२०८२ आश्विन २६ गते, आईतवार ०१:५१

ठूलो परिमाणको चरेशसहित गुलाम मोहमद पक्राउ

वीरगंज/सशस्त्र प्रहरीले पर्साबाट ठूलो परिमाणको चरेश बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साबाट स.प्र.स.नि. नितेश कुमार साह कानुको कमाण्डमा खटिएको सात जनाको मोबाइल टोलीले सोमबार छिपहरमाई गाउँपालिका-४ बन्जारीस्थित भिष्वा-जानकी टोला सडक खण्डमा चेकजाँच गर्ने क्रममा चरेश बरामद गरेको हो।

सशस्त्र प्रहरीले भारततर्फ लैजाने उद्देशित अवस्थामा लुकाइछिपाइ गरिएको नौ किलो ५२२ ग्राम चरेश फेला पारेको जनाएको छ। चरेश १९ वटा प्लास्टिकका प्याकेटमा राखी, BR 22 J 3550 नम्बरको होन्डा साइन मोटरसाइकलमा फल्स बटम बनाई लैजाने तयारी गरिएको थियो।

घटनामा संलग्न भारतको बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, बेतिया कोईरी टोला वार्ड नं. ३७ का ३१ वर्षीय गुलाम मोहमदलाई पक्राउ गरिएको छ। उनको साथबाट आधार कार्ड र कार्बोन कम्पनीको कीप्याड मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद चरेश तथा पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM