२०८२ माघ २३ गते, शुक्रबार १३:१३

निर्वाचन सुरक्षाका लागि एआइजी परिचालन, कसले कहाँको कमाण्ड पाए?

काठमाडौं। निर्वाचन सुरक्षालाई व्यवस्थित सुरक्षित बनाउन नेपाल प्रहरीले प्रदेशमा एआइजीहलाई अनुगमनका लागि खटाएको छ।

निर्वाचन सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै एआईजीहरूलाई प्रदेशको अनुगमनका निम्ति खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी केही प्रदेशका जिल्लाहरुमा केही समयमा लागि एसएसपीहरु पनि खटाउन लागिएको छ।

कोशी प्रदेशको झापा, मधेश प्रदेशका जिल्लाहरु धनुषा, सर्लाही र पर्सामा एसएपी खटाउन लागिएको छ। यस्तै बागमती प्रदेशको चितवनमा पनि एसएसपी खटाउन लागिएको छ। एआइजीहरुको अनुगमन प्रतिवेदन आएपछि एसएसपीहरुलाई खटाउने प्रहरी प्रधानकार्यालयले जनाएको छ।

‘उनीहरूको अनुगमन प्रतिवेदनका आधारमा फागुन पहिलो सातादेखि जिल्लामा एसएसपी र केहीमा एसपीहरूलाई थप मद्दत टोलीका रुपमा खटाइने छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो।

स्रोतका अनुसार फागुनको पहिलो हप्ताभित्र एआइजीको प्रतिवेदन आउने र त्यही बेलादेखि निर्वाचन अवधिभर एसएसपीहरु पठाउन लागिएको हो। ‘यो निर्णय फागुनको पहिलो हप्ताबाट शुरु हुनेछ’, स्रोतले भन्यो। प्रहरी प्रधान कार्यालयमा रहेका एआईजीहरूलाई पालैपालो सातै प्रदेशको अनुगमन गर्न पठाइएको छ।

अहिले कोशी प्रदेशमा मानवस्रोत विसकास विभागमा कार्यरत एआईजी राजन अधिकारीले अनुगमन गरिसकेका छन्। अहिले प्रदेश समन्वय विभागमा कार्यरत एआईजी डम्बरबहादुर बिक मधेश प्रदेशको समग्र सुरक्षास्थिति अनुगमनका निम्ति खटिएका छन्।

एआईजीहरूको अनुगमन र सम्बन्धित प्रदेशका डीआईजीहरूको सिफारिसका आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक जिल्लामा थप टोली पठाउने भएको हो। नेपाल प्रहरीले हालसम्म झापा र सर्लाही, चितवन, धनुषा, पर्सा जिल्लालाई उच्च सुरक्षा चुनौतीयुक्त जिल्लाका रुपमा विश्लेषण गरेको छ।

त्यसबाहेक अन्य जिल्लामा पनि उम्मेदवारको स्थिति र विगत निर्वाचनका घटनाका आधारमा संवेदनशील जिल्ला तोकिने तथा त्यसअनुसार प्रहरी जनशक्ति खटाइने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ। यसैगरी प्रहरीले निर्वाचनका लागि अनुशिक्षण थालिम दिइसकेको छ।

प्रहरीले बल प्रयोग लक्षित, मानवअधिकारको विषयहरु अनुशिक्षणको दिइएको छ। साथै विशेष कमाण्ड बनाइसकेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ। खुला सीमा नाकामा पनि ‘काउण्टरपार्ट’ सँग समन्वय भैरहेको छ।

‘निर्वाचन सुरक्षालाई भरपर्दो बनाउने प्रहरीको कसरत कायम रहेको छ’, डिआइजी अविनारायण काफ्लेले भने। जिल्ला सुरक्षा समितिको रिपोर्ट अनुसार मतदान केन्द्रमा ८ देखि ८० जनासम्म प्रहरी खटाउन लागेको हो।

नेपाल प्रहरीको हकमा ७५ हजार ४ सय ७३ प्रहरी खटाउन लागेको हो। फागुनको पहिलो साता नै प्रहरी खटिन लागेको हो। प्रतिनीधि सभा निर्वाचन एकिकृत सुरक्षा २०८२ अनुसार प्रहरी परिचालन हुँदैछ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d beb88 sritoto kpsjitu wongsobet kpsjitu rajamania
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM