२०८२ चैत्र १ गते, आईतवार ०४:१४

करिब पचास लाख लागतको सातौँ मेयरकप भोजपुर गोल्डकप 

भोजपुर । करिब पचास लाख लागतमा भोजपुरको प्रतिष्ठित सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएको छ ।

प्रतियोगिताको बारेमा जानकारी दिनुहुँदै आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले आगामी वैशाख ९ गतेबाट १५ सम्म सञ्चालन हुने प्रतियोगिताको कुल लागत खर्च ४९ लाख २५ हजार पाँच सय हुने बताउनुभयो । जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक बर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगितामा यस बर्ष भने भारतको एक सहित नेपालका दुई ए डिभिजन क्लबले पनि भाग लिने छन् ।

भोजपुर नगरपालिका वडा नम्बर ७, कोदारमा रहेको रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउने छन् । जसमा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट यूथ क्लब मोरङ, सलहेश युवा क्लब सिरहा, खोटाङ भगवती स्पोर्ट्स क्लब र आयोजक भोजपुर जिल्ला फुटबल संघ रहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि भोजपुर नगरपालिकाले ३० लाख आर्थिक सहयोग गरेको छ भने अन्य रकम सङ्कलन गरिने आयोजक संस्थाका अध्यक्ष सुवालले जानकारी दिनुभयो । अहिलेसम्म करिब नौ लाख रकम सङ्कलन भई सकेको छ भने अन्य रकम पनि सङ्कलन गरिने छ । प्रतियोगिता सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई आयोजक संस्थाले आग्रह समेत गरेको छ । 

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैक लिमिटेड रहेको छ भने प्रायोजकहरूमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिबम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, यु डि विल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे रहेको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले जनाएको छ। 

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधि सहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने छन् ।अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ । 

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM