२०८२ चैत्र १ गते, आईतवार १४:१४

कोरोना प्रभावले निम्त्याएको बेरोजगारी

– इश्वरा भट्टराई
स्वदेशमा रोजगारीको कुनै अवसर नदेखेर विदेशिएका नेपाली कामदार यतिखेर विखलबन्दमा परेका छन् । कृषि प्रधान देश नेपालको कामदारहरु खेतबारी बाँझो राखेर विदेशिएका छन् । तराइ, पहाड र हिमालका मानिसहरुको विदेश जानकालागि दैनिक लहर नै चल्ने गरेको छ । वैदेशिक रोजगारी अवसर, रहर वा बाध्यता बुझि नसक्नु छ । स्वदेशमा रोजगारी सिर्जनाको प्रशस्त अवसर नभएको होइन । ठूलो संख्याका भारतीय कामदारले नेपालमै काम पाएका छन् । नेपालमा दैनिक श्रमको मूल्य न्यूनतम सात सय भन्दा कम छैन । दक्ष कामदारले त एक हजार पाँच सय सम्म पाउने गरेका छन् । नेपालका सबै क्षेत्रमा भारतीय कामदार पुगेका छन् । मनग्गे कमाएका पनि छन् । विदेशका विभिन्न राष्ट्रमा ६० लाखभन्दा बढी नेपाली कामदार छन् । भारतमा नेपाली कामदारको संख्या पनि झण्डै १५ लाख भन्दा माथि रहेको अनुमान छ ।

विश्वव्यापी रुपमा फैलिंदै गएको कोरोना भाइरस (कोभिड–१९)का कारण नेपाली कामदारलाई कतिपय मुलुकमा प्रतिबन्ध लागेको छ । यस्तो गम्भीर परिस्थिति खडा गरेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरु फर्कन पर्‍यो भने ठूलो बेरोजगारी समस्या उत्पन्न हुन जानेछ । भात भान्छा चलाउन मुस्किल हुनेछ । गाउँघर नै खाली हुनेगरी विदेशिएका नेपालीहरुले आफ्नो घर गाउँमा रोजगारी सिर्जना गर्न सके, स्वरोजगार बने भने समस्या समाधान हुन सक्दछ । स्वदेशी उत्पादन बढ्न सक्दछ । विदेशिएका नेपालीहरु स्वदेशमा फर्किएर काम गर्लान जस्तो लाग्दैन । कोरोना भाइरस (कोभिड–१९) अचानक चीनको हुवेई प्रान्तबाट उत्पन्न भई हाल नोभेल कोरोना भाइरसबाट विश्वका १५७ राष्ट्र प्रभावित भइसकेका छन् ।

कोभिड–१९बाट हालसम्म विश्वभर झण्डै ९ लाख २८ हजार ३३३ जना र नेपालमा मात्र ३४५ जनाको मृत्यु भइसकेको छ । विश्वमा यसको संक्रमण संख्या दुई करोड ९१ लाख माथि पुगिसकेको छ भने नेपालमा ५४ हजार एक सय भन्दा माथि संक्रमित पुगेका ५न् । चीनमा कोरोना भाइरस नियन्त्रमा आइसकेको भएपनि विश्वका अन्य देशमा तीव्र रुपमा फैलिंदै छ । इटालीमा चीनपछि धेरै मानिसको मृत्यु र संक्रमित छन् । एक देशका मानिस अर्को देशमा जाने क्रम रोकिएको छ । कोरोना भाइरसको प्रकोपका कारण क्याम्पस, स्कूल, कारखाना बन्द हुँदै आएका छन् । विश्वव्यापी बेरोजगारी र आर्थिक मन्दीको स्थिति खडा भएको छ । विश्वमा आएको यस्तो आपत–विपतबाट विश्व नै आतंकित र विश्वका मानिस ससंकित छन् । कोरोना भाइरस छिटो नियन्त्रणमा आउने संभावना छैन ।

कोरोना भाइरस कै कारण कालोबजारी र कृत्रिम अभाव खडा भएको छ । नेपाल–भारतबीच खुल्ला सीमानाा छ । भारतमा पनि ५० लाख जति संक्रमित छन् भने ज्यान गुमाउनेको संख्या पनि ८० हजार नाघिसेको छ । कोरोना भाइरसका कारण विश्वभर विविध प्रकारका समस्या उत्पन्न भएका छन् । अनायास आएको समस्याबाट विश्वका मानिस निकै प्रभावित हुँदै गएका छन् । एकातिर रोगको प्रकोप, अर्कोतिर रोजगारीको समस्या अधिकांश मानिस पिरोलिएका छन् । कठीन जीवन बिताउन बाध्य हुनु परेको छ । जस्तोसुकै समस्या आइलागेको पनि समाधान गर्नु नै पर्दछ । देखा परेको चुनौतीको सामना गर्ने अठोट सबैले लिनु पर्दछ ।

 

राजनीतिक भेला, भीडभाड पनि बन्द भएको छ । शासन सत्तामा रहेका शासकहरुले फासिवाद लाद्न सक्ने संभावना छ । सार्वजनिक भेला भएर सरकारको गलत नीति र व्यवहारको विरोध गर्न कोरोना भाइरसका कारण रोक लगाइएको छ । विश्वभर नै कोरोनामय भएको र भयावह स्थिति देखा परेकोले सर्वसाधारण बहुसंख्यक जनताको भविष्य नै अनिश्चित बन्न जाने देखिन्छ । रोग र भोकको समस्या एकै साथ जुृध्न नेपालले सक्ने अवस्था नभएपछि कोरोनाको त्रासले नेपाल फर्किएका कामदारहरू भारत र तेश्रो मुलुक फर्किन थालेका पनि छन् ।

 

इरान लगायतका देशमा दैनिक हजारौंको मृत्यु, आवत–जावतमा रोक, जापानमा आपतकाल घोषणा, अमेरिकाको राजधानी वासिङट डिसीमा विद्यालय बन्द, इटालीमा देशभर क्वारेन्टाइन जस्ता समाचारले मानिसहरुलाई भयभीत पार्दै लगिरहेको छ । नानाथरिका भ्रम पनि फैलिएको छ । कोभिड–१९ को संभावित जोखिमबाट बचाउन विश्वका सरकारहरुले हर संभाव प्रयास भइरहेको छ । कोरोना नियन्त्रणकालागि नानाथरिका अभ्यास भइरहेको छ । भाइरस प्रभावित विश्वका देशहरुलाई आवश्यक सहयोग गर्न चीनले सहयोगको प्रतिवद्धता जनाएको छ । कोरोना भाइरसले विश्व अर्थव्यवस्थामै उथल पुथल ल्याउने संभावना छ । युरोपका विकसित राष्ट्रहरुमा कोरोना भाइरस अनियन्त्रित बन्दै गएबाट युरोपका बासिन्दा आतंकित बनेका छन् ।

कोरोना भाइरसबाट बच्न, बचाउन एक आपसमा सहयोगको खाँचो छ । सबै महत्वपूर्ण काम छाडेर विश्व नै कोरोना भाइरसप्रति केन्द्रित रहेको छ । विदेशिएका नेपाली कामदारहरु यतिखेर ठूलो संकटमा परेका छन् । संक्रमित र प्रभावित मुलुकमा रहेका नेपालीहरु स्वदेशमा फर्कने कि उतै बस्ने भन्ने द्विविधामा परेका छन् । चीनको वुहान सहरबाट जनवरी पहिलो हप्तामै शुरु भएको कोरोना भाइरस विश्वव्यापी समस्या बनेको छ । कोरोना भाइरसको विश्वव्यापी अवसरका कारण ५० प्रतिशत रेमिट्यान्स भित्रिने मुलुकमा नेपाली कामदारलाई प्रतिबन्ध लगाएपछि ठूलो समस्या आएको छ । कोरोना भाइरसकै कारण कता, कुवेत, बहराइन, साउदी अरेबिया, दक्षिण कोरिया र जापानमा कामदार पठाउन घोािष्त प्रतिबन्ध लागेको छ ।

कतारले नेपाली कादरालाई प्रवेशमा पूर्ण रुपमा रोक लगाएको छ । कुवेतले नेपाली कामदारलाई नयाँ भीसा दिन बन्द गरेको छ । हवाइ मार्ग बन्द भएका छन् । विकसित मुलुकहरुमा कोरोना फैलिइरहेकोले आश्चर्यलाग्दो भएको छ । कोरोनाको रोकथाम एउटा विश्वव्यापी समस्या बनेको छ । विदेशमा पुगेका कामदारहरु यतिखेर अलपत्रको अवस्थामा छन् । अचानक आइलागेको समस्याबाट यतिखेर नेपाली कामदार अति प्रभावित भएका छन् । चीन आवत जावत बन्द छ । दक्षिण एशियामा कोरोना भाइरस फैलिएर अकल्पनीय पीडा सहनु पर्ने अवस्था सिर्जना भएको छ । गत आर्थिक वर्षको शुरुको चार महिनामा विदेशबाट ३ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो तर अब बन्द हुने भो । यो आर्थिक जोखिम नेपालकालागि दुर्भाग्य बनेको छ । कोरोनाले भोलीका दिनमा कस्तो रुप लेला अनुमान भन्दा बाहिर छ । कोरोनाको संक्रमण प्राकृतिक हो कि जैविक हो ? कोरोनाबाट उत्पन्न संकटलाई टार्ने कसरी ? मनोवैज्ञानिक संत्रास झन खतरा बन्दै छ ।

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto sritoto
zeonslot zeonslot raintoto m77 bendera62 andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM