२०८२ चैत्र १ गते, आईतवार १४:१५

उपराष्ट्रपति यादवसँग पाकिस्तानी राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको उक्त शिष्टाचार भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, आर्थिक सहयोग र सहकार्य तथा द्विपक्षीय व्यापार तथा लगानीलगायत विषयमा छलफल भएको उपराष्ट्रपति यादवको निजी सचिवालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध घनिष्ट र सुमधुर रहिआएको उल्लेख गर्दै यसलाई आगामी दिनमा अझ सुदृढ बनाउनुपर्ने बताउनुभयो । 

“हामीले हाम्रा दुई मुलुकबीच अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्रमार्फत सम्पर्क र वार्तालाई निरन्तरता दिन आवश्यक छ”, उहाँले भन्नुभयो, “दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रा सम्बन्धको सबै पक्षहरूमा सधैँ गतिशीलता र गुणस्तर बढाएको छ ।”

उपराष्ट्रपति यादवले व्यापार र आर्थिक क्षेत्रहरूमा सहयोग विस्तारमा जोड दिँदै लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्धलगायत पारस्परिक सहयोगका क्षेत्रमा दुवै देश मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले नेपाल वैदेशिक लगानीका लागि सुरक्षित र लाभदायक स्थान भएको विश्वास दिलाउँदै विदेशी लगानीकर्तालाई सहजीकरण गर्न उद्योग विभागमा एकल बिन्दु सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो ।

उहाँले जलविद्युत्, पर्यटन, पूर्वाधार, आइसिटी आदिमा लगानी गर्न पाकिस्तानका लगानीकर्ताहरूलाई नेपाल स्वागत गर्न चाहेको पनि बताउनुभयो । “नेपालको प्राकृतिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले पाकिस्तानी जनतालाई नेपाल भ्रमण गर्न आकर्षित गर्ने विश्वास व्यक्त गर्दछु”, उहाँले भन्नुभयो, “नेपाली विद्यार्थीहरूलाई चिकित्सा, दन्त चिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्न पाकिस्तान प्राविधिक सहायता कार्यक्रमअन्तर्गत वार्षिक छात्रवृत्ति उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद दिन चाहन्छु ।”

उपराष्ट्रपति यादवले धेरै विषयमा नेपाल र पाकिस्तानको समान दृष्टिकोण रहेको उल्लेख गर्दै हाम्रा चासो बहुपक्षीय मञ्चहरूमा मिल्दाजुल्दा रहेको बताउनुभयो । “सार्कको वर्तमान अध्यक्षको हैसियतमा नेपाल रोकिएको सार्क प्रक्रियालाई पुनः सुरु गर्न हरसम्भव प्रयासरत छ । यस सन्दर्भमा सबै सदस्य राष्ट्रहरूको सहयोग अत्यावश्यक छ । हामी सार्कको अध्यक्षता पाकिस्तानलाई हस्तान्तरण गर्न चाहन्छौँ”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले दक्षिण एसियाको हिन्दू–कुश हिमालय क्षेत्रले विश्वव्यापी उष्णता र जलवायु परिवर्तनको प्रतिकूल प्रभावहरूको सामना गरिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि पाकिस्तानका राजदूत हाश्मीले दुई देशबीचको द्विपक्षीय सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण उत्पन्न समस्याको समाधान परस्पर सहकार्यबाट गर्नुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर नेपालले गर्न लागेको ‘सगरमाथा संवाद’ का लागि नेपाल सरकारलाई बधाई दिँदै यसमा पाकिस्तानको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM