Wednesday, May 1, 2024
घरसमाचारनारायणगढ-मुग्लिन सडकखण्डमा मिनी ट्रक दुर्घटना, पाँचवटा खसी मरे

नारायणगढ-मुग्लिन सडकखण्डमा मिनी ट्रक दुर्घटना, पाँचवटा खसी मरे

६ चैत, चितवन । चितवनको नारायणगढ-मुग्लिन सडक खण्डमा आज बिहान खसी बोकेको मिनी ट्रक दुर्घटना हुँदा पाँच वटा खसी मरेका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको रा१ख २४०२ नम्बरको मिनी ट्रक आज बिहान कालीखोला पुल नजिकै दुर्घटना भएको हो ।

‘कालीखोला पुल कटिसकेपछि भित्तातिर मिनीट्रक पल्टिएको हो,’ मुग्लिन प्रहरी कार्यालयका इन्सपेक्टर विशाल तामाङले भने, ‘दुर्घटनामा पाँच वटा खसी मरेका छन् ।

मिनी ट्रकमा तीन जना मानिसहरु थिए, उनीहरु भने सकुशल छन् ।’

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -