२०८२ चैत्र १ गते, आईतवार १४:२७

माधव नेपालले गर्न चाहेको प्रचण्ड र ओलीको परीक्षण

२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरे ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रका साथै एकजना स्वतन्त्र सांसदको समर्थन छ भने संरक्षक रेशम चौधरी पक्षधरका लक्ष्मणकिशोरलाई नेपाली कांग्रेससँगै एकीकृत समाजवादीको समर्थन छ ।

एउटै पार्टीको दुई सांसदको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका छैनन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे दुवै पक्षले बहुमत सांसदलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउनुपर्ने बताएका छन् ।

सनाखत गराएमा कैलाश वा लक्ष्मणकिशोर जसको पक्षमा बहुमत पुग्छ, उही सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सक्छन् ।

नाउपा सांसदहरु लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरी ।

५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएकाले हाल ५२ जना कायम छन् । जसमध्ये लक्ष्मणकिशोरको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र नाउपा रेशम पक्षका ५ जना छन् ।

उनीहरु सबै एक ठाउँमा उभिए बहुमत (२७) मत पुग्नेछ । तर दलको नेता घनश्याम चौधरीलाई निलम्बन गर्ने र कैलाशलाई जिम्मेवारी दिने रञ्जिताको पत्र सभामुखसँग छ । सभामुख भीमबहादुर भण्डारीले त्यसलाई सदर गरेमा कैलाशको पल्लाभारी हुने सम्भावना बढी हुनेछ ।

सुदूरपश्चिममा लक्ष्मणकिशोर वा कैलाश जो मुख्यमन्त्री भए पनि सरकार नाउपाकै नेतृत्वमा बन्ने छ ।

तर आइतबार सुदूरपश्चिममा भएको घटनाले काठमाडौंको सत्ता गठबन्धनमा खटपटको संकेत गरेको छ । किनकि एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेसतिर ढल्किएको छ ।

बालुवाटार बैठकमा के के भयो ?

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिने अन्तिम दिन आइतबार बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी थिए । बैठकमा नाउपा अध्यक्ष रञ्जिताले मुख्यमन्त्रीमा दाबी गरिन्, अनि प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिनुपर्ने अवस्था आएको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउने सहमति भएको स्मरण गराए । साथै प्रधानमन्त्री र एमाले अध्यक्षलाई तपाईंहरुको निर्णय के हो, थाहा पाऊँ भन्दै बैठकस्थलबाट बाहिरिए ।

माधव नेपाल बालुवाटारबाट बाहिरिएको केहीबेरमा सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीका लागि पेश गरेको दाबीमा हस्ताक्षर गर्न पुगे ।

आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा पुगिसकेका थिए । एकीकृत समाजवादीका नेताहरु बालुवाटार बैठकमा के हुन्छ भनेर पर्खिरहेका थिए । बालुवाटारमा सहमति नभएको थाहा पाएलगत्तै लक्ष्मणकिशोरलाई समर्थन गरेर हस्ताक्षर गरे ।

प्रचण्ड र ओलीको परीक्षण

सुदूरपश्चिमको घटनाक्रमबारे एकीकृत समाजवादी नेतृत्वलाई सबै जानकारी छ । तर सञ्चारमाध्यमसँग औपचारिक रुपमा भने जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

किनकि माधव नेपाल सहितका नेताहरु प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कसरी अगाडि बढ्छन् भन्ने हेर्न चाहन्छन् । एक नेताका अनुसार नयाँ गठबन्धन बनेको डेढ महिनामा प्रचण्ड र ओलीले जे गरेका छन्, त्यसमा एकीकृत समाजवादी असन्तुष्ट छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल त सुरुमा नयाँ गठबन्धनमा जान मानेका थिएनन् । प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गर्ने निर्णय लिइसक्दा समेत आफूसँग परामर्श नगरेकोमा उनको चर्को असन्तुष्टि थियो । अनि, कांग्रेस नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव समेत गरेका थिए ।

माधव नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड मात्र होइन, एमाले अध्यक्ष ओली पनि उनको निवास पुगे । त्यतिबेला प्रचण्डले कमजोरी भएको स्वीकार गरे, दुवै नेताले आलोपालो प्रधानमन्त्रीमा नेपाललाई राख्ने भावका साथ इक्वेल फुटिङमा चल्ने प्रतिबद्धता जनाए ।

पूर्वप्रधानमत्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरु पनि वाम दलहरु एकठाउँमा आउनुपर्छ भन्ने पक्षमा उभिएपछि अध्यक्ष नेपाल सरकारलाई सघाउन तयार भएका थिए ।

तर विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सल्लाह गरेर निर्णय लिने र आफूहरुलाई साक्षी मात्र बनाउने गरेको एकीकृत समाजवादीका नेताहरुको गुनासो छ । राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्दा होस् वा सुदूरपश्चिमको मुख्यमन्त्री होस्, सबैमा दुई नेताले त्यही गरेको उनीहरु बताउँछन् ।

एकीकृत समाजवादीलाई समेट्नुअघि नयाँ गठबन्धनका चार दल (एमाले, माओवादी, रास्वपा र जसपा) ले ८ बुँदे सहमति गरेका थिए, जसमा राष्ट्रिय सभा माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । गठबन्धनमा आवद्ध भएपछि एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा दाबी गर्‍यो ।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा प्रचण्ड र ओली एकीकृत समाजवादीलाई समेटेर नयाँ सहमति गर्न तयार भए, जसमा माओवादीले राष्ट्रियसभा अध्यक्ष लिने उल्लेख गरिए पनि एमालेले उपाध्यक्ष लिने भन्ने पूर्वसहमति हटाइएको थियो ।

सहमतिअनुसार सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भए । उपाध्यक्षको विषयमा भने नेताहरुले एकीकृत समाजवादीसँग छलफल गर्न आवश्यक ठानेनन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बसेर सहमति गरे, एमालेले बिमला घिमिरेलाई उम्मेदवार बनायो । एकीकृत समाजवादीसामु घिमिरेलाई मत दिनुको विकल्प रहेन ।

सात प्रदेशको सरकारको नेतृत्वको भागवण्डामा एकीकृत समाजवादीले बागमतीमा दाबी गरेको थियो । भागबन्डाको छलफलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमतीसँगै लुम्बिनीको मुख्यमन्त्री लिए ।

एमालेको भागमा कोशी, गण्डकी र कर्णाली पर्‍यो, एकीकृत समाजवादीलाई सुदूरपश्चिम दिने समझदारी भयो । आलोपालोमा बागमती प्रदेशमा पनि मुख्यमन्त्री दिने नेताहरुले बताएका थिए ।

तर अरु प्रदेशमा सरकार बनेपछि प्रचण्ड र ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेकाले सहअस्तिवका आधारमा अगाडि बढ्ने दुई नेताको प्रतिबद्धतामा प्रश्न उठेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । त्यही कारण आफूहरु सुदूरपश्चिममा कांग्रेससँगै उभिने परिस्थिति बनेको भन्दै एक पदाधिकारी भन्छन्, ‘प्रचण्ड र ओली कसरी आउनुहुन्छ, हामी हेर्छौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM