२०८२ फाल्गुन १२ गते, मंगलवार १०:००

कुनै गलत काम गर्दिन, जिल्लावासीको शिर उच्च हुने गरी काम गर्छु: ऊर्जामन्त्री खड्का

संखुवासभा, २ साउन/

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का आफ्नो गृहजिल्ला संखुवासभा पुगेर जिल्लास्तरीय विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनु भएको छ।

जिल्ला सदरमुकाम खाँदबारीमा आयोजित सर्वपक्षीय भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खड्काले स्थानीय राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूसँग विकास र सहकार्यको साझा सोचका विषयमा गम्भीर संवाद गर्नुभयो। उहाँले जिल्लाको पूर्वाधार, ऊर्जा, स्वास्थ्य, सडक, सिंचाई, र सरसफाइलगायत विविध विषयमा केन्द्रित रहेर आगामी योजनाहरू स्पष्ट रुपमा प्रस्तुत गर्नुभयो।

छलफलको क्रममा जिल्लामा कार्यान्वयन भइरहेका र योजना चरणमा रहेका ठूला आयोजना र पूर्वाधार विकाससम्बन्धी जिज्ञासाहरू प्रस्तुत भएका थिए।

जवाफमा मन्त्री खड्काले भन्नुभयो, “जिल्लावासीको शिर उच्च हुने गरी काम गरेको छु। कुनै गलत वा कानुनविपरीत कार्य गर्दिन, सबै काम पारदर्शी र विधिसम्मत रूपमा अघि बढिरहेको छ।”

उहाँले किमाथाङ्का नाकासम्म ट्याक पुग्नमा आफ्नो पहल रहेको उल्लेख गर्दै उक्त नाका तथा सडक स्तरीकरणका विषयमा चीन सरकारसँग सकारात्मक छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार, भन्सार, पुल र सडक निर्माण चीनले गर्ने प्रतिबद्धता जनाएको छ भने नेपाल सरकारले आवश्यक पहल गरिरहेको छ।

ऊर्जा क्षेत्रमा संखुवासभा जिल्लाभित्र निर्माणाधीन अरूण तेस्रो आयोजना छिट्टै सञ्चालनमा आउने र त्यसबाट जिल्लासहित सम्पूर्ण देशलाई लाभ पुग्ने मन्त्री खड्काको भनाइ थियो। उहाँले “साढे पाँच हजार मेगावाट” बराबरको ऊर्जा उत्पादन हुने आयोजना संखुवासभामै निर्माणाधीन रहेको उल्लेख गर्दै सबै नेपालीले शेयर पाउने सुनिश्चितता व्यक्त गर्नुभयो।

सडक विस्तार अन्तर्गत चतरा-लेगुवा सडक सुधार, अस्पतालमा बजेट विनियोजन, खानेपानी र सिंचाईका योजनाहरूमा कार्य अघि बढिरहेको जानकारी दिँदै मन्त्री खड्काले चालू आर्थिक वर्षमा साढे पाँच अर्ब रुपैयाँभन्दा बढी बजेट आएको जानकारी दिनुभयो।

उहाँले थप भन्नुभयो, “म फरक पार्टीबाट मन्त्री भए पनि जिल्लाको मन्त्री हुँ भन्ने सोचका साथ काम गर्न सबै दलका नेताहरूलाई आग्रह गर्छु।”

भेटघाटमा रास्वपाका जिल्ला संयोजक भक्तनारायण श्रेष्ठ, माओवादी केन्द्रका दिव्यराज बराल, एमालेका जिल्ला अध्यक्ष खड्ग राई, कांग्रेसका अनन्त गौली, खादबारी नगरपालिकाका मेयर महेश थपलियालगायत विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरू को उपस्थिति थियो।

उक्त छलफलमा सबै दलका नेताहरूले आपसी समन्वय र साझा दृष्टिकोणबाट संखुवासभाको समग्र विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM