२०८२ मंसिर ५ गते, शुक्रबार २१:३१

बाराका एसपी तामाङ हेडक्वार्टर तानिए, नयाँ जिम्मेवारी कुँवरलाई

काठमाडौं । सिमरा विमानस्थलमा भएको बुधबारको एमाले–जेनजी झडप र शुक्रबार भएको प्रदर्शनपछि गृहमन्त्रालयले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख (एसपी) सन्तोष तामाङलाई प्रहरी प्रधान कार्यालयमा तानेको छ । बारा घटनाकै कारण शुक्रबार उनलाई गृहमन्त्रालयले तानेको हो ।

बारामा अर्का एसपी नरेन्द्र कुँवरलाई खटाइएको छ । कुँवर मानव बेचबिखन ब्यूरोमा कार्यरत थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM