२०८२ चैत्र १ गते, आईतवार १४:१९

पनौती नगरपालिकाले बन्द गरायो ३ क्रसर उद्योग

क्रसर उद्योग बन्द गराउन खटिएको टोली


२३ फागुन, काभ्रे । काभ्रेको पनौती नगरपालिकाले वडा नं २ र १२ मा सञ्चालित तीनवटा क्रसर उद्योग बन्द गराएको छ ।

बन्द गराइएका उद्योगहरूमा पनौती–२ को डाइमण्ड स्टोन माइनिङ प्रा.लि. तथा पनौती–१२ का भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा.लि. र दिपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा.लि. छन् ।

खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन् अवधि समाप्त भइसकेको र पटक–पटक ताकेता गर्दा समेत बन्द गरेको नदेखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि विहीबार ती उद्योग बन्द गराइएको पनौती नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिए ।

उद्योग बन्द गराउन नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा अध्यक्ष २ का पुरूषोत्तम अधिकारी र १२ का जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा लगायत कर्मचारी तथा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड़का लगायत प्रहरीको टोली पुगेको थियो ।

जिल्ला अनुगमन समितिको गत माघ ९ मा भएको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले समेत गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठुलो धनजनको क्षति भएको जनगुनासो आएकाले अवैध रूपमा सञ्चालन भएका ढुङ्गा र क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो ।

गत माघ ३ गते जिल्लाका सबै पालिकालाई गैरकानुनी रुपमा संचालित ढुंगाखानी र क्रसरहरु बन्द गर्न पत्राचार भए पनि कार्यान्वयन भएको थिएन । पनौती नगरपालिकाले अनुगमन गरेर बन्द गराए पनि अन्य पालिकाहरुमा खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेका छन् ।

नदीजन्य तथा खानीजन्य उद्योगको काभ्रे जिल्लास्तरीय अनुगमन कार्यदलले २०७९ मा स्थलगत अनुगमन गरी तयार गरेको प्रतिवेदनमा समेत काभ्रेका कुनै पनि खानी तथा क्रसर उद्योगले मापदण्ड पालना नगरेको उल्लेख छ । जिल्लामा रहेका ४८ खानी तथा क्रसर उद्योग मध्ये ४२ बटा उद्योगको अनुगमन भएकोमा ती खानी तथा क्रसरमा अनुगमनका क्रममा उद्योगको दर्ता नभएको, हरहिसाबको कागजात नभेटिएको, उद्योगबाट निस्किने फोहोरको व्यस्थापन नगरेको, उत्खनन गर्ने क्षेत्र नछुट्याइएको, अत्यधिक उत्खनन भइरहेको पाइएको थियो ।

विशेषगरी बाढी प्रभावित रहेका पालिकाहरु पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी उद्योगहरु छन् । पनौतीमा १४ वटा क्रसर तथा खानी मध्ये विपद्पछि ७ खानी र ५ क्रसर उद्योग खुलेका छन् । बेथानचोक गाउँपालिकामा तीन वटा खानी र क्रसर उद्योग सञ्चालनमा छन् ।

नमोबुद्ध नगरपालिकामा रहेका ४ खानी र क्रसर उद्योगमध्ये विपद्बाट ३ वटामा क्षति पुगेको थियो । अहिले एउटा मात्र सञ्चालनमा छ । रोशीमा रहेका ५ मध्ये २ वटा चलिरहेका छन् । मण्डनदेउपुर नगरपालिकामा विपद्पछि ३ उद्योग चलिरहेका छन् । भुम्लु गाउँपालिकामा ४ क्रसर र ७ खानी उद्योग सञ्चालनमा छन् ।

विपदअघि पनौतीमा १०, रोशीमा ५, नमोबुद्ध र भुम्लुमा ४, बेथानमा ३, मण्डनदेउपुरमा २ तथा बनेपा, तेमाल र चौरीमा १/१ खानी तथा क्रसर सञ्चालनमा थिए । जिल्लाका १३ पालिका मध्ये पाँचखाल, धुलिखेल, महाभारत र खानीखोलामा भने खानी तथा क्रसर उद्योग छैनन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM