२०८२ चैत्र १ गते, आईतवार ०८:३५

छपकैया पोखरी पुनः सार्वजनिक हुनेमा वीरगंजवासीहरू विश्वस्त

-धिरेन्द्र तिवारी

वीरगंज /वीरगंज महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको छप्केयो पोखरीलाई पुनः सार्वजनिक सम्पत्तिका रूपमा स्थापित गर्न वीरगंज वासीहरू आसावादी रहेका छन्।

नेपाल सरकारको संविधानको धारा २१६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार महानगरपालिकाको बैठकले पनि उक्त पोखरीलाई सार्वजनिक सम्पत्तिका रूपमा पुनर्स्थापना गर्न कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

यसअघि, छपकैया पोखरीको स्वामित्व किर्ते प्रमाणमार्फत व्यक्तिगत नाममा दर्ता गराइएको प्रमाणहरू फेला परेपछि महानगरपालिकाले पोखरी सार्वजनिक सम्पत्ति नै रहेको ठहर गरेको हो। प्रमोद विक्रम शाहले किर्ते प्रमाण खडा गरी २०५२ साल फागुन १९ गतेका दिन उक्त पोखरी व्यक्तिगत सम्पत्ति भएको देखाउन खोजिएको थियो। तर, सोही मितिको निर्णयअनुसार कीर्ते टोकनी दर्ता नम्बर २०६ खारेज गरी २०७५ साल चैत १९ गते उक्त पोखरीलाई सार्वजनिक सम्पत्तिको रूपमा मान्यता दिइएको थियो।

नगर कार्यपालिकाको बैठकले ऐतिहासिक तथा राष्ट्रिय सम्पत्तिका रूपमा रहेको सो पोखरीलाई सार्वजनिक सम्पत्ति नै कायम राख्नुपर्ने ठहर गरेको छ। अदालतले समेत नाजायज रूपमा पोखरी कब्जा गर्न खोजिएको प्रमाणित गरिसकेको हुँदा महानगरपालिकाले प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष अनुरोध गरेर पोखरी सार्वजनिक सम्पत्तिका रूपमा पुनःस्थापित गर्न प्रक्रिया अघि बढाउने निर्णय लिएको हो।

महानगरपालिकाले पोखरीको संरक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी प्रक्रियाहरू अगाडि बढाउने योजना बनाएको छ। यस क्रममा पोखरी संरक्षणका लागि बजेट विनियोजन गर्ने निर्णयसमेत भएको छ।

प्रारम्भिक चरणमा पोखरी संरक्षणका लागि सरकारी सहयोगमार्फत रु. ५०,००० विनियोजन गर्ने निर्णय भएको छ। साथै, पोखरी व्यवस्थापन तथा संरक्षणका लागि स्थानीय बासिन्दाहरूसँग समेत समन्वय गरिने जनाइएको छ।

पोखरीको उक्त जग्गा सार्वजनिक रहेको पुस्ट्याईं गर्ने आधारहरू मध्ये तत्कालीन नगर पंचायत प्रमुख गोपाल प्रसाद प्रधानको अध्यक्षतामा २०३१/०१/१६ मा बसेको बैठकले पोखरी सार्वजनिक रहेको पुस्ट्याई गर्दछ।

त्यस्तैमिति २०३६।०१।०४ मा वीरगञ्ज नगरपञ्चायतका प्रधानपञ्च गोपाल प्रसाद प्रधानको अध्यक्षतामा बसेको बोर्ड बैठकले छपकैया पोखरीको आ. व. २०३६।३७ देखि २०३९।४० सम्म ४ बर्षको लागि ठेक्का बन्दोबस्त गर्ने निर्णय गरेको। यसले पनि पोखरी सार्वजनिक रहेको पुस्टि गर्दछ।

त्यस्तै २०३९।०५।१६ मा वीरगञ्ज नगरपञ्चायतका प्रधानपञ्च बिमल प्रसाद श्रीवास्तवको अध्यक्षतामा बसेको बोर्ड बैठकले छपकैया पोखरीका सम्बन्धमा आ.ब. २०३६।३७ देखि २०३९।४० सम्म ४ वर्षको लागि ठेक्का बन्दोबस्त भएकोमा प्रतिवर्ष रु १५,०००/- का दरले रु ६०,०००/- मा सकार यी सब प्रमाणले पोखरी सार्वजनिक रहेको पुस्टि गरपनि प्रमोद विक्रम शाहले किर्ते कागजात खड़ा गरि ४ बिगाहा भन्दा बढ़ी क्षेत्रफलको उक्त पोखरीलाई आफ्नो नाममा गराएका हुन।

छपकैया पोखरी वीरगंज क्षेत्रकै ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण अत्यावश्यक रहेको महानगरपालिकाले जनाएको छ। पोखरी सार्वजनिक सम्पत्तिका रूपमा पुनर्स्थापना गर्ने कार्यलाई शीघ्र कार्यान्वयन गरिनेमा विरगंज महानगरवासी विश्वस्त रहेको स्थानीय जफरुल हुसेन अंसारीले बताए।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM