Friday, March 28, 2025
घरसमाचारनेपाली र चिनियाँ लसुनको भाउ बढ्यो, किलोको कति ?

नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो, किलोको कति ?

११ चैत, काठमाडौं । बजारमा लसुनको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो ।

सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो । हिजो आइतबार किलोको २ सय २५ रुपैयाँमा कारोबार भएको लसुन आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

सरकारले चिनियाँ लसुन आयातमा कडाइ गरेपछि पछिल्लो दुई महिनामा लसुन आयातमा गिरावट आएको छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने गएको ७ महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ । त्यस्तै फागुन महिनामा ४ करोड ५९ लाख रुपैयाँको लसुन आयात भएको छ ।

त्यसैगरी कालीमाटीमा ससकेको चिनियाँ लसुनको भाउ आज सोमबार किलोमा ४० रुपैयाँ बढेर ३ सय १० मा किनबेच भइरहेको छ । हिजो आइतबार किलोको २ सय ७० रुपैयाँ थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -