Friday, February 28, 2025
घरसमाचारकांग्रेसले भन्यो- ‘नो केबलकार’ भन्नेसँग सैद्धान्तिक सहमति छैन

कांग्रेसले भन्यो- ‘नो केबलकार’ भन्नेसँग सैद्धान्तिक सहमति छैन

फाइल तस्वीर


१६ फागुन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो ।

‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका समस्या समाधान गर्न भने कांग्रेस तयार छ ।’

बैठकमा पाथीभरामा केबलकार निर्माणको क्रममा देखिएको विवादबारे नेताहरूले धारणा राखेका थिए । शीर्ष नेताको बैठकमा सैद्धान्तिक छलफल मात्रै भएको र कुनै निर्णयमा नपुगेको उनले बताए ।

नयाँ विधेयकहरूका विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

‘निर्वाचन ऐन सम्बन्धी विधेयकलाई गृह र कानुन मन्त्रालयले होमवर्क गरिराखको छ । दल सम्बन्धी विधेयकका कतिपय दफा स्थगनको अवस्थामा छन् । त्यो विधेयकलाई के गर्ने भन्ने कुरा भएको छ,’ घिमिरेले भने ।

विधेयकलाई छिटो प्रक्रियामा लाने सन्दर्भमा पनि कुरा भएको घिमिरेले जानकारी गराए । अध्यादेशका बारेमा कांग्रेस र एमाले सम्मिलित संयन्त्रमा कुरा हुने उल्लेख गर्दै पार्टी बैठकमा छलफल नभएको उनले जिकिर गरे ।

बैठकमा स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउने विषयमा छलफल भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -