२०८१ चैत्र २७ गते, बुधबार १६:४३

बुटवल/नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् ।

सुरक्षा स्रोतका अनुसार बुधबार साँझ उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी र उनका छोराको पनि नाम मुछिएपछि काठमाडौँ प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस्