२०८३ जेष्ठ १९ गते, मंगलवार १३:०५

प्रमको दुई हप्ते लामो अमेरिका र चीन घुमघाममा झाण्डै पाँच करोड रुपैयाँ खर्च

काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत भदौ र असोजमा गरेको दुई साता लामो अमेरिका र चीन भ्रमणका क्रममा झन्डै ५ करोड रुपैयाँ खर्च भएको छ।

अर्थ मन्त्रालयका अनुसार उनको दुई साता लामो अमेरिका र चीन भ्रमणका क्रममा ४ करोड ७४ लाख रुपैयाँ खर्च भएको हो।

भदौ ३० गते अमेरिका गएका प्रधानमन्त्री दाहाल असोज ५ मा चीन पुगेका थिए भने चीनमा नौ दिवसीय भ्रमण सकेर असोज १३ मा मात्र नेपाल फर्किएका थिए।

अर्थ मन्त्रालयका अनुसार उसले परराष्ट्र मन्त्रालयका नाममा यो रकम निकासा गरेको हो।

संयुक्त राष्ट्रसंघीय महासभाका लागि अमेरिकातर्फ गएका प्रधानमन्त्री दाहाल असोज ५ गते उतैबाट चीनतर्फ लागेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM