– अनिल कुमार कुशवाहा
राजनीति र कुटनीति क्षेत्रमा हस्तक्षेप शब्दको ठूलो महत्व छ । हस्तक्षेप आन्तरिक, बाह्य र कुटनैतिक, दण्डात्मक, आत्मरक्षाको लागि, सन्न्धीलाई बलपूर्वक लागु गर्न, मानवियताका कारण, शक्ति सन्तुलन, वित्तिय कारण, गृहयुद्धको प्रभावका कारण, व्यक्ति र सम्पत्तिको रक्षा हेतु, संयुक्त राष्ट्र संघको वडा पत्र अनुसार सामूहिक हस्तक्षेप, अवैध हस्तक्षेप रोक्नकालागि हस्तक्षेप लगायत हुन्छ । हस्तक्षेप बाध्यात्मक पनि हुन्छ । हामीहरूले बेला बेलामा अन्तर्राष्ट्रिय क्षेत्रमा बाह्य हस्तक्षेप भइरहेको देखेको र सुनेका छौं । बाह्य हस्तक्षेप असफल भएपछि युद्ध हुन्छ । समयअनुसार कुनै हस्तक्षेप वैध र कुनै अवैध हुन्छ । बाह्य हस्तक्षेप शत्रुतापूर्ण आचरण हो । भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने रणनीति लिएको छ । अमानवीय ढंगले पटक पटक आर्थिक नाकाबन्दी गर्नु पनि हस्तक्षेपकै स्वरुप हो । भारतले स्वतन्त्र भनिएको नेपालमाथि पटक पटक अवाञ्छित हस्तक्षेप गर्दै आइरहेको छ । ठूला राष्ट्रले साना राष्ट्रमाथि गरिने अनुचित हस्तक्षेप बढ्दै गइरहेको छ । हस्तक्षेपले पंचशीलको सिद्धान्त, सहअस्तित्व, विश्वबन्धुत्व, अनाक्रमण, तटस्थता र गुट निरपेक्षताको उल्लंघन गर्दछ । उचित हस्तक्षेपले शान्ति कायम गराउन बल पनि पुग्दछ । अनुचित राजनीति र कुटनीतिक हस्तक्षेपले द्वन्द्वलाई थप मलजल गर्न सक्दछ । बाह्य हस्तक्षेपलाई आदेशात्मक दखल मानिन्छ । हस्तक्षेप भन्नाले अरुलाई आप्mनो इच्छाअनुसार गर्न बाध्य गराउनु हो । हस्तक्षेप गर्नाले राज्यको स्वतन्त्रता र व्यक्तिको स्वतन्त्रता हनन हुन्छ । प्रतिबन्धलाई अधिनायकत्व किसिमको हस्तक्षेप मानिन्छ । एक राज्यले अर्को राज्य, एक व्यक्तिले अर्को व्यक्तिको इच्छा विरुद्ध प्रभाव पार्नु नै हस्तक्षेप हो । वर्तमान संसारमा यो चलन चल्तीको शब्द हो । वर्तमान विश्वमा हस्तक्षेपको घटनाको समाचार दिनहु“ सुनिन्छ । बाह्य तथा आन्तरिक रुपमा भइरहेको अनुचित हस्तक्षेपकै कारण आतंकवादले स्थान लिएको छ । राज्यको प्राकृतिक एवं व्यवहारिक कानुन, अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्ने व्यक्ति वा रज्यमाथि समयमा नै आवश्यक हस्तक्षेप गरिनुलाई उचित मान्न सकिन्छ । केवल आप्mनो तुच्छ र निकृष्ट, स्वार्थकालागि कसैमाथि हस्तक्षेप गरिन्छ भने त्यो ज्यादति हो । कसैको ज्यादतीलाई सहेर बस्नु पाप हो । ज्यादती गर्ने माथि दण्डात्मक हस्तक्षेप अनिवार्य छ ।
विश्व राजनीति र कुटनीतिमा कहिं कतैबाट हु“दै आइरहेको अनुचित हस्तक्षेको परिणाम नकारात्मक देखा पर्दै आएको छ । विश्वमा अशान्ति फैलाउन सहायक सिद्ध भएको छ । पछिल्लो पटक अमेरिका र उत्तर कोरियाबीच एक आपसमा चलेको हस्तक्षेपको परिणाम अहिले विश्व शान्ति र शक्ति सन्तुलनका दृष्टिकोणले निकै सकारात्मक परिणाम आउने देखिन्छ ।
साधारण शब्दमा हस्तक्षेप भन्नाले सहमति बिना यदी कुनै राष्ट्रले अर्को राष्ट्रको मामिलामा दखलअन्दाजी गर्दछ भने त्यसलाई हस्तक्षेप भनिन्छ । ओपेन हाइमको विचारमा ‘हस्तक्षेप एक तानाशाही दखल अन्दाजी हो, जुन एक राष्ट्रले अर्को राष्ट्रको मामला परिवर्तन गर्नकालािग गर्दछ । हस्तक्षेप एक तानाशाही तथा आदेशात्मक अभिव्यक्ति हो जुन एक राज्यको स्वतन्त्रता विरुद्ध हुन्छ । हस्तक्षेपको रुप सल्लाह दिने आज्ञात्मक हुनु पर्दछ । यो खतरामूलक हु“दैन । हस्तक्षेप बलपूर्वक र धम्कीयुक्त भएमा संकट उत्पन्न हुन्छ । जब एक राज्यको विषयमा ती दुबैको अथवा कुनै एकको सहमति बिना दखल दिन्छ भने त्यसलाई हस्तक्षेप भनिन्छ ।
वर्तमान विश्वमा हस्तक्षेप निरन्तर चलिरहने प्रकृया बनेको छ । एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलालमा हस्तक्षेप गरिहेका नै छन् । जसका कारण कहिं कतै कसैको विश्वास छैन, कहिं कतै शान्ति छैन, कोही सुरक्षित छैनन् । आतंकवाद पनि एक हस्तक्षेप बनेको छ । राज्यको इच्छा विरुद्ध प्रभाव पार्ने हस्तक्षेप सदैव चलिरहेको नै छ । हस्तक्षेपद्वारा एक राज्य, अर्को राज्यको मामिलामा शक्तिको प्रयोग गर्दछ भने यो राम्रो होइन तर खाली परामर्श दिन्छ, मध्यस्तता गर्दछ भने यसलाई सकारात्मक हस्तक्षेप नै मान्न सकिन्छ । कुनै राज्यमा संघर्ष वा विद्रोह भएको अवस्थामा दुई पक्ष मध्ये कुनै एक पक्षलाई अन्य राज्यद्वारा सहायता प्रदान गर्नु नै आन्तरिक हस्तक्षेप मानिन्छ । कोरियाली युद्धको समयमा चीनले उत्तर कोरियालाई सहायता दिएर आन्तरिक हस्तक्षेप गरेको थियो । अहिले पनि भारत, चीन, अमेरिका, रुसले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
दुई राज्यको बीच भइरहेको युद्धमा यदि एक पक्षको समर्थन गर्दै तेश्रो राज्य सम्मिलित हुन्छ भने त्यसलाई बाह्य हस्तक्षेप भनिन्छ । जब एक राज्य अर्को राज्यमाथि राजनैतिक दबाव पार्दछ र सन्धीको शर्त मान्न बाध्य गराउ“छ भने त्यसलाई कुटनैतिक हस्तक्षेप भनिन्छ । संयुक्त राष्ट्र संघको बडापत्र अनुसार सामुहिक हस्तक्षेप गरेको पाइन्छ । अन्तर्राष्ट्रिय कानुन अनुसार निम्नलिखित कारणहरूमा हस्तक्षेप वैध मानिन्छ । आत्मरक्षको लागि हस्तक्षेप, सन्धीर्ला बलपूवर्कक लागु गराउन हस्तक्षेप, मानवियताको कारण हस्तक्षेप, शक्ति सन्तुलन हेतु हस्तक्षेप, वित्तिय कारणले हस्तक्षेप, गृहयुद्धको प्रभावको कारण हस्तक्षेप, व्यक्ति र सम्पत्ति रक्षाको निम्ति गरिने हस्तक्षेपलाई जायज मानिएको छ ।
आधुनिक युगमा प्रतिशोधको भावनाबाट आत्मरक्षा हेतु हस्तक्षेप गरियो भने त्यसलाई अवैध हस्तक्षेप मानिन्छ । संयुक्त राष्ट्रसंघको बडापत्रमा लागु भएपछि यस किसिमको हस्तक्षेप न्यायोचित मानिएको छैन । किनभने बडापत्रमा कुनै पनि राष्ट्र अर्काृे सदस्य राष्ट्रको आन्तरिक तथा बाह्य मामलामा हस्तक्षेप गर्ने छैनन् भनेर उल्लेख गरिएको छ । कुनै राज्यमा गृहयुद्ध हुन गएमा छिमेकी राष्ट्रहरूमा त्यसको प्रभाव अवश्य पनि पर्छ । त्यस्तो अवस्थामा प्रभावित राज्यले बाध्य भएर हस्तक्षेप गर्न सक्दछ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवसथले बाह्य हस्तक्षेप भ्रष्टाचार, ढिलासुस्ती, विकृति, विसंगति, अपराध रोक्न नसकेकोले सरकार र व्यवस्थामाथि जन हस्तक्षेप जरुरी छ ।
जेसिजको प्रगति भन्ने स्मारिकामा प्रकाशित