२०८२ पुष २३ गते, बुधबार ०५:४६

राक्षसराज्यको अन्त्य र रामराज्यको स्थापनाकालागि शिव सेना नेपालको आग्रह

देशले शान्तिको श्वास फेर्ला, विकास, सुशासन र सद्भावमा अभिवृद्धि होला भन्ने नेपाली जनताको भावना र विश्वास अहिले पूर्णतः टुटिसकेको छ । नेपालमा प्रमुख राजनीतिक दलको रोडम्यापमा आस्था राखेर नेपाली जनले देखाएको विश्वास अहिले धोकामा परिणत भएको छ । जनजीवीकाका सवाल, राष्ट्रियताको सवाल, देशको सीमा, सार्वभौमसत्तालाई सत्ताधारी दलहरुले फगत एक खोलौना बनाइदिएका छन् ।

शान्तिभूमि, देवभूमि, कर्मभूमि र पूर्खाको रगतले आर्जेको यो राष्ट्र रोइरहँदा तमाम नेपाली जनता आज दलहरुको परिबन्दमा फसेको महशुस गरिरहेका छन् । यो देश केही भ्रष्ट नेता, उनका आफन्तहरुका लागि हाँस्ने, रमाउने, सुखभोग गर्ने स्वर्णभूमि भएको छ, कसैले मारिइँदा, लुटिइँदासमेत न्याय पाउन सकेका छैनन् । समाजका कुनै पनि तह र तप्काले राज्यबाट सुरक्षाको अनुभूति महशुस गर्न सकेको छैन । राज्यले न्याय दिँदैन भन्ने बुझेरै जनता अहिले रवि लामिछानेका लागि खबरदारी गरिरहेका छन् ।

जनताले राज्यसंयन्त्रको फिटिक्कै विश्वास गर्न सकेका छैनन् । कुनै व्यक्तिका परिवारै राज्यस्रोतबाट सुखभोग गरिरहेका छन् तर तमाम नेपाली युवाको खाडीमा ज्यान गइरहेको छ, नेपाली चेली अफ्रिकामा बेचिएका छन् । यो देश त ऋषिमुनीहरुको तपोभूमि पनि हो । यस्तो पवित्र भूमिमा यमराजको शासन भएको जनताले नै अभिव्यक्त गरिरहेका छन् ।

नेपाली जनताको सरलताको फाइदा उठाएर, नेपाली जनतालाई नै बलिवेदीमा चढाएर दलहरुले विदेशीको इशारामा धर्म बेच्ने, पहिचान बेच्ने, राष्ट्रिय एकताको प्रतीक नामेट पार्ने जुन कर्म गरे त्यो सर्वथा कुकर्म थियो भन्ने आज प्रमाणित भइसकेको छ । अतः आजको दिनमा सम्पूर्ण नेपाली जनताले राज्यले दिने सुरक्षा, न्यायमा विश्वास गर्न सकेका छैनन् । र गर्न सकिने अवस्था नभएकोले जनता सचेत हुनुपर्ने बेला आएको छ ।

अब मुुलुकले यो राक्षसराजबाट मुक्ति चाहेको छ । देशले अभिभावक खोजेको छ । जनताले रामराज्य चाहेका छन् । त्यो राजसंस्थाको स्थापनाबाहेक अन्य विकल्पबाट पूरा हुन सक्दैन । धर्मनीतिका आधारमा राजनीति चल्नु पर्छ, राजा र जनता भनेकै सहि अर्थमा राष्ट्र हो भन्ने मूलसूत्रलाई नबिर्सि हामीले अझै सशक्त भएर यो देशको रक्षाका लागि एकताबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ । जय शम्भो । जय देश, जय जनता, जय नरेश ।

अनिल बस्नेत ‘बाबा’

अध्यक्ष

शिव सेना नेपाल

मितिः २०७६ भदौ ८ गते

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d slot777 barong4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d marwah4d moga4d bisajp slot gacor bisajp marwah4d bisajp republikvip republikvip republikvip marwah4d marwah4d
koi77 kingmedan303 kingmedan303 kingmedan303 djarum4d djarum4d
https://www.asuusg.com/safety-escort slot88 zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM