२०८२ फाल्गुन २५ गते, सोमबार ११:२०

मृत्युलाई जितेर शानदार पुनरागमन गरेका ऋषभ पन्त

२२ चैत, काठमाडौं । युवा आक्रामक विकेटकिपर ऋषभ पन्त २०२२ डिसेम्बरमा बंगलादेशविरुद्ध दुई टेष्ट खेलको सिरिज सकेर भारत फर्किँदा आमालाई सरप्राइज दिन चाहन्थे । उनको तयारी थियो, जानकारी नदिई सिधैं उत्तराखण्डस्थित घर गएर भन्ने– मम्मी म आएँ, गेट खेल्नुस् ।’

दिल्लीबाट आफैं कार चलाउँदै घरतर्फ लागे । थकान अनि लामो ड्राइभिङले ३० डिसेम्बर बिहान साढे ५ बजेतिर पन्त झुप्प निद्रामा झिमिक्क आँखा पारे । तीव्र गतिमा गुडेको कार अनियन्त्रित भएर रुड्की सडक छेउको डाइभर्सनमा पछारिन पुग्यो ।

बिहानी हुँदा सडकमा चहलपहल कम थियो । त्यही सडकमा हिँडेका बस चालक सुशील कुमारले त्यहाँ गएर हेरे । गाडीको सीसा फुटाएर सडकको छेउमा ल्याए । अनुहारमा रगत हुँदा सुरुमा बस चालकले ऋषभ पन्त भनेर चिन्न सकेनन् । एयर ब्यागको कारण बाँच्न सफल भएका पन्त आफ्नो नाम मात्रै बताउन सक्थे ।

पन्तलाई एम्बुलेन्समा हालेर नजिककै म्याक्स हस्पिटलमा लगियो । उनको दायाँ खुट्टा डिसलोकेट भएर बाङ्गो भएको थियो । खुट्टा, घुँडा, हात, मेरुदण्ड, पछाडि भाग, आँखा र टाउकोमा चोट लागेको थियो । सबभन्दा ठूलो चोट दायाँ खुट्टाको घुँडामा थियो । म्याक्सपछि थप उपचार गर्न मुम्बईको कोकिलाबेन अस्पतालमा लगिएको थियो ।

घटनाबारे थाहा पाएका धेरैले भन्थे, धन्न बचेछन् पन्त । उनी क्रिकेटमा फर्किने आश निकै कमले गरेका थिए ।

‘मैले जिन्दगीमा पहिलो पटक अब मेरो समय आयो भनेर सोच्न थालेको थिएँ’ त्यो त्रासदीपूर्ण घटना सम्झिँदै पन्तले हालै स्टार स्पोर्ट्ससँग भनेका छन्, ‘मलाई कसले बचायो, त्यो पनि थाहा थिएन । त्यो समयमा मेरो सोच चोटको पीडा कम होस् भन्ने मात्रै थियो । अरु के भएको थियो थाहा थिएन ।’

घुँडाको शल्यक्रियापछि पन्त एक महिनासम्म हिँडडुल गर्न सकेनन् । ह्वीलचेयरमा बस्ने उनी ३÷४ जना सहयोगीको भरमा यताउता गर्थे । आफ्नो त्यो अवस्थाले साह्रै पीडा दिन्थ्यो । निराश बनाउँथ्यो ।

‘जिन्दगीमा दोस्रो जीवन, जोकोहीलाई मिल्दैन । डाक्टरले मलाई भाग्यमानी हुँदा यस्तो दुर्घटनाबाट बच्न सफल भएको बताएका थिए । सुरुमा यस्तो अवस्था देख्दा आफूलाई लक्की लागेन । तर पछि सोचेँ यत्रो दुर्घटनाबाट बाँच्न पाउनु नै भाग्यमानी हो ।’

उनको उपचारमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कुनै कसर बाँकी राखेको थिएन ।

दुर्घटना भएको १ महिना १० दिनपछि वैशाखीको सहारामा पहिलो पटक खुट्टाले टेक्न सके । त्यसपछि घरको सिँढी चढ्न थाले । आफ्नो स्वास्थ्य सुधारको अपडेड सामाजिक सञ्जालमा राख्न थाले । चोटमा देखाएको माया उनको लागि एउटा प्रेरणा थियो ।

क्रिकेट खेल्न भन्दा हेर्न गाह्रो

२०२३ अप्रिल ४ मा ऋषभ दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा गुजरात टाइटन्सविरुद्ध खेल हेर्न गए । मैदानभित्र गएर खेल्नुभन्दा बाहिर बसेर हेर्न गाह्रो हुने सुनेका थिए, यसपटक आफैंले भोगे । आफू मैदानमा भएको भए यस्तो वा उस्तो गर्थे । त्यो भन्दा यो राम्रो हुन्थ्यो ।

यस्तै अनेक कुरा उनको मनमा खेलिरह्यो । जसले उनलाई थप पीडा दियो । त्यसपछि केही समय क्रिकेट नै हेर्न छाड्दिए ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको एजेस ट्रफी हेरे । २०२३ अगष्टमा पन्त विजयनगरमा एक खेल हेर्न गए । पन्तको मनले मानेन । त्यहाँ केही बल क्रिकेट खेले । दुर्घटनापछि उनी मैदान फर्किएको त्यो नै पहिलो खेल थियो ।

त्यसपछि पन्तले फिजियो थेरापीसँगै फिटनेसमा ध्यान दिन थाले । भारतीय क्रिकेट बोर्डको नेशनल क्रिकेट एकेडेमी (एनसीए) मा प्रशिक्षण गर्न थाले । एनसीएले पन्त फिट भएको जानकारी दिएसँगै उनी आईपीएल खेल्ने पक्का भयो ।

अनि शानदार पुनरागमन

आईपीएल २०२४ मा धेरैको जिज्ञासा पन्त कस्तो क्रिकेट खेल्छन् र, मुम्बईमा हार्दिक पान्ड्याको कप्तानी र समर्थकको रियाक्सन कस्तो हुन्छ भन्ने थियो ।

चोटपछि आफ्नै लयमा फर्किन हरेक खेलाडीलाई केही समय लाग्छ । २३ मार्चमा पञ्जाब किंग्सविरुद्ध दिल्लीको कप्तानी गर्दै पुनरामगन गरेका पन्तले गज्जबको सुरुवात गरे । पञ्जाब किंग्सविरुद्ध १३ बलमा २ चौकासहित १८ रन बनाएका उनी राजस्थान रोयल्सविरुद्ध २६ बलमा २ चौका र १ छक्कासहित २८ रन बनाएर आउट भए । त्यसपछि आक्रामक क्रिकेटका साथ लगातार दुई अर्धशतक हानेका छन् ।

चेन्नई सुपर किंग्सलाई २० रनले हराउन पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रनको इनिङ खेले । चेन्नइविरुद्ध १७ औं ओभरमा मुस्ताफिजुर रहमानलाई एक हातले छक्का हान्दै समर्थकमा पुरानै ऋषभ पन्तको झल्को पनि दिए ।

कोलकातासँग पन्तले २५ बलमा ४ चौका र ५ छक्कासहित ५५ रनको आक्रामक इनिङ खेले । उनले वेंकटेस ऐरलाई १२ औं ओभरमा ४ चौका र २ छक्कासहित कुल २८ रन जोडेका थिए ।

आईपीएलमा शानदार पुनरागमनसँगै पन्तले आगामी जुन र अमेरिकामा हुने टी–२० विश्वकप खेल्ने सम्भावना बढेको छ । पन्त नहुँदा भारतको टोलीमा विकेटकिपरका रुपमा लोकेश राहुल, सञ्जु स्यामसन र जितेश शर्माले सीमित ओभरको क्रिकेट खेलेका थिए ।

धोनीसँग तुलना

भारतीय क्रिकेटमा बेलाबेला विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीसँग पन्तको तुलना हुने गर्दछन् । उनलाई धोनीको उत्तराधिकारी पनि भनिन्छ । जसको कारण पन्तलाई भने दबाब हुने गरेको छ ।

धोनी र पन्तको सम्बन्ध निकै राम्रो छ । पन्तले धोनीलाई आफ्नो गुरु मान्छन् । सल्लाह सुझाव लिइरहेका हुन्छन् । ‘मेरो धोनीसँग तुलना नै हुन सक्दैन । यो तुलना देख्दा मलाई दुःख लाग्छ’, पन्तले भने, ‘म धोनीबाट हरेक कुरा सिक्छु । हरेक कुरा सजिलै बोल्न सक्छु । जुन कुरा अरुसँग सक्दैन । ५०० भन्दा बढी खेल खेलेका धोनीसँग भर्खर सुरुवात गरेको मान्छेसँग तुलना गर्नु नै गलत हो ।’

उनले भेटेको बेला धोनीलाई भनेका थिए, ‘तपाईं लेजेन्ड्स हुनु भयो र सबै दबाब मलाई दिनुभयो ।’

नेपालले सिक्नुपर्ने पाठ

खेलाडीको करिअरमा चोट एउटा पाटो मानिन्छ । तर नेपालमा धेरै खेलाडीको करिअर सामान्य चोटले नै सकाउने गरेको छ । क्रिकेटमा पृथु बास्कोटा, अविनाश कर्ण, सागर पुन, ललित भण्डारी र जितेन्द्र मुखिया पछिल्लो उदाहरण हुन् ।

कमलसिंह ऐरीको ब्यूटीबोनमा चोट लागेपछि २०२२ पछि नेपाली टोलीमा फर्किन प्रयास गरेका छन् । तीव्र गतिका बलर ललित भण्डारी २०२२ मा मोटरसाइकल दुर्घटना भएको चार वर्षपछि घरेलु क्रिकेटमा बल्लतल्ल खेल्न थालेका छन् ।

जितेन्द्रलाई ब्याक, सागर र अविनाशलाई एकंल तथा पृथुलाई घुँडामा चोट लागेको थियो । नेपालमा सामान्य चोट लागेपनि समयमै ठीक हुन सकेको छैन । ठीक हुनुको सट्टा बल्झिएर झन् समस्या थपिने गरेकोछ ।

सन् २०२० देखि २०२२ सम्म सोमपाल कामी ब्याकपेनका कारण निकै संघर्ष गनु परेको थियो । तर चोट जस्तोसुकै भएपनि उपचार सही र समयमै पाएमा खेलाडी आफ्नो लयमै फर्किन सक्छन् भन्ने पन्त एउटा गतिलो उदाहरण हुन् ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM