Saturday, March 1, 2025
घरसमाचारकृष्णप्रसाद भट्टराई स्मृति कराते : पहिलो दिन नेपाल प्रहरीलाई ४ स्वर्ण

कृष्णप्रसाद भट्टराई स्मृति कराते : पहिलो दिन नेपाल प्रहरीलाई ४ स्वर्ण

१६ फागुन, काठमाडौं । चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन नेपाल प्रहरीले ४ स्वर्ण जितेको छ । शुक्रबार चार वटा काता र एउटा कुमुतेमा गरी ५ स्वर्णको छिनोफानो हुँदा प्रहरीले कातामा ३ र कुमेतेमा १ गरी ४ स्वर्ण हात पारेको हो ।

सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरूष एकल कातामा नेपाल प्रहरीका सोनिम मानन्धरले स्वर्ण जिते । उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका विनय लिम्बुलाई हराए ।

स्वर्ण जित्ने क्रममा सोनिमले ४५ दशमलव ३ स्कोर गरे । विनयले ४१ दशमलव ९ स्कोर मात्र गरे । गण्डकीका वसन्त परियार र नेपाल एपिएफ क्लबका मनुष कार्कीले कास्य पदक हात पारे ।

महिला एकल कातामा आर्मीकी सानुमाया थिङ्ग पहिलो भइन् । उनले आफ्नै बहिनी एलिना थिङ्गलाई हराउँदै स्वर्ण जितिन् । उनले ४१ दशमलव ८ स्कोर गरिन् । बागमतीकी एलिनाले ४० दशमलव ६ स्कोरमा दोस्रो स्थानमा चित बुझाइन् ।

कातामा नेपाल प्रहरीको वर्चस्व रहँदा पुरूष र महिला दुवै टिम कातामा स्वर्ण पदक प्राप्त गर्‍यो । पुरूष टिम कातामा नेपाल प्रहरीका सोनिम मानन्धर, फुर्तेन तामाङ र जगत सिंह धानुकले ४२ दशमलव २ स्कोरका साथ स्वर्ण जिते । बागमतीका अमृत थोकर, राज कुमार श्रेष्ठ र प्रनिल मानन्धरले ४० दशमलव ९ स्कोर बनाएर रजत हात पारे ।

महिला टिम कातामा नेपाल प्रहरीका तपी थापा, मेगा लिम्बु र एलिशा रासकोटीले ४१ दशमलव ६ स्कोरमा स्वर्ण जिते । एपिएफका सोनाम शेर्पा, बन्दना तामाङ र सान्सु देशारले ३९ दशमलव ८ स्कोरमा रजत हात पारे ।

कुमुतेतर्फ पुरूष ५५ केजी तौल समुहमा नेपाल प्रहरीका इलोन श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा एपिएफका यम बहादुर समाललाई ९-१ को सहज नतिजामा हराए । आज कुमुतेमा एक बाउट मात्र भएको थियो ।

नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरद्वारा आयोजित प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि कुल १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात वटै प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजकले जनाएको छ ।

कुमुतेमा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५, ८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।

यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको आयोजकले जनाएको छ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -