर टेण्डरमार्फत बुटवल बाहिरको कम्पनीलाई दिएपछि बुटवलका व्यवसायी विरोधमा उत्रिनुपरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

पछिल्लो समय मुक्तिनाथ लाइभस्टक बैंकले ठेक्का पाएको वधशालामा व्यवसायी जान तयार नभएपछि  बुटवल उपमहानगरपालिकाले कानूनको हवाला दिँदै व्यवसायीमाथि अनुगमन र जरिवाना आतंक सिर्जना गर्न थालेको उनीहरुको गुनासो छ ।

मासु व्यवसायमा आवश्यक सुधार गरी मासुको गुणस्तर कायम गर्न कहीँकतै सम्झौता नगरी उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रतिबद्ध रहेको व्यवसायीले बताएका छन् ।

व्यवसायीमाथि बुटवल उपमहानगरबाट भएको ज्यादतीविरुद्ध नेकपा एमाले, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा, रास्वपा, राप्रपा र राष्ट्रिय जनमोर्चाले पनि व्यवसायीका पक्षमा ऐक्यबद्धता जनाएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा एमालेसहित ६ दलले वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न गरेको आग्रहलाई नजरअन्दाज गर्दै बुटवल उपमहानगरले मासु व्यवसायी माथि निरन्तर अनुगमनको नाममा धरपकड र जरिवानाको ज्यादती जारी राखेको  व्यवसायीहरुको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अनुगमन गरेपनि तत्काल जरिवानाको  कारवाही नगर्न आफूले निर्देशन दिएको भन्दै सरोकारवालाबीच छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताए । उपमहानगर एकलौटी ढंगले अघि बढेमा त्यो प्रत्युत्पादक हुने प्रजिअ अर्यालले बताएका छन् ।

महिलाहरुले सञ्चालन गरेका २४ सहकारी संस्थालाई संगठित गरी चारवटा इन्भेष्टमेन्ट कम्पनी र मासु व्वसायीको एउटा कम्पनी गरी ५ कम्पनीको संयुक्त कम्पनी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि गठन गरी वधशालाको दिगो सञ्चालन गर्न साझेदारी (फोर–पी) को मोडल बनाइएको बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदीले बताए । तर  बुटवल उपमहानगरको मेयरमा खेलराज पाण्डेय निर्वाचित भएर आएपछि किसान र व्यवसायीसँगको सहमति तोडेर टेण्डर गरी निजी कम्पनीलाई सञ्चालन गर्न दिइएको सुवेदी बताउँछन् ।

आफुहरुले बुटवल उपमहानगरलाई मासु पसलका लागि स्पष्ट मापदण्ड बनाउन, नियमनका लागि निर्देशिका बनाउन, उपभोक्ता हितका पक्षमा कानुन बनाउन, साना किसान र व्यवसायीको लगानी भइसकेको करोडौं रकमको सुरक्षाको ग्यारेन्टी गर्न ध्यानाकर्षण गराएको मासु व्यवसायी संघका अध्यक्ष विशाल थापा बताउँछन् ।

बधशालामा किसान र मासु व्यसायीलाई सहभागी नगराउने हो भने आफूहरुले अलग्गै कम्पनी स्थापना गरेर अन्तर्राष्ट्रिय स्तरको बधशाला सञ्चालन गर्न तयार रहेको तर उपमहानरले कानून छैन भन्दै निजी कम्पनीलाई जसरी पनि पोस्ने गरी प्रस्तुत भएको उनले बताए ।

बाख्रा उत्पादक अगुवा किसान हेमाकुमारी पौडेलले बाख्रा पाल्ने ३५ हजार बढी महिलाहरुलाई कम्पनीको मालिक बनाउने भन्दै उत्साहका साथ साझेदारीको अभियानमा सरिक भएको तर, अहिले बुटवल उपमहानगरले धोका दिएको गुनासो गरिन् ।

हेफर इन्टरनेशनलका प्रोजेक्ट इन्चार्ज प्रेम स्याम्बूले किसान दिदीबहिनी र व्यवसायीसँग साझेदारी गर्दा मात्रै वधशाला दिगो सञ्चालनको ग्यारेन्टी हुने बताए ।

बुटवल उपमहानगरमा यसअघिका जनप्रतिनिधिको पहलमा वधशालालाई दिगो रुपमा सञ्चालन गर्ने गरी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी (फोर–पी) अवधारणा बमोजिम सर्वपक्षीय समिति समेत बनाइएको थियो । ०७६ साउन १३ गते उपमहानगरमा बसेको उक्त सर्वपक्षीय समितिले किसान, उत्पादक, व्यवसायी र उपभोक्ता समेतलाई लाभ हुने गरी मोडल तयार पारेको त्यसबेलाका बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी स्मरण गर्छन् ।

त्यसबेला सुवेदी नै संयोजक रहेको १३ सदस्यीय पशु वधशाला निर्माण तथा व्यवस्थापन समिति बनाइएको थियो । उक्त समितिको सहसंयोजकमा मासु व्यवसायी संघ नेपाल बुटवलका त्यसबेलाका अध्यक्ष कृष्णप्रसाद पौडेल थिए ।

समितिमा हेफर इन्टरनेशनल, मासु व्यवसायी संघ नेपाल, बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, रुपन्देही उद्योग संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ तथा उपभोक्ता हित संरक्षण मञ्चलाई पदेन सदस्यका रुपमा राखिएको थियो । सबैले साझा सहकार्यको सामूहिक प्रतिबद्धता जनाएका थिए ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM