२०८२ फाल्गुन १२ गते, मंगलवार ११:३१

मन्त्री यादवद्वारा निर्माणाधीन खानेपानी परियोजनाहरुको स्थलगत अनुगमन, दिए यस्तो निर्देशन

झापा। नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले झापा जिल्लाका विभिन्न स्थानहरूमा निर्माणाधीन खानेपानी परियोजनाहरूको स्थलगत अनुगमन गर्दै, निर्माण कार्यको प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिनुभएको छ ।
मन्त्री यादवले शनिवार झापाको मेचीनगर र धुलावारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायहरूलाई निर्माण कार्य समयमै सम्पन्न गर्न कडा निर्देशन दिनुभयो । उहाँले उपभोक्ताहरूलाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माण कार्यमा तीव्रता ल्याउन जोड दिनुभयो ।
त्यस्तै सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना, र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”
मन्त्री यादवले झापाको मेचीनगरमा चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गर्नुभयो । उहाँले स्थानीय तहमा भएका सकारात्मक कार्यहरूको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारमा देखिएका चुनौतीहरू समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले झापामा निर्माण भइरहेको दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको पनि अवलोकन गर्नुभयो । उहाँका अनुसार, परियोजनाहरूले झापा र आसपासका क्षेत्रका नागरिकहरूलाई स्वच्छता र स्वास्थ्य सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछन् ।
उहाँले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधानका लागि सरकार सक्रिय रहेको र व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारी लिन आफू कटिबद्ध रहेको बताउनुभयो । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज पानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँग सहकार्यलाई सुदृढ गर्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल सरकार नागरिकहरूको जीवनस्तर उकास्न खानेपानी र सरसफाइ सेवा सुधार्न दृढ छ । स्रोत साधन परिचालन गरी समयमै परियोजनाहरू सम्पन्न गर्न हामी प्रतिबद्ध छौँ ।”
झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीहरूले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्नुभएको छ । यसले झापामा निर्माणाधीन खानेपानी परियोजनाहरूलाई समयमै सम्पन्न गर्न ऊर्जा थपेको छ ।
मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकहरूले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ । मन्त्री यादवको सक्रिय नेतृत्वमा सरकारले खानेपानी समस्याको समाधान गर्दै नागरिकहरूको विश्वास जित्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM